नेपालसामु सुनौलो अवसर
१८ फागुन २०६९
•
९ मिनेट पाठ
नेपालसामु सुनौलो अवसर
प्रकाश तिमल्सिना, काठमाडौं, फागुन १९- गोल गर्न नसकेर आलोचित नेपाली राष्ट्रिय फुटबल टोलीसामु मुक्ति पाउने सुनौलो मौका छ। विपक्षी फुटबलको गुमनाम नर्दन मारियाना आइल्यान्ड अनि भिडन्तस्थल घरेलु मैदान पाउनु नेपाली टोलीलाई राम्रो अवसर हो।
 
नेपालले एएफसी च्यालेन्ज कप पाँचौं संस्करणको औपचारिक यात्रा शनिबार दशरथ रंगशालाबाट थालनी गर्दैछ। छनोट समूहको पहिलो प्रतिस्पर्धी मारियानासँग फिफा वरियता छैन। आलोचना मत्थर पार्न मात्र होइन, प्रतियोगिताको अन्तिम चरण छानिने आशा बलियो बनाउन पनि नेपाललाई शनिबार फराकिलो जित आवश्यक छ। प्यालेस्टाइन र बंगलादेश पनि रहेको समूहबाट विजेता हुँदै स्वतः छनोट हुन वा अन्य समूहसँग पनि तुलना हुने उत्कृष्ट उपविजेता बन्न गोल अन्तरको महŒव हुनसक्ने नेपाली टोलीले राम्ररी बुझेको छ।
पहिलो खेल रवाफिलो पारामा हात पार्न सके प्यालेस्टाइन र सार्क छिमेकी प्रतिद्वन्द्वी बंगलादेशविरुद्धको खेललाई मनोबल उँचो बनाउन सक्नेछ। गोल नहुनु मात्र नेपाली टोलीको समस्या होइन। समस्याको डंगुरबीच एकरुपको प्रदर्शन गर्न नसक्नु नेपालको अर्को मुख्य कमजोरी हो। त्यसैले नर्दन मारियानालाई फराकिलो अन्तरमा हराए पनि टोलीसँग ढुक्ककोे अवस्था भने छैन।
झन्डै दुई वर्षअघि रंगशालामा विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगमा अन्तर्राष्ट्रिय फुटबलको 'बबुरो' टिमोर लिस्टेलाई ५-० ले हराएयता नेपाल त्यस्तो प्रदर्शनबाट सधैं विमुख छ। २००२ को विश्वकप छनोटमा मकाउलाई ६-१ हराएपछि टिमोर लिस्टेविरुद्धको जित नेपालको पहिलो फराकिलो जित थियो। मकाउमाथिको जित विदेशी भूमिमा थियो। घरमा भने १९९९ मा भुटानमाथि ७-० को प्रदर्शन उत्कृष्ट हो।
मकाउलाई हराएपछि टिमोर लिस्टेसँग खेल्नुबीचको समय होस् वा टिमोरलाई हराएदेखि गत महिना पाकिस्तानविरुद्ध मैत्री शृंखलामा हार बेहोर्दासम्म नेपालको प्रदर्शनमा सधैं उतारचढाव देखिन्छ।
टिमोरसँग खेलेयता नेपाली टोलीले गोल गर्न र जित्न लगभग बिर्सिए जस्तै भइसकेको छ। त्यसपछिका १७ खेलमा नेपालले एउटा जित, ५ वटा बराबरी खेल्दा बाँकी ११ खेलमा हार बेहोरेको छ। १७ खेलमा ३५ गोल खाँदा ६ गोल फर्काएबाट पनि नेपाली टोलीको पछिल्लो अवस्था छर्लङ् हुन्छ। पछिल्ला १२ खेलमा नेपालले एउटै खेल जित्न सकेको छैन। सन् २०११ को डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपको समूह चरणमा बंगलादेशलाई १-० हराएयता नेपाल जितविहीन छ। दशरथ रंगशालामा खेलेका पछिल्ला ८ खेलमा २ गोल मात्रै गर्न सक्नुबाट पनि नेपाली टोलीको कमजोर स्कोरिङ क्षमता स्पष्ट देखिन्छ।
त्यसकारण पनि टोली र त्यसमा पनि विशेषतः स्ट्राइकरहरू जुमानु राई, अनिल गुरुङ, सन्तोष साहुखल आलोचित छन्। इस्ट टिमोरलाई ५-० ले हराउँदा जुमानु र अनिलले १-१ गोल गरेका थिए। जुमानुले त्यसपछि एक गोल गरेका छन् भने अनिल गोलविहीन छन्। सन्तोषले २०६७ को चैतयता गोल गर्न सकेका छैनन्। उनले पछिल्लोपल्ट पोखरामा भुटानविरुद्ध मैत्री खेलमा गोल गरेका थिए।
टिमोर लिस्टेसँग खेल्दा नेपालको फिफा वरियता १ सय ४८औं थियो। टिमोर भने २ सय स्थानभन्दा तल थियो। अहिले च्यालेन्ज कपको पहिलो प्रतिद्वन्द्वी नर्थन मारियाना टिमोर लिस्टेभन्दा पनि निकै कमजोर टोली भन्ने बुझिन्छ। त्यसकारण पनि शनिबार नेपाली जित्नेमा विश्वस्त छ। १९९८ बाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नर्थन मारियानाले अहिलेसम्म एउटै खेल जित्न सकेको छैन। पछिल्लोपल्ट नोभेम्बरमा ग्वामसँग टोली ८-० ले पराजित भएको थियो। च्यालेन्ज कपमा यो टोलीको पहिलो सहभागिता हो।
अमेरिकी उपनिवेश नर्थन मारियाना ओसियानाबाट अलग हुँदै सन् २००९ मा एसियाली फुटबल महासंघ (एएफसी) मा आबद्ध भएको हो। अझै एएफसीको पूर्ण सदस्य भइसकेको छैन। ५० हजारभन्दा केही बढी जनसंख्या रहेको मारियानाले फिफा वरियतासमेत पाउन बाँकी छ। १४ वर्षमा एउटै खेल जित्न नसकेको नर्थन मारियाना नेपालविरुद्ध उच्च प्रदर्शन गर्न लालायित हुनेछ। नेपालको उद्देश्य विल्कूल फरक छ। लगातार दोस्रोपटक घरेलु मैदानमा च्यालेन्ज कपको छनोट पार गर्न टोली पहिलो खेल जितेर बलियो आधार तयार पार्न चाहन्छ।

सन् २०१४ विश्वकप (दशरथ रंगशाला, जुन २९ र जुलाई २, २०११)
विरुद्ध इस्ट टिमोर २-१ (अनिल गुरुङ, जुमानु राई )
विरुद्ध इस्ट टिमोर ५-० (अनिल गुरुङ, भोला सिलवाल, जुमानु राई, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ)
.....
सन् २०११ जुलाइ २३ जोर्डन (विश्वकप (२०१४) छनोट, दोस्रो चरण)
१)विरुद्ध जोर्डन ०-९

सन् २०११ जुलाइ २८ काठमाडौं (विश्वकप (२०१४) छनोट, दोस्रो चरण)

२)विरुद्ध जोर्डन १-१ (भरत खवास)

सन् २०११ अक्टुबर ११ मनिला, फिलिपिन्स (मैत्रीपूर्ण)
३)विरुद्ध फिलिपिन्स ०-४

सन् २०११ डिसेम्बर २-११ (भारत, नयाँ दिल्ली) , प्रशिक्षक ग्रहाम रोबर्टस
४)विरुद्ध माल्दिभ्स १-१ (सन्दीप राई)
५)विरुद्ध बंगलादेश १-० (सागर थापा
६)विरुद्ध पाकिस्तान १-१ (भरत खवास)
७)विरुद्ध अफगानिस्तान ०-१ सेमिफाइनल

एएफसी च्यालेन्ज कप , काठमाडौं (मार्च ८-१९,२०१२)
८)विरुद्ध प्लालेस्टाइन ०-२
९)विरुद्ध माल्दिभ्स ०-१
१०)विरुद्ध तुर्किमिनिस्तान ०-३

नेहरु कप, भारत , दिल्ली (अगस्ट २२-३१,२०१२)
११)विरुद्ध माल्दिभ्स १-२ (जुमानु राई )
१२)विरुद्ध क्यामरुन ०- ५
१३)विरुद्ध भारत ०-०
१४)विरुद्ध सिरिया ०-२

मैत्रीपूर्ण खेल (२० सेप्टेम्बर २०१२)
१५)विरुद्ध बंगलादेश १-१ (भोला सिलवाल)
मैत्रीपूर्ण खेल (६,९ फेब्रुअरी ,२०१३)
१६)विरुद्ध पाकिस्तान ०-१
१७)विरुद्ध पाकिस्तान ०-१

१७ खेल १ जित, ५ बराबर, ११ हार
६ गोल गरेको, ३५ गोल खाएको
अर्को समाचार
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
५ घण्टा अघि
•
१ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
सीमांकन (परिसीमन) विधेयकलाई लिएर भारतका विपक्षी दलहरूबिच मतभेद चुलिएको छ।

विधेयकको विरोधमा समर्थन जुटाउन कांग्रेसका शीर्ष नेताहरू चेन्नई पुगे पनि द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख एमके स्टालिन आफ्नो अडानबाट पछि हटेनन्।

आइतबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको नेतृत्वमा विपक्षी दलका नेताहरूले चेन्नईस्थित स्टालिनको निवासमा उनीसँग भेटवार्ता गरेका थिए। बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलका विपक्षी दलका नेता भीडी सतीसन र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी सहभागी थिए।

करिब एक घण्टाभन्दा बढी चलेको बैठकमा कांग्रेस नेताहरूले डीएमकेलाई केन्द्र सरकारको प्रस्तावित सीमांकन विधेयकको विपक्षमा उभिन आग्रह गरेका थिए। तर, बैठकपछि स्टालिनले आफ्नो पार्टीले विधेयकलाई समर्थन गर्ने निर्णय परिवर्तन नगर्ने स्पष्ट पारे।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता गान्धीले सीमांकन विधेयक तमिल संस्कृति, भाषा र जनताका साथै भारतीय संघ र भारतकै लागि खतरा भएको बताए।

उनले भने, ‘डीएमकेले के भन्यो वा के गर्‍यो भन्ने मलाई थाहा छैन। हामीले स्टालिनसँग के छलफल गर्‍यौँ र के भन्यौँ भन्ने कुरा म तपाईंलाई बताउँदैछु। हामीले उनलाई यो तमिल संस्कृति, तमिल भाषा, तमिल जनता, भारतीय संघ र भारतका लागि खतरा हो भनेका छौँ। त्यसैले सबै देशभक्तले जस्तै उनी पनि यो खतराविरुद्ध उभिनुपर्छ भनेका छौँ।’

तर, स्टालिनले कांग्रेस नेताहरूको आग्रहपछि पनि आफ्नो अडान परिवर्तन गरेनन्। उनले विधेयक संसदबाट असफल भए तमिलनाडुले अहिले प्राप्त गरेको सुरक्षा पनि गुमाउन सक्ने बताए।

स्टालिनका अनुसार कांग्रेस र उसका सहयोगी दलहरूले विधेयकको विकल्पमा कुनै ठोस प्रस्ताव अघि सारेका छैनन्। यस्तो अवस्थामा तमिलनाडुको राजनीतिक प्रतिनिधित्व जोगाउन विधेयकलाई समर्थन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

उनले भने, ‘यदि सन् १९७१ को जनगणनाका आधारमा सीमांकन गरियो भने त्यसको तमिलनाडु र सम्पूर्ण दक्षिणी राज्यहरूमा विनाशकारी प्रभाव पर्नेछ। विशेषगरी दक्षिणी राज्यका राजनीतिक दलहरूका लागि यो अस्तित्वकै लडाइँ हो। यस्तो अवस्थामा यो विधेयकलाई समर्थन गर्नुबाहेक अर्को विकल्प छैन।’

उनले संसदमा आफ्नो पार्टीको शक्तिको प्रयोग गरेर आगामी २५ वर्षसम्म तमिलनाडुको राजनीतिक भविष्य सुरक्षित गरेको पनि बताए। यस विषयमा भावनात्मक वा विचारहीन निर्णय गर्न नहुने भन्दै उनले तमिलनाडुको हित आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

डीएमकेले यसअघि नै संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीले तमिलनाडुको लोकसभा सिटमा रहेको ७.१८ प्रतिशत हिस्सा घट्न नहुने र राज्यहरूबिचको संसदीय प्रतिनिधित्वको अनुपात सन् १९७१ को जनगणनाका आधारमा कायम राख्नुपर्ने माग गरेको थियो।

नोभेम्बर २८ मा बसेको डीएमके सांसदहरूको बैठकले संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीका अनुसार केन्द्र सरकारले आफ्ना प्रमुख मागहरू नयाँ प्रस्तावमा समेटेकाले समर्थन गर्ने निर्णय गरिएको हो।

केन्द्र सरकारले प्रस्तावित विधेयकमार्फत लोकसभा र राज्यका विधानसभामा सिट संख्या बढाउने तयारी गरेको छ। संशोधित प्रस्तावअनुसार सबै राज्य र केन्द्रशासित प्रदेशमा लोकसभा सिट संख्या ५० प्रतिशतले बढाउने योजना छ। विधेयकमा लोकसभाको अधिकतम संख्या ८५० पुर्‍याउने व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थालाई महिला आरक्षण कार्यान्वयनसँग पनि जोडिएको छ।

तर, कांग्रेस नेता राहुलले सिट संख्या बढाउने र निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने प्रक्रियाबाट भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुग्न सक्ने भन्दै विरोध गर्दै आएका छन्। उनले लोकसभाको नक्सा आफ्नो अनुकूल परिवर्तन गर्ने अवसर भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई दिन नहुने तर्क गरेका छन्।

सीमांकन विधेयकमा डीएमकेले समर्थन जनाएपछि विपक्षी गठबन्धनभित्रै मतभेद देखिएको हो। कांग्रेस र डीएमकेबिचको सम्बन्ध यसअघि नै चिसिएको थियो। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावपछि कांग्रेसले डीएमकेसँगको गठबन्धन तोडेर अभिनेता जोसेफ विजयको पार्टी तमिलगा भेट्री कझगम (टीभीके) लाई समर्थन गरेको थियो। त्यसपछि कांग्रेस विजय नेतृत्वको सरकारमा सहभागी भएको थियो। यही घटनाले कांग्रेस र डीएमकेबिचको सम्बन्ध थप बिगारेको थियो। अहिले सीमांकन विधेयकमा पनि दुवै दल फरक कित्तामा उभिएका छन्।

सोमबारदेखि संसद्को विशेष अधिवेशन सुरु हुँदैछ। त्यसअघि कांग्रेसले स्टालिनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। डीएमकेसँग लोकसभामा २२ र राज्यसभामा आठ सांसद छन्।

लोकसभाका ५४० कायम सदस्य सबै उपस्थित भएर मतदान गरेमा विधेयक पारित गर्न दुई तिहाइ अर्थात् कम्तीमा ३६० मत आवश्यक पर्छ। त्यसैले डीएमकेका २२ सांसदको समर्थन विधेयक पारित गराउन महत्त्वपूर्ण हुन सक्छ। संविधान संशोधन विधेयक पारित गर्न उपस्थित भएर मतदान गर्ने सदस्यको दुई तिहाइ समर्थनसँगै सदनको कुल सदस्य संख्याको बहुमत पनि आवश्यक हुन्छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस