काठमाडौँ, माघ १७ (नागरिक) - थाइल्यान्डमा जारी एसिसी महिला क्रिकेट च्याम्पियनसिपको फाइनलमा पुग्न नेपाली टोली असफल भएको छ। घरेलु टोलीले आज बिहान भएको खेलमा सात विकेटले पराजित गरेपछि प्रतियोगितामा हालसम्म अपराजित रहँदै उपाधि चुम्ने नेपालको सपनामा पूर्णविराम लागेको हो।
टस हारेको नेपालले ब्याटिङ र बलिङ दुबैमा खराब प्रदर्शन गरेको थियो।
थाइल्यान्डले नेपाललाई ३८ रनमै समेटिन बाध्य बनाएको थियो। ५ ओभरको खेल बाँकी छँदै नेपालले आफ्ना सबै विकेट गुमाएर ३८ रनमात्र जोड्न सक्यो। थाइल्याण्डकी चानिन्दा स्थ्रिरङले ५ विकेट लिँदै नेपालको इनिङ धराशयी बनाएकी थिइन् ।
उनले ५ ओभर बलिङ गर्दै ३ ओभर मेडेन राखेकी थिइन् भने जम्मा २ रन मात्रै खर्चेकी थिइन् । नेपालको तर्फबाट कुनै ब्याटसवुमनले दोहोरो अंकमा रन जोड्न सकेनन्।
३९ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको थाइल्यान्डका दुई विकेट रुबिना क्षेत्रीले लिइन्। सीता मगरले एक जनालाई रन आउट गरिन्। प्रारम्भिक ब्याटसवुमन पुन्डरिका प्रथानमित्र एक्लैले अविजित १८ रन जोडेपछि थाइल्यान्डको फाइनल यात्रा सहज भएको हो।
विश्वकपको यात्रामा बाधा
यसपटकको प्रतियोगिता विश्वकपमा पुग्ने पहिलो चरणको खाका थियो। विजेताले जुलाई-अगस्टमा आयरल्यान्डमा हुने आइसिसी महिला विश्व ट्वान्टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सो प्रतियोगितामा आयरल्यान्डसँगै पाकिस्तान, श्रीलंका, क्यानाडा, जापान, नेदरल्यान्डस तथा एसिसी र अफ्रिकाको विजेता गरी ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
आयरल्यान्ड विजेताले अर्को वर्ष बंगलादेशमा हुने आइसिसी ट्वान्टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। छनोट चरणबाट आउने एक टोलीबाहेक विश्वकपमा साविक विजेता अस्ट्रेलिया, भारत, बंगलादेश, न्युजिल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिजको सहभागिता रहनेछ।