काठमाडौं, फागुन २९(नागरिक)-अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार सम्पन्न २३ औँ राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपालीले सञ्चालन गरेको स्कुलले ३५ स्वर्ण पदक हात पारेको छ।
चिफ मास्टर दिवाकर डान महर्जनले सञ्चालन गरेको दी युएस वेष्ट कोस्ट तेक्वान्दो स्कूलले ३५ स्वर्ण, २० रजत तथा २२ कास्य पदक जितेको थियो।
ओरेगन राज्यको पोर्टल्यान्डस्थित उक्त स्कुलमा अमेरिकामा बस्दै आएकी ओलम्पिक खेलाडी सीता राई प्रशिक्षक छिन्।

हाइटीको राष्ट्रिय टोली लगायत ९ सय खेलाडि तथा सयभन्दा बढी प्रशिक्षक र ५० जना अमेरिकी रेफ्रिको सहभागिता रहेको प्रतियोगितामा नेपालका चिफ मास्टर महर्जन र रन्जितले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
नेपाली तेक्वान्दोका संस्थापक ग्रान्ड मास्टर जे के सिन, रिचर्ड सिन, सन् १९८८को ओलम्पिक खेलमा प्रदर्शन खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका विधान लामाले पनि आ-आफ्ना खेलाडीलाई प्रशिक्षण दिएको दी युएस वेष्ट कोस्ट तेक्वान्दो स्कूलले इमेलबाट जानकारी गराएको छ ।