विनोद पाण्डे, काठमाडौं, चैत १५- कमजोर ब्याटिङपछि नेपाल एसिसी ट्वान्टी-२० कप हङकङसँग सजिलै पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार हङकङले उपाधि दावेदार दावी गरिरहेको नेपाललाई ६ विकेटले पराजित गर्यो।
पहिलो दिन माल्दिभ्सलाई ७६ रनले पराजित गरेको नेपालले टस जितेर ब्याटिङ गरी ११५-९ को स्कोर बनायो। हङकङले १६.३ ओभरमै लक्ष्य पुरा गर्यो। यसअघि मलेसियालाई पनि पराजित गरिसकेकाले हङकङको सेमिफाइनल प्रवेश पाउने सम्भावना बलियो बनेको छ।
नेपालले बाँकी दुई खेलमा शनिबार मलेसिया र त्यसको भोलिपल्ट सिंगापुरसँग खेल्ने छ। हङकङसँगको हारले सेमिफाइनल पुग्न कति अप्ठयारो भएको छ? नेपालका प्रशिक्षक पुबुदुले सहज जबाफ फर्काउदै भने, 'हामीले बाँकी दुई खेल जिते पुग्छ।' उनले नेपालले राम्रो ब्याटिङ गर्न नसकेको जसका कारण ३० रन जति कम भएको बताए।
कप्तान पारस खड्का पनि राम्रो ब्याटिङ नभएकोमा सहमत छन्। उनले भने, 'पिच राम्रै थियो, हामीले नै राम्रो खेल्न नसकेका हौं। बलिङ ठिकठाक थियो। उनीहरुले सुरुमा राम्रै गरका हुन्। तर पनि हामीले अझ राम्रो गर्न सक्थ्यौं। जति स्कोर बनायौं अझ बढी हुन सक्थ्यो।'
ब्याट्सम्यानहरुले सुरुआत देखि नै आक्रामक स्वभाव नदेखाएको देखाएको प्रश्नमा उनले भने, 'उनीहरुले सुरुदेखि नै राम्रो बल फाले। पहिलाको तुलनामा यो पिच फरक भएकाले १ सय ४० देखि १ सय ५० रन बनाउनै पर्छ, अनि मात्र त्यो स्कोर रक्षा गर्न सकिन्छ। ट्वान्टी-२० को संरचनामा बलरले कमै खेल जिताएका हुन्छन्। ब्याट्सम्यानले नै खेलाएर जिताउनु पर्छ। त्यसैले ब्याट्सम्यानले अब रन बनाउन जरुरी छ।'
देव्रे हाते स्पिनर नदिम अहमद म्यान अफ द म्याचमा चुनिए। उनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। नेपाली ब्याट्सम्यान भने हङकङका तीब्र बलरका अगाडी दबाबमा देखिन्थे। उनीहरुले नियमित जस्तो तीब्र बलरलाई लगाएर नेपाललाई अप्ठयारोमा पारेका थिए। यो उनीहरुको रणनिति जस्तै देखिएको थियो। 'उनीहरुले जति पनि योजना बनाए, त्यसमा सफल भए। हङकङसँग हामीले नियमित खेल्दै आएको छौं। आज हाम्रो केही चलेन्।'
नदिमले पारसलाई ४ रनमा बोल्ड गरे भने बसन्त रेग्मी र मञ्जित श्रेष्ठलाई पनि पवेलियन फर्काए। बसन्तल ५ र मञ्जितले ७ रनमात्र बनाउन सके। सुरुआतमा हङकङका तीब्र बलरले नेपालको हातबाट खेल खोसिकेका थिए। तान्विर अफजलले सुवास खकुरेललाई ६ रनमा आउट गरे भने प्रदीप ऐरीको विकेट पनि लिए। विकेटको पछाडी क्याच दिनु अगाडी प्रदीपले २३ बल खेली ३ चौका प्रहार गर्दै २१ रन बनाए।
उपकप्तान ज्ञानेन्द्र मल्लले ३८ रन बनाएपछि मात्र नेपालको स्कोर १ सय रनमाथी नाघेको थियो। १९औं ओभरमा आउट हुनु पूर्व उनले ३९ बल खेली ३ चौका प्रहार गरे। विनोद भण्डारी १५, शरद ५ रनमा आउट भए। शक्ति गौचनले १ छक्का प्रहार गरी ८ बलमा ११ रन बनाए। हङकङका अर्का तीब्र बलर एजाज खानले २ विकेट लिए।
नदिमका भाई इरफान अहमदले १६ बलमै ३० रन बनाएपछि नेपालको पराजय निश्चित जस्तै देखिएको थियो। उनले अमृत भट्टराईलाई तेस्रो ओभरमा २ छक्का र २ चौका प्रहार गरी २१ रन प्रहार गरे। अर्को ओभरमा बसन्तको बलमा उनी शक्तिद्वारा समातिए। अर्को ओभर लिएर आएका शक्तिले जेम्स एटकिन्सनलाई बोल्ड गर्नुका साथै विकेट मेडन ओभर फाले। नेपालले खेल भरी केही आशा देखाएको यही दुई ओभरमात्र थियो।
इरफानसँगै ओपनरमा आएका वाकस बर्कातले ३९ रन बनाए। निजाकत खान ४२ रनमा अविजित रहे। यी दुइले ७० रनको साझेदारी गरे। निजाकतले ३३ बल खेली ३ चौका र २ छक्का प्रहार गरे। बर्कातले ३७ बल खेली ४ चौका प्रहार गरे। बसन्तले बर्कात र कर्टनी क्रुगर (०) लाई दुई बलको अन्तरमा आउट गरे पनि त्यो नेपालका लागि ढिला भइसकेको थियो। विजयसँगै हङकङले नेपालसँग लगातार दुई खेलमा भोगेको पराजयको बदला लिएको छ। नेपालले पछिल्लो एसिसी ट्वान्टी-२० कपमा १ विकेटले पराजित गरेको थियो भने विश्व ट्वान्टी-२० पनि हङकङलाई पराजित गरेको थियो।
'नेपालका लागि हरेक खेल दबाब र अवसर हो। हामीले हेर्ने अनुसार त्यसरी हो। सिधै सेमिफाइनल भन्दा पनि हामी एक पटकमा एक खेलमा केन्द्रित हुन्छौं। त्यसका लागि राम्रो खेल्नु पर्छ। आजको जस्तो खेलेर हुँदैन्,' हङकङसँगको हारपछि दबाब कति बढेको छ भन्ने प्रश्नमा पारसले भने।
प्रायोजक विवाद मिल्यो
प्रायोजकसँगको विवाद हाललाई मिलेको कप्तान पारसले बताए। नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रायोजकद्वय पेप्सी र स्टयान्डर्ड चार्टड बैंकले खेलाडीको बेनफिटका लागि केही नगरेको र दिएका बचनहरु पुरा नभएको भन्दै खेलाडीहरुले माल्दिभ्ससँगको पहिलो खेलमा प्रायोजकको लोगो छोपेर खेलेका थिए।
पारसले भने, 'मंगलबार हामीले नेपाल क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्यालसँग कुराकानी गरेको थियौं, उहाँहरुले प्रायोजकले गरेको कमिटमेन्ट पुरा गर्ने प्रयास गरिदिने बचन दिनु भएको छ।' नेपाली खेलाडीहरुले बुधबारको खेलमा प्रायोजकको लोगो खोलेर खोलेका थिए।
२५ सय विधार्थी
बुधबारको खेल झन्डै ४ हजार दर्शकले टिकट काटेर हेरे, त्यसमा २५ सय विधार्थी थिए। १ सय रुपैंयाको टिकटमा त्रिभुवन विश्व विधालयमा अध्यन्रत विधार्थीलाई ५० प्रतिसत छुट गरिएको छ। क्यानले खेलाडी तथा प्रशिक्षकसँग मिलेर टिकट व्यवस्थापन गरिरहेको छ। खेलाडी तथा प्रशिक्षकसँगका कोषाध्यक्ष आशिष द्धारेका अनुसार नेपाल र हङकङको खेलमा टिकटबाट ३ लाख १५ हजार उठेको छ। अघिल्लो दिन नेपाल र माल्दिभ्स बीचको खेलमा ७ हजार ५ सय दर्शक टिकट काटेर हेरेका थिए, त्यसबाट ५ लाख ५८ हजार उठेको थियो।
बुधबारका खेल
मलेसियाविरुद्ध सिंगापुर, कीर्तिपुर, बिहान ९.१५ बजे
अफगानिस्ताविरुद्ध बहराइन, पुल्चोक, ९.१५ बजे