नयाँ दिल्ली, वैशाख १० (एजेन्सी)-दादाको नामले परिचित कप्तान सौरभ गांगुलीको अलराउन्ड प्रदर्शन तथा जेसी राइडरको आक्रमक अर्ध सतकको मदतले पुणै वारियर्सले दिल्ली डेयरडेविल्सलाई २० रनले हराउदै उसको विजयी अभियानमा तगारो लगाएको छ।
पहिला ब्याटिङ गर्दै पुणेले तीन विकेटमा १ सय ९२ रन बनाएको थियो। प्रत्युत्तरमा आफ्नै मैदानमा खेलीरहेको दिल्ली सात विकेटमा १ सय ७२ रन मात्र बनाउन सक्यो। छ म्याचमा दिल्लीको यो दोस्रो हार हो।
यस पराजयपछि पनि दिल्ली आठ अंक सहित माथिल्लो स्थानमा छ। त्यही पुणे सात म्याचमा आठ अंक लिएर तेस्रो स्थानमा पुगेको छ।
पुणेका लागि प्रारम्भिक ब्याट्सम्यान जेसी रायडरले ५८ बलमा सात चौका र चार छक्का सहित ८६ रन बनाए।
रायडर र गांगुलीले दोस्रो विकेटका लागि ६३ बलमा ९३ रनको साझेदारी गरेका थिए। गांगुलीले ३५ बलमा पाँच चौका र एक छक्का सहित ४१ रनको इनिङ खेले। अन्तमा स्टिवन स्मिथले १३ बलमा चार चौका र दुई छक्का सहित आक्रामक ३४ रन बनाए।
लक्ष्य भेटाउन मेदानमा आएको दिल्लीको सुरुवात निकै खराब रह्यो र प्रारम्भिक ब्याट्सम्यान महेला जयवर्द्धने जम्मा सात रन बनाएर आउट भए। तर सहवागले केविन पिटरसनसँगै दोस्रो विकेटका लागि सात ओभरमा ७५ रन जोडेर टिमलाई सम्हालेका थिए।
गांगुलीले पिटरसनलाई बोल्ड गर्दै खतरनाक हुन लागेको साझेदारी तोडेका थिए।
पिटरसन २३ बलमा ३२ रन बनाएर आउट भए। लगत्तै गांगुलीले इरफान पठान (१५)लाई आफ्नो दोस्रो शिकार बनाए। मुरली कार्तिकले दोस्रो छेउँमा रहेका सहवागलाई आउट गर्दै दिल्लीको जितको आशामा तुषारापात गरेका थिए। सहवागले ३२ बलमा पाँच चौका र चार छक्काको मदतले ५७ रन बनाए।