कोलकता, वैशाख १७ (एजेन्सी)-आइपिएल ५ को ३८ औँ स्पर्धामा शनिबार राति कोलकता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बंगलोरमाथि ४७ रनको स्पष्ट जित हासिल गरेको छ।
क्रिस गेलको आक्रामक इनिङले पनि बंगलोरलाई १ सय ९१ रनको विजयी लक्ष्य नजिक पनि पुर्याउन सकेन। बंगलोर निर्धारित २० ओभरमा छ विकेटमा जम्मा १ सय ४३ रन मात्र बनाउन सफल भयो।
कोलकताका गौतम गम्भिरलाई उनको ९३ रनको उत्कृष्ट इनिङका लागि म्यान अफ दि म्याच घोषित गरियो
गेलले ५८ बलमा सात चौका र छ छक्काको मदतले ८६ रनको इनिङ खेले पनि बंगलोरलाई हारबाट जोगाउन सकेनन्।
क्रिस गेललाई लक्ष्मी रतन शुक्लाले १९ दशमलव ५ ओभरमा आउट गरे। बंगलोरका तर्फबाट गेल वाहेक अन्य कुनै ब्याट्सम्यानले ठूलो योगफल बनाउन सकेनन्। विराट कोहलीले १८, सौरभ तिवारीले १९ तथा मयंक अग्रवाल (१०)ले राम्रो सुरुवात गरे पनि गेललाई साथ दिन सकेनन्।
कोलकताका तर्फबाट ज्याक कालिसले दुई तथा लक्ष्मी रतन शुक्ला, रजत भाटिया, सनिल नारायण र युसुफ पठानले एक एक विकेट झारे।
यसअघि तटस जितेर ब्याटिङ गर्दै कोलकता नाइटराइडर्सले निर्धारित २० ओभरमा चार विकेटको नोक्सान सहदै १ सय ९० रन बनाएको थियो। कोलकताका तर्फबाट माथिल्ला तिन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए।
गौतम गम्भिरले जम्मा ५१ बलमा९३ रनको आक्रामक इनिङ खेलेका थिए। उनले नौ चौका र पाँच छक्का हिर्काए। कोलकताका अर्का प्रारम्भिक ब्याट्सम्यान ब्रान्डन म्याकलमले ३७ बलमा४३ रन बनाए।
म्याकलम आउट भएपछि क्रिजमा आएका कालिसले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४१ रन बनाए।
बंगलोरका विनय कुमारले चार ओभरमा ३१ रन खर्चेर दुई विकेट झारे। त्यस्तै जहिर खान र डेनिएल भिटोरीले एक एक विकेट झारे।