काठमाडौं, वैशाख २४ (नागरिक)- कप्तान दीपेन्द्र चन्दको उत्कृष्ट ब्याटिङको मद्दतले एसिसी यु १६ एलिट कपको आइतबार भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले जितेको छ। बहराइन पहिला ब्याटिङ गर्दै ३९ दशमलव ५ ओभरमा १ सय ४१ रन बनाएर आउट भएको थियो।
प्रत्युत्तरमा नेपालले दुई विकेटको नोक्सानमा लक्ष्य प्राप्त गरेको थियो।
नेपालका लागि कप्तान चन्दले अविजित ७५ रन बनाएका थिए। उनी म्यान अफ दि म्याच घोषित भएका थिए। उनीबाहेक नुरध्वज सेनले अविजित ३७ रनको योगदान दिएका थिए।
प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो। यसअघि शुक्रबार पहिलो खेलमा नेपालले कुवेतलाई ७८ रनले हराएको थियो।