बैंगलोर, वैशाख २१ (एजेन्सी)-आइपिएल ५ को बुधबार राति भएको ४४ औँ खेलमा किंग्स इलेभन पञ्जाबले रोयल च्यालेञ्जर्स बैंगलोरमाथि चार विकेटको जित हासिल गरेको छ। बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्यलाई पञ्जाबले १९ दशमलव ५ ओभरमा हासिल गरेको थियो।
अन्तिम ओभरसम्म पुगेको म्याचमा किंग्स इलेभन पञ्जाबलाई छ बलमा पाँच रन बनाउनु थियो। विनय कुमारले पहिलो दुबै बलमा पारस डोगरालाई कुनै रन बनाउन दिएनन्। हुनत दोस्रो बलमा उनले सहज क्याच छाडेका थिए।
त्यसपछि चार बलमा पञ्जाबलाई चार रन बनाउनु थियो। अर्को बलमा दुई रन बन्यो र चौथो बलमा डोगराले एक रन लिए। त्यसपछि दुई बलमा त्यतिकै रनको आवश्यकता थियो। विनय कुमारका सामु त्यतिबेला थिए पियुस चावला। अनि चावलाले विनय कुमारको अर्को बलमा लङ्ग अन तर्फ छक्का हिर्काएर म्याच जिताएका थिए।
पञ्जाबको जितमा नितिन सैनी (५०), डेविड हसी (४५) तथा मन्दिप सिंह (४३) रनको पनि भूमिका रहेको थियो।
यसअघि टस हारेर ब्याटिङ गरेको रोयल च्यालेञ्जर्स बैंगलोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ५८ रन बनाएको थियो।
बैंगलोरका तर्फबाट क्रिस गेलले सर्वाधिक ७१ रन बनाए। त्यस वाहेक विराट कोहलीले ४५ रनको इनिङ खेलेका थ्एि। पञ्जाबका अजहर महमूदले चार ओभरमा २० रन खर्चेर तीन विकेट झारेका थिए।
यस जितकासाथै पञ्जाब १० अंककासाथ चौथो स्थानमा उक्लिएको छ भने बैंगलोर छैटौँ स्थानमा छ।