मुम्बई, वैशाख २५ (एजेन्सी)-आइपिएल ५ अन्तर्गत आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले अन्तिम बलमा साविक विजेता चेन्नई सुपर किंग्सलाई दुई विकेटले पराजित गरेको छ।
रोमाञ्चको पराकास्टामा पुगेको खेलमा जितका लाग १ सय ७४ रनको लक्ष्य पछ्याउदै गरेको मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १४ रनको आवश्यकता थियो। बल तिब्र बलर बेन हिल्पि्केनहासको हातमा थियो।
वेष्ट इण्डिजका ब्याट्सम्यान ड्वेन स्मिथले हिल्फेनहासको चौथो बलमाथि छक्का तथा पाँचौं बलमा चौका हिर्काएर खेललाई रोमाञ्चको चरम सीमामा पुर्याएका थिए।
त्यसपछि मुम्बइलाई जितका लागि अन्तिम बलमा चार रनको आवश्यकता थियो। स्मिथले हिल्फेनहासको बललाई लङ्ग अफ तर्फ चार रनका लागि मैदान बाहिर पुर्याएर लगभग पराजयको संघारमा पुगेको आफ्नो टिमलाई जित दिलाए।
निकै आरोह अवरोह देखिएको म्याच १५ ओभरसम्म मुम्बईको प्रभावमा थियो। मुम्बइलाई ३० बलमा जितका लागि ४३ रनको आवश्यकता थियो र उसको हातमा नौ विकेट बाकी थिए।
क्रिजमा सचिन तेन्दुलकर र रोहित शर्मा दोस्रो विकेटका लागि १३ दशमलव ३ ओभरमा १ सय २६ रन जोडेर क्रिजमा टिकेका थिए। तर १६ ओँ ओभरमा आर अश्विनको बलमा डु प्लेसिसले सचिनको क्याच समाएर खेलको रुप परिवर्तन गरेका थिए।
सचिनले ४४ बलमा ११ चौका र एक छक्का सहित ७४ रन बनाए। त्यसपछि चेन्नइले जम्मा २५ रनमा मुम्बईका सात जना ब्याट्सम्यानलाई पेवेलियन फिर्ता पठायो।
तर अन्तिममा म्यान अफ दि म्याच बनेका स्मिथले नौ बलमा दुई छक्का र दुई चौका सहित अविजित २४ रनको इनिङ खेलेर चन्नइको हातबाट जित खोसे।
रोहित शर्माले पनि ४६ बलमा छ चौका र दुई छक्का सहित ६० रन बनाए। यस जितसँगै मुम्बई ११ म्याचमा १४ अंक सहित तेस्रो स्थानमा पुगेको छ भने चेन्नई १२ म्याचमा ११ अंक सहित चौथो क्रममा छ।
यसअघि टस हारेर ब्याटिङ गर्न आएको चेन्नईका लागि मुरली विजयले २९ बलमा ४१, ड्वेन ब्राभोले ४०, सुरेश रैनाले ३६ तथा कप्तान महेन्द्र सिंह धोनीले २५ रन बनाएपछि योगफल आठ विकेटमा १ सय ७३ रन पुगेको थियो।