नेपालको प्रदर्शनबारे विश्लेषण भिडियोसहित-
काठमाडौं, भदौ २४ (नागरिक)- आइसीसी विश्व क्रिकेट डिभिजन ४ अन्तर्गत मलेसियामा भएका सबै पाँच खेल जित्दै नेपाल डिभिजन ३ मा बढुवा भएको छ। आइतबार नेपालले डेनमार्कविरुद्ध शानदार जित हात पार्यो। पानी परेर ओभर घटाइएको खेलमा नेपालले डेनमार्कलाई डकवर्थ लुइस अनुसार २५ रनले पराजित गर्यो। भोलि हुने फाइनलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
अमेरिकाले आज भएको अर्को खेलमा सिंगापुरलाई डकवर्थ लुइस अनुसार ३७ रनले पराजित गरेको हो।
फाइनलमा पुग्ने दुई टिम डिभिजन ३ मा बढुवा हुन्छ। यही अनुसार अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेपाल र दोस्रो स्थानमा रहेको अमेरिका डिभिजन ३ मा बढुवा भएको हो। डिभिजन ३ मा इटाली, बर्मुदा, ओमान र युगान्डा रहेका छन्।
पुछारमा रहेका दुई टिम तान्जानिया र मलेसिया रेलिगेसनमा परी डिभिजन ५ मा घटुवा भएका छन्।
नेपालले डिभिजन ४ का खेलहरुमा गरेको प्रदर्शन बारे नागरिकन्युजकर्मी विनोद पाण्डेको विश्लेषण भिडियोमा हेर्नुस्-
अमेरिकाविरुद्धको खेलमा शतकीय इनिङ खेलेका प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल पहिलो ओभरको दोस्रो बलमै सून्यमा आउट भएपछि नेपालले सुरुवातमै धक्का खानु परेको थियो। तर खकुरेलसँगै क्रिजमा उत्रिएका अनिल मण्डलले आठ चौका र चार छक्कासहित १३४ बलमा ११३ रनको पारी खेलेपछि नेपालको इनिङ सम्हालिएको थियो।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४० रन बनाएको हो। नेपालका लागि शरद भेषवाकरले २७, ज्ञानेन्द्र मल्लले २६, वसन्त रेग्मीले २१ रनको योगदान दिए। त्यस्तै विनोद दाशले १५, प्रदीप ऐरीले ११ रन जोडे।
खेलमा वर्षाले अवरोध पारेपछि डेनमार्कलाई डकवर्थ लुइस नियम अनुसार ३१ ओभरमा १५६ रनको नयाँ लक्ष्य दिइएको थियो। तर डेनमार्कले नौ विकेट गुमाई १३० रन मात्रै बनाउन सक्यो।
----------------------------------------------------------------------------
अपडेट:
डेनमार्कले १६.१ मा अर्ध शतक पूरा गरेको छ। १६ ओभर सकिँदा डेनमार्कले ५० रन जोडेको हो।
अपडेट:
१४ ओभर सकिँदा डेनमार्कले ४६ रन बनाएको छ। पारस खड्काले डेनमार्कको पहिलो विकेट लिएका थिए।
अपडेट:
दोस्रो ओभरमा विकेट गुमाएपछि डेनमार्कका ब्याट्सम्यानहरु सम्हालिएर खेल्न थालेका छन्। उनीहरुले १० ओभर सकिँदा ३८ रनको योगफल तयार पारेका छन्।
अपडेट :
डेनमार्कले ५ ओभर सकिँदा १७ रन जोडेको छ। दोस्रो ओभरमा एक विकेट गुमाएको डेनमार्कले पाँचौ ओभरमा १० रन जोड्न सक्यो।
अपडेट :
नेपालले दिएको २ सय ४१ रनको चुनौतीसहित ब्याटिङमा उत्रिएको डेनमार्कले दुई ओभरमा एक रन बनाएको छ। पारसले एक मेडनसमेत लिएका छन्।