मेसीले एउटै खेलमा पाँच गोल गरे
२४ फागुन २०६८
•
२ मिनेट पाठ
मेसीले एउटै खेलमा पाँच गोल गरे
बार्सिलोना, फागुन २५ (एपी)- लिओन मेसी च्याम्पियन्स लिगमा पाँच गोल गर्नेने पहिलो खेलाडी बनेका छन्। उनले बुधबार राति बायर लेभरकुसेन विरुद्ध पाँच गोल हिर्काएपछि साविक विजेता बार्सिलोना ७-१ अन्तरको जित हासिल गर्न सफल भयो।




यसकासाथै बार्सिलोना समग्रमा १०-२ गोल अन्तर सहित प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ।

तीन पटकसम्मका फिफा प्लेयस अफ दि इयर घोषित खेलाडीले २५, ४२, र ४९ ओँ मिनटमा गोल गर्दै आफ्नो खेल जीवनको १७ औ ह्याट्रिक बार्सिलोनाका लागि गरेका थिए। त्यसपछि उनले ५८ औँ र ८४ औँ मिनटमा थप दुई गोल गर्दै एकै म्याचमा कुल पाँच गोलको ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।
पछिल्लो पटक सोरेन लेर्बीले सन् १९७९-८०मा युरोपिएन क्लबको माथिल्लो क्लब च्याम्पियनसिपमा एजाक्सका लागि ओमानिया विरुद्ध पाँच गोल गरेका थिए।

मेसीले यस सत्रमा बार्सिलोनाका लागि ४८ गोल गरिसकेका छन, जसमा १२ गोल च्याम्पियन्स लिगका लागि छ। उनले आफ्नो च्याम्पियन्स लिग खेलमा कुल ४९ गोल गरेका छन्।

२४ वर्षको उमेरमै उनले बार्सिलोनाका लागि २ य २८ गोल गरेका छन् भने यस सत्रमा सात ह्याटि्रक गरेका छन्। बुधबारको खेलमा बार्सिलोनाका लागि थप दुई गोल अतिरिक्त खेलाडीका रुपमा आएका क्रिष्टियान टेल्लोले गरेका थिए।
 
अर्को समाचार
जब मेसीले मेसीको चार गोल प्रहार गरे
०४ असोज २०७४
•
३ मिनेट पाठ
जब मेसीले मेसीको चार गोल प्रहार गरे
मड्रिड– लियोनल मेसीले ४ गोल थपेको दिन बार्सिलोनाले ला लिगामा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै मंगलबार इबरलाई ६–१ ले हराएको छ। पाउलिन्हो र डेनिस स्वारेजले पनि लगातार दोस्रो खेलमा गोल गरेपछि बार्सिलोना लिगको शीर्ष स्थानमा कायम रहेको छ। क्याटलान क्लबले चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ७ अंकले पछाडि छाडेको छ।




शनिबार गेटाफेलाई २–१ ले हराउँदाको टोलीमा प्रशिक्षक भाल्भार्डेले ६ खेलाडी परिवर्तन गरेका थिए। लुइस स्वारेजलाई आराम दिएका भाल्भार्डेको टोलीमा मेसीले प्रभावशाली भूमिका निर्वाह गरेका थिए। गत सिजनका ठीक विपरीत दोस्रो रोजाइका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि भाल्भार्डेले केही स्टार खेलाडीलाई आराम दिन पाएका छन्। विशेषगरी बार्सिलोनामा पहिलो सिजन खेलिरहेका पाउलिन्होले टोलीमा प्रभाव छाड्न सफल भएका छन्।

एलेजान्द्रो गाल्भेजले नेल्सन सेमेडोलाई फउल गरेपछि पाएको पेनाल्टी अवसरमा मेसीले २१औं गोल गर्दै बार्सिलोनालाई अग्रता दिएका थिए । चिनियाँ क्लब ग्वान्झाउ इभरग्रिनबाट यसै सिजन ४ करोड युरोमा बार्सिलोना आएका पाउलिन्होले ३८औं मिनेटमा स्वारेजको कर्नरमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।

उनलाई अनुबन्धित गरेको बार्सिलोना बोर्डले निकै आलोचना खेप्नुपरेको थियो । तथापि उनले गेटाफेविरुद्ध पनि बेन्चबाट आएर विजयी गोल गरेका थिए। ५३औं मिनेटमा स्वारेजले अर्को गोल थपे । ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले त्यसको तीन मिनेट नबित्दै ह्याट्रिक पूरा गरे । खेल सकिन तीन मिनेट बाँकीमा मेसीले एलेक्स भिडालसँग वान टु पासमा अर्को गोल थपे । जारी सिजनको ८ खेलमा मेसीको यो १२औं गोल हो ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको सेभियासँग ५ अंकको अग्रता लिएको छ । त्यस्तै तेस्रो स्थानको भ्यालेन्सिया शीर्ष क्लबभन्दा ६ अंकले पछि छ। मंगलबारै  ७ मिनेटको अन्तरमा सिमोनी जाहाले ह्याट्रिक पूरा गरेपछि भ्यालेन्सियाले मालागामाथि ५–० को सहज नतिजा निकाल्यो । भ्यालेन्सियाको जितमा अन्य गोल सान्टी मिना र रोड्रिगोले गरेका थिए । ठीक विपरीत लगातार पाँच हार बेहोरेको मालागा अंकतालिकाको पुछारमा झरेको छ । यससँगै मिचेल इन्टो ला लिगामा यस सिजन बर्खास्त हुने दोस्रो प्रशिक्षक बन्ने खरता बढेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस