लन्डन, साउन २२ (एजेन्सी)- जमैकाकी फ्रेसर प्रेसीले लन्डन ओलम्पिकको एक सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। लगातार दोस्रो पटक ओलम्पिकमा स्वर्ण पदक जित्ने उनी तेस्रो महिला खेलाडीसमेत बनेकी छिन्।
प्रेसीले १०.७५ सेकेन्डमा दौड पुरा गरिन्। अमेरिकाकी कारमिलिटा जेटरले रजत र जमैकाकी भेरोनिसा क्याम्बेल ब्राउनले कास्य जितिन्। स्वर्ण जितेपछि २५ वर्षे प्रेसीले उक्त दौड आफ्नो उत्कृष्ट नभएको बताइन्।
' मेरो लागि यो मिश्रित हो। म यो भन्दा पनि राम्रा गर्न चाहन्थे, यो शतप्रतिशत प्रदर्शन होइन,' उनले भनिन्,' मेरो प्रशिक्षक (जोन स्पि्र्र) ले सुरुआत राम्रो गर्नमा केन्द्रीत हुने सल्लाह दिएका थिए। मलाई लाग्छ मैले सुरुको ३० मिनेटमा राम्रो गरे र पछिल्लो ३० मिटरमा मेरो गति केही कम भयो।'
सन् २०१० मा डोपिङमा पोजेटिभ पाइएपछि छ महिनाको प्रतिबन्धका कारण प्रेसीले आफ्नो खेल जीवनमा निकै उतार चढाव आएको स्मरण गरिन्। ' पछिल्लो दुई बर्ष मेरो लागि निकै कठिन रह्यो,' उनले भनिन्,' तर म आफ्नो प्रशिक्षणमा केन्द्रित रहे। त्यसको मतलब आजमै उपाधि रक्षा गर्न सफल भए। प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छौं, जसले मलाई म आफुले भन्दा पनि बढी विश्वास गरे। हरेक खेलाडलि आफ्नो प्रशिक्षकलाई विश्वास गर्नुपर्छ।'
प्रेसीअघि अमेरिकन वेमिया टियुसले १९६४ र १९६८ तथा गेल डिभर्सले १९९२ र १९९६ मा लगातार ओलम्पिकको एक सय मिटर दौड थितेका थिए। ' मलाई ट्रयाक एन्ड फिल्डको इतिहासका बारेमा राम्रो जानकारी छैन। तर मलाई गेल डिभर्सको बारेमा थाहा छ,' प्रेसीले भनिन्,' म पनि त्यहि पदमा पुग्दा खुसी लागेको छ।'
प्रेसीले २ सय मिटरमा पनि प्रतिस्पर्धा गर्दैछिन्। यसअघि उनले मुख्य प्रतियोगितामा २ सय मिटर दौडेकी छैनन्। उनले आफन्र देशकी दुई पटक (२००४ र २००८ की च्याम्पियन ) क्याम्पबेल ब्राउनसँग प्रतिस्पर्धा गर्नेछिन्।