
नयाँ दिल्ली, जेठ २ (एजेन्सी)- भारतको पञ्जाब सरकारले मध्यक्रमका ब्याट्सम्यान युवराज सिंहलाई सम्मान गर्ने भएको छ।
गत वर्ष सम्पन्न विश्वकप क्रिकेट प्रतियोगितामा भारतको जितमा उनले युवराजले दिएको योगदानको कदर स्वरुप उनलाई सम्मान गर्न लागिएको बताइएको छ।
पञ्जाबका मुख्य मन्त्री प्रकाशसिंह बादल, उपमुख्य मन्त्री सुखबीर सिंह बादल तथा संसद सदस्य एवं पञ्जाब ओलम्पिक संघका अध्यक्ष एस एस ढिंड्साले युवराजलाई एक करोड १६ लाख रुपैया (एक करोड भारतीय रुपैया) सहित सम्मान गर्ने भएका छन्।
वायाँ हाते खेलाडी केही महिना बाट फोक्सोमा लागेको क्यान्सरका कारण मैदानमा देखिएका छैनन्।