कराची, चैत ११ (एजेन्सी)-पूर्व पाकिस्तानी कप्तान साहिद अफ्रिदीले आफ्ना एक प्रशंसकलाई कुटेका छन्। गत बिहिबार बंगलादेशमा सम्पन्न एसिया कप क्रिकेट उपाधि जितेर स्वदेश फर्कने क्रममा कराची विमानस्थलमा अटो ग्राफ माग्न आएका ति प्रशंसकलाई अफ्रिदीले कुटेका थीए ।
पाकिस्तानी टेलिभिजनमा च्यानलहरूमा देखाइएको फुटेजमा गुलाफी रङ्गको टिसर्ट लगाएका अफ्रिदीले एक जना प्रशंसकलाई भुइमा लडाएपछि उनलाई हिर्काएको दृश्य रहेको छ।
ति ब्यक्तिलाई पछि उनका एक आफन्तले उठाएर लगेका थिए। आफ्नो प्रतिक्षामा रहेको कार तर्फ लागेका अफ्रिदी फर्केर ति ब्यक्तिलाई हिर्काएका थिए।