भर्जिनिया, चैत ७ (एजेन्सी)- अमेरिकाको भर्जिनियामा गत शनिबार भएको युएस राष्ट्रिय क्यापिटल तेक्वान्दो प्रतियोगिता २०१२ मा नेपाली खेलाडी कृषा कार्कीले दुई स्वर्ण पदक जितेकी छिन्।
साउथलेक्स हाइस्कुल रेस्टनमा भएको उक्त एक दिने प्रतियोगितामा अनमोल गोर्खालीले एक रजत तथा एक कास्य पदक जितेका छन् भने ज्योशिता गोर्खालीले दुई कास्य पदक हात पारेको भर्जिनियाबाट विजय थापाले जानाएका छन्।
तेक्वान्दोका गुरु एच के लिको आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा मिचिगनमा वसोवास गरिरहेका अन्तर्राष्ट्रिय निर्णायक लभप्रसाद गोर्खालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
अन्तर्राष्ट्रिय प्रशिक्षक कुमार कार्कीको सकृयतामा सम्पन्न भएको उक्त प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगितामा दुर्गा गुरुङ, कल्पना कार्की, तथा कृष्ण बरालले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतियोगितामा समाजसेवी खेम भट्टचनलगायत अन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो।