कटक, वैशाख ११ (एजेन्सी)-आइपिएल ५ को २९ औँ म्याचमा कोलकता नाइटराइडर्सले डेक्कन चार्जर्सलाई पाँच विकेटले हराएको छ।
१ सय २७ रनको लक्ष्यलाई कोलकताले १९ ओभरमा भेटाएको थियो।
कोलकताको तर्फबाट कप्तान गौतम गंभिरले २८ बलमा सर्वाधिक ३० रन बनाए भने ज्याक कालिसले २४ बलमा २३ रनको उपयोगी इनिङ खेलेका थिए। अन्त्यमा मनोज तिवारीले २८ बलमा अविजित ३० रन बनाए। टिमलाई जिताएका थिए।
डेक्कनका तर्फबाट डेल स्टेन सबैभन्दा सफल बलर रहे। उनले चार ओभरको आफ्नो स्पेलमा २४ रन खर्चेर दुई विकेट झारे। त्यस वाहेक अमित मिश्रा, अंकित शर्मा, र आनन्द राजनले एक एक विकेट झारेका थिए।
डेल स्टेनले ब्रान्डन म्याकलम (१०)लाई एलबिडब्लु गर्दै डेक्कनलाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि स्टेनले ज्याकस कालिस (२३) लाई पार्थिव पटेलको हात समाउन लगाएर म्याचलाई रोमाञ्चक मोडमा ल्याएका थिए।
त्यसपछि अमित मिश्राले मनविन्दर बिसला (१०)लाई बोल्ड गरे। गौतम गम्भिर ३० रन बनाएर आनन्द राजनको बलमा संगाकराबाट समातिए। युसुफ पठान एक छक्का हिर्काउर अंकित शर्माको बलमा बोल्ड भए।
कोलकताका ब्रेट ली म्यान अफ दि म्याच घोषित भए। उनले चार ओभरमा १५ रन खर्चेर एक विकेट झारेका थिए।यसअघि टस हारेर ब्याटिङ गर्दै डेक्कनले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानमा १ सय २६ रन बनाएको थियो।
डेक्कनका शिखर धवनले चार चौका र एक छक्काको मदतले सर्वाधिक ५० रनको इनिङ खेलेका थिए। कुमार संगाकरा र शिखर धवनको प्रारम्भिक जोडीले पहिलो विकेटका लागि ३७ रन जोडेको थियो।
संगाकरा १२ रन बनाएर आउट भए। त्यसपछि पार्थिव पटेल (२३)ले शिखर धवनलाई राम्रो साथ दिए पनि विकेट खस्ने सिलसिला पुनः सुरु भएपछि रोकिएन।
कोलकताका त्कर्पबाट सुनिल नारायण र बालाजीले दुई दुई विकेट झारे।