नयाँ दिल्ली, फागुन २९ (एजेन्सी)-सन् २०११ मा भारतको मोहालीमा भएको विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा म्याच फिक्सिङ (मिलोमतो) भएको खुलासा बेलायतबाट निस्कने एक समाचारपत्रले गरेको छ। भारत विजयी भएको त्यस म्याचलाई 'फिक्स' गर्न एक बलिउड अभिनेत्रीको समेत भूमिका रहेको दावी उक्त पत्रिकामा गरिएको छ।
बेलायती अखाबर 'दी सन्डे टाइम्स'ले दिल्लीको एक दलालसँग गरेको कुराकानी तथा आफ्नो जाँचका आधारमा उक्त खुलासा गरेको हो। समाचारमा दलालले खेलाडीलाई लाखौँ रुपैया दिने प्रस्ताव गरेको बताइएको छ।
ब्याट्सम्यानलाई सुस्त गतिमा रन बनाउन लगभग ५४ लाख ८८ हजार रुपैयाँ दिइएको थियो भने बलरलाई रन लुटाउनका लागि लगभग ६२ लाख ४० हजार रुपैयाँ दिने प्रस्ताव दिइएको थियो।
अखबारका संवाददाताले गोप्य रुपमा भारतीय दलालसँग भेट गरेर उक्त जानकारी जुटाएको दावी पत्रिकाले गरेको छ। ती दलालले आफूले सबै म्याच फिक्सिङ गर्न सक्ने बताएका थिए। जसअनुसार एक दिने, ट्वान्टी-२० लगायत आइपिएल, बंगलादेश प्रिमियर लिग तथा इंग्ल्यान्ड काउन्टी म्याच पनि सामेल छन्। आफ्नो सम्पर्क लगभग सम्पूर्ण देशका क्रिकेट खेलाडीसँग भएको भन्ने ती दलालको दावीलाई पत्रिकाले उल्लेख गरेको छ।
उक्त समाचार आएपछि विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यस विषयमा छानविन गर्ने बताएको छ।
आइसिसीका प्रवक्ताले सन्डे टाइम्लाई भने,'हामी तपाइहरूले दिएको सूचनाका आधारमा यी आरोपबारे जाँच गर्नेछौँ।
उक्त म्याचमा सन्देहास्पद मानिएका केही कुरा :
१-भारत र पाकिस्तान बीचको उक्त सेमिफाइनल खेलमा पाकिस्तानले छ क्याच छाडेको थियो जसमा तीन क्याच सचिन तेन्दुलकरको थियो।
२-सोएब अख्तरको क्यारियरको यो अन्तिम म्याच थियो। तर कप्तान साहिद अफ्रिदीले खेलको केहीअघि मात्र उनलाई टिममा सामेल गरेनन्।
३-पाकिस्तानका तर्फबाट कमरान अकमाल, उमर अकमल, वहाव रियाज र युनुस खान जस्ता पहिले नै म्याच फिक्सिङको आरोप लागेका चार जना खेलाडी खेलेका थिए।
४-म्याचभन्दा कहीअघि पाकिस्तानका गृह मन्त्री रहमान मलिकले पाकिस्तानी टिमलाई फिक्सिङबाट जोगिन चेतावनी दिएका थिए।
५-पाकिस्तानका केही ब्याट्सम्यानले निकै सहज क्याच भारतलाई सुम्पेका थिए। मिसवाह ७६ बलमा ५६ रन बनाएर अन्तिम ओभरमा आउट भए, तर टिमलाई जिताउन सकेनन्।