अनिल घिमिरे, बेङ्लोर, मंसिर २६ - पाकिस्तानसँग १० विकेटको पराजयसँगै नेपालले प्रथम ट्वान्टी-२० दृष्टिविहीन विश्वकप क्रिकेटको यात्रा टुंग्याएको छ। सेन्ट्रल कलेज क्रिकेट मैदानमा पाकिस्तानले टस जितेपछि ब्याटिङ गर्न आएको नेपाल निर्धारित २० ओभरको खेलमा ८९ रनमा सीमित भयो।
मसुद जान र गुलाब खानले पाकिस्तानलाई ४.१ ओभरमै विजय दिलाए। यसअघि नै प्रतियोगितामा अविजित २ सय ६४ रनको इनिङ खेलिसकेका खानले १६ बलमा १४ चौकासहित ५३ रन बनाए। खानले ९ बलमा २८ रन बनाएपछि सेमिफाइनल खेलअघि पाकिस्तानले सहज विजय पायो। नेपाली बलरले अतिरिक्तमा ९ रन खर्चे।
यसअघि नेपालले ५ ओभरमा विनाक्षति २९ रन बनाएर राम्रो सुरुआत गरेको थियो। कप्तान जयसागर गिरी आउट हुने पहिलो खेलाडी थिए। ७ रन बनाएका गिरीलाई जाफरले आउट गरे। अर्को बलमा खिमानन्द गिरी ६ रन बनाई आउट भए। अन्जिव जावेदले अर्को दुई विकेट लिएपछि खेल पूरै पाकिस्तानको पक्षमा मोडियो।
सन्तोष सापकोटाले खाता खोल्न सकेनन् भने रामप्रसाद पौडेलले शुन्यमा बोल्ड भए। पहिलो १० ओभर सकिँदा नेपालको खातामा ५० रनमात्र थियो भने टोलीको ४ विकेट खसिसकेको थियो। ११औं नेपालले अर्को विकेट गुमायो। सुनिल सुवेदी २ रनमा आउट भए। दुई चौका प्रहार गरेका लोकबहादुर थापालाई मोहम्मद अक्रमले ११ रनमा बोल्ड गरे।
बाँकी विकेट रनआउटमा गुमाएपछि रनिङ विट विन द विकेटमा नेपालको कमजोर प्रदर्शन कायमै रह्यो। अमर ओली ८, राजेन्द्रप्रसाद पौडेल २, पदमबहादुर बडेला २ र जीवन तामाङ शुन्यमा आउट भए। शंकर रेग्मी ६ रनमा अविजित रहे।
कप्तान गिरीले पुरस्कार प्रदान समारोहमा पहिलोपटक यत्रो ठूलो प्रतियोगितामा खेल्न पाउनुमा खेल्न सिकाउने पाकिस्तान नेत्रहीन क्रिकेट संघलाई धन्यवाद दिए। 'हामी यस खेलमा नयाँ हौं। हामीले यो प्रतियोगिताबाट धेरै सिक्यौं,' उनले भने, 'हामी आफ्नो खेलमा सुधार गर्दै अर्को प्रतियोगितादेखि खेल पनि जित्ने प्रयास गर्नेछौं।'