नयाँ दिल्ली- समाजवादी पार्टीका युवा नेता अखिलेश यादव नेतृत्वको प्रान्तीय सरकारले उत्तर प्रदेशमा निःशुल्क ल्यापटप बाँड्न सुरु गरेको छ। चुनावमा गरेको बाचा पूरा गर्दै सरकार गठनको पहिलो वर्ष यादवले १० एवं १२ कक्षा उत्तीर्ण गर्ने विद्यार्थीका लागि १० हजार ल्यापटप वितरण गरेका छन्।अझै लाखौं ल्यापटप बाँड्न बाँकी छ र त्यसका लागि झन्डै ३ हजार करोड भारु खर्च हुने अनुमान छ। ल्यापटप वितरणसँगै मुलायम सिंह यादव नेतृत्वको समाजवादी पार्टी र उत्तर प्रदेश पनि अन्यत्र जस्तै मतदाता भुलाउन 'केही नयाँ गर्ने' सूचिमा परेका छन्।
उत्तर प्रदेशका धेरै गाउँ अझै पनि बिजुलीबिहीन छन्। ९० करोड जनसंख्या रहेको युपी नेपालसँग सीमा जोडिएको प्रान्त हो। केही ठूला सहरलाई छोड्ने हो भने यहाँ अझै आधारभूत सुविधा उपलब्ध छैनन्। राष्ट्रिय राजमार्ग र अन्य सडक मर्मतको खाँचो टड्कारो रहेको युपीका बस्तीहरुका लागि पक्की सडक अझै पनि एउटा सुनौलो सपना हो। यहाँका धेरै जनता अझै पनि उपचार अभावमा छटपटिरहेका छन्। यस्तो स्थितिमा चुनावी आश्वसनकै भरमा हजारौं करोड रुपैयाँ सिध्याउनु कति जायज हो ? यो विषय अहिले नयाँ दिल्लीसम्मै उठ्न थालेको छ।
युपीको यादव सरकार विकाससँगै ल्यापटप र ट्याब्लेट बाँड्ने कार्यलाई 'गल्ती' भएको मान्न तयार छैन। समाजवादी सरकारका सबैभन्दा व्यस्त मन्त्री अभिषेक मिश्रा भन्छन्- 'के हामीले सडक बिजुलीलाई मात्र प्राथमिकता दिनुपर्ने आइटीलाई हैन? हामीले दुवैलाई बराबरी ध्यान दिनुपर्छ। यहाँ डिजिटल डिभाइड व्याप्त छ अब यसलाई बड्न दिनु हुँदैन।'
युपी बाहेक भारतका अन्य प्रदेशमा पनि दलहरुले ल्यापटप तथा कम्प्युटर बाँड्ने आश्वसन दिएर चुनाव लडेको उदाहरण छन्। केहीले बाँडे, कोही चुनावमा पराजित भए। तर अहिले आएर ल्यापटप जस्ता प्राविधिक र मूल्यवान वस्तु बाँड्ने कार्यको आलोचना हुन थालेको छ। आइटी पत्रकार प्रशान्त कुमार यो पहललाई ब्यर्थ भन्छन्। 'ठूलो समस्या उस्तै छन्। करोडौं जनताको सरोकार राख्ने विषयमा आँखा चिम्लेर नेताहरु फगत अर्को चुनाव जित्ने ध्याउन्न गर्दैछन्', उनको विश्लेषण छ।