चेन्नई, वैशाख ३१ (एजेन्सी)-तिब्र बलर बेन हिल्फेनहासको घातक बलिङको मदतले चेन्नई सुपर किंग्सले दिल्ली डेयरडेविल्सलाई शनिबार राति भएको खेलमा नौ विकेटले हराएको छ।
घरेलु मैदान र दर्शकको समर्थनको फाइदा उठाउदै चेन्नइले दिल्लीको टिमलाई हराएर अंक तालिकामा चौथो स्थानमा कब्जा जमाएको छ।
अंक तालिकामा चेन्नइको १४ म्याचमा १५ अंक छ भने पराजित भए पनि दिल्ली १३ म्याचमा १८ अंक सहित उच्च स्थानमा कायमै छ।
पछिल्लो म्याचमा कोलकता नाइटराइडर्सबाट हारेको दिल्लीको यो लगातार दोस्रो पराजय हो। चेन्नइको जितका नायक म्यान अफ दि म्याच बनेका तिब्र बलर बेन हिल्फेनहास रहे।
टस हारेर ब्याटिङ गर्न ओर्लेको दिल्लीको टिम चेन्नइको बलिङ आक्रमण सामु टिक्न सकेन र पाँच विकेटमा जम्मा १ सय १४ रनको सामान्य योगफलमा रोकियो। दिल्लीको सुरुवात निकै खराब रहेको थियो। यसका शीर्ष ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन्।
कप्तान वीरेन्द्र सहवाग जम्मा चार रनमा आउट भए अर्को ओभरमा पछिल्लो म्याचमा सतक हिर्काएका डेविड वार्नर (८)लाई पनि पेवेलियनको बाटो देखाएका थिए। त्यस्तै नमन ओझ ३ र महोला जयवर्द्धने आठ रन बनाएर आउट भए।
दिल्लीका लागि योगेस नागरले सर्वाधिक ४३ रन बनाए। उनले कुल ४७ बलको सामना गरेका थिए। त्यस्तै वेणुगोपाल रावले पनि २७ रन बनाए।
चेन्नइका हिल्फेनहासले चार ओभरमा २७ रन दिएर तिन बिकेट झारेका थिए। सामान्य लक्ष्य पछ्याउन आएको चेन्नइ कहिल्यै पनि अप्ठेरो स्थितिमा देखिएन।
यसले १५ दशमलव २ ओभरमा एक विकेटमा १ सय १५ रन बनाएर जित दर्ता गरायो।
माइकल हसी र मुरली विजयले पहिलो विकेटका लागि १० दशमलव १ ओभरमा ७५ रन जोडे। हसी ३२ बलमा ३८ रन बनाएर आउट भए। मुरली विजय ४८ र सुरेश रैना २८ रनमा अविजित रहे।