केप टाउन, पुस २१ (एएफपी)- न्युजिल्यान्डका डिन ब्राउनलीले करियरको पहिलो सतक बनाए पनि पहिलो टेस्टमा दक्षिण अफ्रिकाको जितलाई रोक्न सकेनन्। न्युल्यान्ड्समा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई तीन दिन भित्रै एक इनिङ र २७ रनले पराजित गर्यो।
पहिलो इनिङमा ४५ रनमा धरासायी भएको न्युजिल्यान्डको दोस्रो इनिङ पनि २ सय ७५ रनभन्दा अगाडी बढ्न सकेन्। ब्राउनलीले १ सय ९ रन बनाए। उनी भोजन अगाडी दोस्रो नयाँ बल लिएसँगै आउट भए। ब्राउनलीले देव्रेहाते स्पिनर रोविन पिटरसनलाई लगातार दुई छक्का प्रहार गरी सतक पुरा गरेका थिए। न्युजिल्यान्डले पछिल्लो ६ विकेट ४६ रनमै गुमायो।
मोर्ने मोर्केलले ब्राउनलीको महत्वपूर्ण विकेट लिए। विकेटकिपर विजे वेटलिङ र जेम्स फ््रयाङ्क्लिनले केही प्रतिरोध गरे पनि म्यान अफ द म्याच भेर्नोन फिलान्डरले लगातारका ओभरमा विकेट लिई दक्षिण अफ्रिकाको जित निश्चित गरे। वेटलिङले ४२ र फ्रयाङ्क्लिनले २२ रन बनाए। डेल स्टेयनले ३ र ज्याक कालिसले २ विकेट लिए।
अस्ट्रेलियाको अग्रता
सिड्नीः अस्ट्रेलियाले श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन ६ विकेट गुमाई ३ सय ४२ रन बनाएर ४८ रनको अग्रता लिएको छ। पहिलो दिन श्रीलंकालाई २ सय ९४ रनमा रोकेपछि ठुलो स्कोरको लक्ष्य बनाएको अस्ट्रेलियालाई भ्रमणकारी टोलीका स्पिनरले अप्ठायरोमा पारे।
अस्ट्रेलियाबाट फिल ह्युजले ८७ र डेविड वार्नरले ८५ रन बनाए। उत्कृष्ट फर्ममा रहेका कप्तान माइकल क्लार्कले ५० रनको इनिङ खेले। अन्तिम टेस्ट खेलिरहेका माइक हसी २५ रनमा रनआउट भए। श्रीलंकाले दोस्रो इनिङमा ठुलो स्कोर बनाउन नसके हसीको यो करियरकै अन्तिम इनिङ हुनेछ। म्याथ्यु वाडे ४७ र पिटर सिडेल १६ रन बनाई क्रिजमा छन्। यी दुईले सातौं विकेटमा ३५ रनको साझेदारी गरिसकेका छन्।
रंगना हेराथ र तिलकरत्ने दिलशानले अस्ट्रेलियामाथी दबाब बनाए। तर विश्व स्तरीय तीब्र बलर नहुँदा श्रीलंकामाथी शृंखलामा 'हवाइटवास' को खतरा बढेको छ। अस्ट्रेलियाले पहिलो दुई टेस्ट जितेर शृंखला जितिसकेको छ। हेराथले २ र दिलशानले १ विकेट लिए। अर्को विकेट नुवान प्रदीपको नाममा रहयो।