अहमदाबाद, मङ्सिर ४ (एजेन्सी)- इङ्ल्यान्डको बराबरी गर्ने सम्भावना समाप्त पार्दै भारतले पहिलो टेस्ट सजिलै ९ विकेटले जितेको छ। चौथो दिनको खेलमा इङ्ल्यान्डको आशा जीवित बनाएका कप्तान एलिस्टर कुक र म्याट प्रिरोरलाई प्रज्ञान ओझाले आउट गरेपछि भारतले पाँचौं दिन भोजनलगत्तै विजय पारेको थियो।
ओझाले १ सय २० रन खर्चेर ४ विकेट लिएपछि इङ्ल्यान्डको दोस्रो इनिङ ४ सय ६ रनमा सीमित भयो। ७७ रनको लक्ष्य भारतले वीरेन्द्र सेवागलाई गुमाए पनि १६ ओभरभित्रै पूरा गर्यो। गौतम गम्भिरको स्थानमा ओपनिङ ब्याटिङ गरेका चेतेश्वर पुजाराले अविजित ४१ रन बनाए। पहिलो इनिङमा पनि अविजित २ सय ६ रन बनाएका पुजारा म्यान अफ द म्याचमा चुनिए। दोस्रो इनिङमा उनले ५१ बल खेली ८ चौका प्रहार गरे। अर्का अविजित ब्याट्सम्यान विराट कोहलीले १४ रन बनाए। ३१ बल खेलेका उनले ३ चौका प्रहार गरे। ग्राएम स्वानको बलमा केभिन पिटरसनले लङअनमा राम्रो क्याच लिएर सेवागलाई पवेलियन फर्काए। सेवागले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
यस वर्ष खेलेका १२ टेस्टमा इङ्ल्यान्डको सातौं पराजय हो। चौथो दिन खेलको पछिल्लो दुई सत्रबाहेक भारत टेस्टमा पूर्ण हाबी भयो। योग्य विजयसँगै भारतले चार खेलको शृंखलामा १-० को अग्रता लिएको छ। दोस्रो टेस्ट शुक्रबार मुम्बईमा सुरु हुनेछ।
ओझाले ५ विकेट लिएपछि पहिलो इनिङमा १ सय ९१ रनमै खुम्चिएको इङ्ल्यान्डलाई कुक र प्रिरोरले छैटौं विकेटमा १ सय ५७ रनको साझेदारी गरी उकास्ने प्रयास गरेका थिए। यी दुईले पूरा टेस्टमा एकापसमा कुल ३ सय ५६ रन बनाउँदा इङ्ल्यान्डका माथिल्लो क्रमका ब्याट्सम्यानहरू पिटरसन, निक कोम्पटन, जोनान ट्रोट, इयान बेल र समित पटेलले १ सय १४ रनमात्र जोड्न सके। एसियाको स्लो पिचमा माथिल्लो क्रमका ब्याट्सम्यानहरू नचल्दा नै इङ्ल्यान्डले पाकिस्तानसँगको टेस्ट शृंखला ३-० ले गुमाएको थियो भने श्रीलंकामा विश्व ट्वान्टी-२० को उपाधि रक्षा गर्न पनि चुकेको थियो।
कुकले १ सय ७६ र प्रिरोरले ९१ रन बनाए। दोस्रो इनिङमा उनीहरू भारतीय स्लो बलरमाथी हाबी भएका थिए, जसका कारण रविचन्द्रन अश्विनले पछिल्लो ५३ ओभरमा कुनै विकेट लिन सकेनन्। तर इङल्यान्डको १५ विकेट स्पिनरहरूले नै लिए।
यसलाई विश्लेषण गर्ने हो भने ग्राएम स्वानमात्र मुख्य स्पिनर खेलाउने इङ्ल्यान्डको निर्णय गलत सावित भयो। टोलीका तीन तीब्र बलर जेम्स एन्डरसन, टिम ब्रेसनान र स्टुवार्ट ब्रोडले घरेलु टोलीका जाहिर खान र उमेश यादवले जस्तो रिभर्स स्विङ गर्न पनि सकेनन्। चोटका कारण यस टेस्टमा खेल्न नसकेका तीब्र बलर स्टिभ फिन र देब्रेहाते स्पिनर मोन्टी पानेसार दोस्रो टेस्टमा फर्किने सम्भावनाले इङ्ल्यान्डलाई राहत प्रदान गर्न सक्छ। तर आफ्नो बच्चा जन्मिएका कारण बेल घर फर्कने भएकाले ब्याटिङमा इङ्ल्यान्ड पुनः सोच्न बाध्य हुनेछ।
सोमबार कुकले ८ र प्रिरोरले ७ रनमात्र जोड्न सके। ओझाले कुकलाई बोल्ड र प्रिरोरलाई आफ्नै बलमा क्याच गरे। ३ सय ७४ बल खेलेका कुकले ३१ र २ सय २५ बल खेलेका प्रिरोरले ११ चौका प्रहार गरे। ब्रेसनान २०, ब्रोड ३ र स्वान १७ रनमा आउट भए। जाहिर, यादव र अश्विनले १-१ विकेट थपे।