पुणे, जेठ ७ (एजेन्सी)-आइपिएल ५ को ७० औँ म्याचमा शनिबार राति कोलकता नाइटराइडर्सले पुणे वारियर्सलाई ३४ रनले हराएको छ। १ सय ३७ रनको लक्ष्य पछ्याउन आएको वारियर्सको टिम २० ओभरमा आठ विकेटको नोक्सानमा जम्मा १ सय २ रन मात्र बनाउन सक्यो। आइपिएलको यस सत्रको सुरुवात उत्कृष्ट रुपमा गरेको पुणे अन्ततः १२ वटाम्याचमा पराजय खप्दै प्रतियोगिताबाट वाहिरिएको छ।
कोलकताको बलिङ अक्रमणका सामु पुणेका ब्याट्सम्यान नियमित अन्तरालमा आउट हुदै गएका थिए। प्रारम्भिक ब्याट्सम्यान जेडी राइडरले २४ बलमा सर्वाधिक २२ रन बनाए।
यस वाहेक एपी मजुमदारले जम्मा १७ रन मात्र बनाएका थिए। कप्तान सौरभ गांगुली जम्मा ५ रन बनाएर आउट भए।
अलराउन्ड प्रदर्शन गरेका कोलकताका सकिबअल हसनलाई म्यान अफ दि म्याच घोषित गरियो। उनले ४२ रन बनाउनुकासाथै दुई महत्वपूर्ण विकेट पनि झारेका थिए। त्यस वाहेक युसुफ पठानले पनि दुई विकेट झारेका थिए।
यसअघि टस जितेर ब्याटिङ गर्दै कोलकता नाइटराइडर्सले निर्धारित २० ओभरमा चार विकेटको नोक्सानमा १ सय ३६ रन बनाएको थियो।
कोलकताको सुरुवात भने राम्रो हुन सकेको थिएन।
प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भिर जम्मा १० रन बनाएर आउट भए भने ज्याक कालिस पनि १३ रन बनाएर पेवेलियन फर्के।
हुनत अर्को छेउमा ब्रान्डन म्याकलम क्रिजमा अडिएका थिए। उनले सकिबअल हसनसँग मिलेर कोलकतालाई सुरुको अप्ठेरोबाट निकालेका थिए।
सकिबले ३० बलको सामना गर्दै तीन चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए। म्याककलमले ४३ बलमा ४१ रनको इनिङ खेलेका थिए। अन्तिम ओभरमा युसुफ पठानले १५ रन बनाएर टिमको योगफललाई १ सय ३६सम्म पुर्याएका थिए।
पुणेका तर्फबाट वेन पार्नेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका थिए।