पुणे, वैशाख १५ (एजेन्सी)-डेक्कन चार्जर्सले अन्ततः पछिल्लो छ म्याचबाट गर्दै आएको विजयको प्रतिक्षालाई समाप्त पार्दै आइपिएल ५ मा आफनो पहिलो जितको स्वाद चाखेको छ। आफ्नो सातौँ स्पर्धा खेली रहेको डेक्कनले पुणे वारियर्सलाई उसकै मैदानमा १८ रनले हराउदै पहिलो पटक पूरा दुई अंक बटुलेको छ।
डेक्कनको यस जितको नायक भने म्यान अफ दि म्याच बनेका क्यामरुन ह्वाइट रहे। उनले ४६ बलमा छ चौका र पाँच छक्का सहित ७८ रनको आक्रामक इनिङ खेलेका थिए। उनको यस इनिङले डेक्कनले चार विकेटमा १ सय ७७ रनको योगफल तयार पारेको थियो।
जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको पुणे वारियर्सले सात विकेटमा १ सय ५९ रन मात्र बनाउन सक्यो। यस म्याचमा पुणे टिमको उत्साह बढाउन युवराज सिंह पनि आएका थिए।
क्यान्सर जस्तो घातक रोगलाई हराएर युवराज पहिलो पटक मेदानमा फर्केका थिए। तर उनको प्रेरणालाई टिमले राम्ररी आत्मसाथ गर्न सकेन।
पुणेको सुरुवात खराब रह्यो र जेसी राइडर जम्मा ७ रन बनाएर पेवेलियन फर्के। कप्तान सौरभ गांगुली (२३) मनिष पाण्डे (२१) र रोबिन उथप्पा (२९) विकेटमा केही वेर टिके पनि विकेट खस्ने सिलसिला रुकेन। मार्लोन सामुएल्सले जम्मा तीन रन मात्र बनाउन सके भने स्टिवन स्मिथले १३ बलमा २६ रनको योगदान दिए।
यस अघि डेक्कनका पार्थिव पटेल (२४) र शिखर धवन (१६)ले पहिलो विकेटका लागि चार ओभरमा ३९ रन जोडेर आक्रामक सुरुवात गरेका थिए। कप्तान कुमार संगाकराको खराब फर्म लगातार जारी रह्यो र उनी जम्मा १२ रन बनाएर राहुल शर्माको बलमा क्लिन बोल्ड भए।
तर अर्को छेउमा अर्ध सतक हिर्काएका क्यामरुन ह्वाइटले चौथो विकेटका लागि जेपी डुमिनीसँग ६ दशमलव २ ओभरमा ७५ रनको साझेदारी गरेका थिए।
डुमिनी २४ बलमा एक छक्का सहित २६ रन बनाएर अविजित रहे। अन्तिम पाँच ओभरमा डेक्कनले ५५ रन बटुलेको थियो। यस जितसँगै डेक्कन सात म्याचमा तीन अंक सहित नवौँ तथा पुणे नौ म्याचमा आठ अंक सहित छैटौँ स्थानमा छ।