नयाँ दिल्ली चैत ५ (एजेन्सी)-अमेरिकामा क्यान्सरको उपचार गराइरहेका भारतीय क्रिकेट खेलाडी युवराज सिंह तेस्रो तथा अन्तिम किमोथेरापी लिएपछि आइतबार अस्पतालबाट फर्केका छन्।
'तेस्रो चरणको किमो पूरा भएको छ। अस्पतालबाट फर्केपछि मैले स्वतन्त्र अनुभव गरिरहेको छु। अब निको हुदै जाने प्रकृया सुरु भएको छ। सक्दो चाडो घर फर्कन चाहन्छु।' युवराजले टि्वट गरेका छन्।
'मलाई माया गर्ने र मेरा भलो भलो चिताउने सबैलाई म हृदयदेखि धन्यबाद दिन चाहन्छु।' मलाई विश्वास छ चिकित्सकको उपचारसँगै उनीहरूको शुभकामनाले पनि काम गरेको छ।' उनले भने।
गत महिना देखि बोस्टनमा क्यान्सरको उपचार गराइरहेका युवराज मेको पहिलो साताबाट क्रिकेट मैदानमा फर्कने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारका क्रममा ३० वर्षीय खेलाडीको कपाल झरेको छ।
यस विच युवराजले आफ्ना वरिस्ठ साथी खेलाडी सचिन तेन्दुलकरले सयौँ अन्तर्राष्ट्रिय सतक पुरा गरेकोमा उनलाई बधाइ दिएका छन्।
'तेस्रो चरणको किमो पूरा भएको छ। अस्पतालबाट फर्केपछि मैले स्वतन्त्र अनुभव गरिरहेको छु। अब निको हुदै जाने प्रकृया सुरु भएको छ। सक्दो चाडो घर फर्कन चाहन्छु।' युवराजले टि्वट गरेका छन्।
'मलाई माया गर्ने र मेरा भलो भलो चिताउने सबैलाई म हृदयदेखि धन्यबाद दिन चाहन्छु।' मलाई विश्वास छ चिकित्सकको उपचारसँगै उनीहरूको शुभकामनाले पनि काम गरेको छ।' उनले भने।गत महिना देखि बोस्टनमा क्यान्सरको उपचार गराइरहेका युवराज मेको पहिलो साताबाट क्रिकेट मैदानमा फर्कने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारका क्रममा ३० वर्षीय खेलाडीको कपाल झरेको छ।
यस विच युवराजले आफ्ना वरिस्ठ साथी खेलाडी सचिन तेन्दुलकरले सयौँ अन्तर्राष्ट्रिय सतक पुरा गरेकोमा उनलाई बधाइ दिएका छन्।