काठमाडौं, भदौ ४ (नागरिक)- आइसिसी यु-१९ विश्वकपमा नेपाल सोमबार प्लेट च्याम्पिनसिपमा श्रीलंकासँग नेपाल आठ विकेटले पराजित भएको छ। अस्ट्रेलियाको ब्रिसवेनस्थित टाउन्सभिलमा चलिरहेको प्रतियोगितामा शीर्ष आठमा पर्ने नसकेपछि नेपाल, श्रीलंकासहित अन्य ६ टोली नवौं स्थानको प्लेअफमा प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाल २७.३ ओभरमा मात्र ७९ रन बनाएर अल आउट भएको थियो। यु १९ विश्वकपमा नेपालले बनाएको यो दोस्रो कम स्कोर हो। यसअघि सन् २००६ को प्लेट फाइनलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ७४ रनमा सीमित भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकालाई नेपालले दिएको लक्ष्य पूरा गर्न २०.४ ओभर नै पर्याप्त भयो।
नेपालले अर्को खेल नामिबियासँग मंगलबार खेल्नेछ।
नवौं स्थानको प्लेअफ क्वार्टरफाइनलबाट चार टोली अगाडि जाने छन्। नेपाल र श्रीलंकाको विजेताले आयरल्यान्ड र नामिबियाबीचको विजेतासँग खेल्नेछ। अफगानिस्तानले पपुवा न्युगिनीलाई ४ विकेट र स्कटल्यान्डले जिम्बावेलाई ४१ रनले पराजित गरी प्लेटको सेमिफाइनल भिडन्त पक्का गरिसकेका छन्।
नेपालसँग श्रीलंकासँग तेस्रोपटक भिडेको हो। सन् २००० मा सुपर लिगको खेलमा श्रीलंकाले नेपाललाई ९ विकेटले पराजित गरेको थियो। २००८ मा नेपाललाई श्रीलंकाले ८ विकेटले पराजित गर्यो।
दुई वर्षअघि चीनको ग्वाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपाल र श्रीलंकाको राष्ट्रिय टोलीबीचको ट्वान्टी-२० खेल विशेष रह्यो। पहिलो ब्याटिङ गरेको नेपाल १९.४ ओभरमा ७२ रनमा समेटियो। श्रीलंकाले ७ बलअगाडि ८ विकेट गुमाई लक्ष्य पूरा गरेको थियो। अहिले अस्ट्रेलियामा रहेका नेपाली यु-१९ टोलीका कप्तान पृथ बाँस्कोटा, नरेश बुढाऐर, प्रदीप ऐरी र राहुल बिक ग्वाङ्झाउमा पनि थिए। राहुलले मात्र श्रीलंकासँग पहिलो रोजाइमा खेलेका थिए।
९ वर्षभन्दा बढी समय बिताएका प्रशिक्षक रोय लुक डायसको नेपालबाट उक्त खेल अन्तिम रह्यो। उनको स्थान लिन ९ महिनापछि हालका प्रशिक्षक पुबुदु दासानायके आएका थिए। आधुनिक प्रशिक्षणले नेपाली क्रिकेटमा नयाँ तरंग ल्याएका दासानायकेको कार्यकालमा नेपाल पहिलो पटक यु-१९ विश्वकपको समूह चरणमा कुनै खेल जित्न सकेन।
नेपाल यसपटक समूह चरणमा अस्ट्रेलियासँग २ सय १२ र इङ्ल्यान्डसँग १ सय २७ रनले पराजित भयो। आयरल्यान्डसँगको १४ रनको हार नेपालको यु-१९ विश्वकपमा एसोसिएट राष्ट्रसँग केवल दोस्रो हो। त्यसैले पनि नेपालका लागि श्रीलंका कठिन प्रतिद्वन्द्वी हो। श्रीलंका पनि सुपर लिगमा पुग्न नसकेको निराशा प्लेटमा मेट्ने सुरमा छ। बंगलादेशसँग पहिलो खेलमा २५ रनले पराजित श्रीलंकाले नामिबियालाई १ सय ९५ रनले पराजित गरे पनि अर्को खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले घुँडा टेकेको थियो।