चेन्नई, वैशाख ८ (एजेन्सी)-आफ्नो गृह मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको साविक विजेता चेन्नइ सुपर किंग्सले आइपिएल-५ अन्तर्गत विहिबार राति भएको खेलमा पुणे वारियर्सलाई १३ रनले हराएको छ। पछिल्लो स्पर्धामा पुणेले चेन्नइलाई आफ्नो घरमा सात विकेटले पराजित गरेको थियो। तर यस पटक कप्तान महेन्द्र सिंह धोनी एन्ड कम्पनीले पुरानो त्रुटीलाई नदोहोर्याइ सौरभ गांगुलीसँग पछिल्लो पराजयको हिसाब चुक्ता गरेको छ।
पुणेको यो लगातार दोस्रो हार हो। यस जितसँगै चेन्नइ छ अंक लिएर तालिकामा सबैभन्दा माथि पुगेको छ भने पुणे त्यतिकै म्याचमा छ अंक सहित चौथो स्थानमा छ।
चेन्नइले दिएको १ सय ६५ रनको लक्ष्यलाई पछ्याउदै पुणे वारियर्सको टिम सात विकेटमा जम्मा १ सय ५१ रन मात्र बनाउन सफल भएको थियो।
पछिल्लो म्याचमा नायक रहेका प्रारम्भिक ब्याट्सम्यान जेसी रायडर र रोविन उथप्पाले राम्रो सुरुवात दिन सकेनन् र म्यान अफ दि म्याच बनेका मध्यम तिब्र बलर नुवान कुलसेकराले रायडरलाई ९ तथा उथप्पालाई ८ रनमा सिकार बनाएर पुणेलाई दोहोरो धक्का दिएका थिए।
मनिष पाण्डे (१३) पछि कप्तान सौरभ गांगुली (२४) पनि चाडै आउट भएपछि पुणे ब्याकफुटमा आएको थियो।
मार्लोन सेमुअल्स (२६) पनि केही वेर टिकेर फर्केपछि आएका स्टिवन स्मिथ (२३) र एंजेलो मेथ्युज (२७)ले छैटौँ विकेटका लागि पाँच ओभरमा ४४ रन जोडे पनि टिमलाई जिताउन सकेनन्।
यसअघि प्रारम्भिक ब्याट्सम्यान डू प्लेसिस (५८) र एस बद्रिनाथ (५७)को अर्ध सतकको मदतले चेन्नइ सुपर किंग्सले पाँच विकेटमा १ सय ६४ रनको योगफल बनाएको थियो। अन्त्यमा धोनीले जम्मा १२ बलमा तीन चौका र एक छक्का सहित अविजित २८ रनको आक्रामक इनिङ खेलेका थिए।