मुम्बई, वैशाख १८ (एजेन्सी)-आइपिएल ५ को ४० औँ स्पर्धामा आइतबार राति मुम्बई इण्डियन्सले डेक्कन चार्जर्सलाई पाँच विकेटले हराएको छ।
डेक्कनले दिएको १ सय १ रनको लक्ष्यलाई मुम्बईले १८ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर हासिल गरेको थियो। डेल स्टेनलाई उनकाो उत्कृष्ट बलिङका लागि म्यान अफ दि म्याच घोषित गरिएको थियो।
मुम्बइको सुरुवात भने निकै खराब रहेको थियो। इनिङको पहिलो बलमा नै डेल स्टेनले मुम्बईका प्रारम्भिक ब्याट्सम्यान रिचर्ड लेवीलाई बोल्ड गरेका थिए। त्यसपछि वीरप्रताप सिंहले सचिन तेन्दुलकर(१४)लाई आउट गर्दै मुम्बईलाई ठूलो दबाबमा ल्याएका थिए। त्यसपछि पनि मुम्बईले एक छेउबाट नियमित रुपमा विकेट गुमाउदै गयो।
हुनत अर्को छेँउबाट रोहित शर्माले ४८ बलमा ४२ रनको इनिङ खेल्दै मुम्बईलाई विजयद्वारसम्म पुर्याएका थिए।
अम्बाती रायडुले अविजित १९ तथा जेम्स फ्रेन्कलीनले १३ रनको उपयोगी इनिङ खेले।
डेक्कनका बलरले टिमलाई जिताउन निकै प्रयास गरेका थिए। तर लक्ष्य निकै स्यानो भएको कारण उनीहरू सफल भने हुन सकेनन्। डेल स्टेनले चार ओभरमा १० रन दिएर दुई विकेट झारे। उता वीरप्रताप सिंह, जेपी डुमिनी र आशिष रेड्डीले एकएक विकेट प्राप्त गरे।
यसअघि टस हारेर ब्याटिङ गर्दै डेक्कन चार्जर्सको पूरा टिम १८ दशमलव ३ ओभरमा सय रनमा बनाएर आउट भएको थियो।
डेक्कनको सुरुवात खासै राम्रो हुन सकेन। पार्थिव पटेल र शिखर धवनको प्रारम्भिक जोडीले पहिलो विकेटका लागि ३७ रन मात्र जोडेका थिए।
त्यसपछि पनि विकेट खस्ने सिलसिला रुकेन। धवनले ३२ बलमा २९ रन बनाए। पार्थिव पटेलले जम्मा १९ रन बनाए। जेपी डुमिनी २५ रन बनाएर अविजित रहे।
मुम्बइका बलर सुरुबाटै डेक्कनमाथि प्रभावी रहेका थिए। लासिथ मालिंगाले ३ दशमलव ४ ओभरमा १६ रन खर्चेर चार विकेट झारेका थिए। जेम्स फ्रेंकलीन र हरभजन सिंहले दुई दुई विकेट प्राप्त गरे भने आरपी सिंह तथा मुनाफ पटेललाई एक एक विकेटमा चित्त वुझाउन पर्यो।
मुम्बइलाई पहिलो सफलता आरपी सिंहले दिलाएका थिए। उनले पार्थीव पटेललाई १९ रनको निजी योगफलमा क्याच गराएका थिए। त्यसपछि हरभजन सिंहले शिखर धवनलाई आउट गराए।