नयाँ दिल्ली, वैशाख १६ (एजेन्सी)-आइपिएल ५ को शुक्रबार राति भएको ३६ औँ स्पर्धामा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले हराएको छ।
२ सय ८ रनको लक्ष्य पछ्याउन ओर्लेको मुम्बई निर्धारित २० ओभरमा नौ विकेटको नोक्सानमा जम्मा १ सय ७० रन मात्र बनाउन सफल भएको थियो। दिल्लीका कप्तान वीरेन्द्र सहवागलाई उनको ७३ रनको इनिङका लागि म्यान अफ दि म्याच घोषित गरिएको थियो।
मुम्बइको सुरुवात निकै खराब रह्यो। इनिङको तेस्रो बलमा बिलजार्ड शुन्यमा इरफान पठानको बलमा आउट भए। सचिन तेन्दुलकर (७) र रोहित शर्मा पनि चाडै नै पेवेलियन फर्के। त्यसपछि क्रिजमा आएका दिनेश कार्तिक र अंबाती रायडुले केही बेर मुम्बइको इनिङ सम्हालेका थिए।
रायडुले ३९ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मदतले ६२ रनको इनिङ खेलेका थिए। दिनेश कार्तिकले २८ बलमा ४० रन बनाए। यी दुबै आउट भएपछि पुनः लडखडाउन पुगेको मुम्बईले नौ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो।
दिल्लीका उमेश यादव, सहबाज नदिम र इरफान पठानले दुई दुई विकेट झारे भने मोर्न मोर्कल र अजित अगरकरलाई एक एक विकेट प्राप्त भयो।
यसअघि टस हारेर ब्याटिङ गर्न आएको दिल्लीको टिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २ सय ७ रन बनाएको थियो।
दिल्लीका प्रारम्भिक ब्याट्सम्यान वीरेन्द्र सहवाग र माहेला जयवर्द्धनेले पहिलो विकेटका लागि १ सय ३५ रनको साझेदारी गरेका थिए।
सहवागले ३९ बलमा आठ चौका र चार छक्काकाको मदतले ७३ रन बनाए। जयवर्द्धनेले ४२ बलमा ५५ रन बनाए। त्यसपछि आएका केविन पिटरसनले पनि जम्मा२६ बलमा अर्ध सतक पुरा गरे। उनले छ चौका र तीन छक्काको मदतले अविजित ५० रन बनाए।
मुम्बईका तर्फबाट रोबिन पिटरसन र लासिथ मालिंगा वाहेक कुनै पनि बलरले दिल्लीका ब्याट्सम्यानलाई अप्ठेरो पार्न सकेनन्।
रोबिन पिटरसनले लगातार दुई बलमा वीरेन्द्र सहवाग र इरफान पठानलाई आउट गरेका थिए। लासिथ मालिंगाले पनि दुई बलमा दुई विकेट झारे। उनले रोस टेलर (१५) र योगेश नागर (०)लाई आउट गरेका थिए।