किन मनाईन्छ अप्रिल फूल ?
१९ चैत्र २०७७
•
१ मिनेट पाठ
किन मनाईन्छ अप्रिल फूल ?
अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख। आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन। यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन्। तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन्।

अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो। तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले।

१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो। तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेला सम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो। यसरी नै अप्रिल फूलकाे सुरूवात भएकाे हाे। 
अर्को समाचार
आज क-कसलाई मुर्ख बनाउनुभयो ? किन मनाइन्छ अप्रिल फूल ?
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
आज क-कसलाई मुर्ख बनाउनुभयो ? किन मनाइन्छ अप्रिल फूल ?
अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ। सायद तपाईहरुले पनि आज झुटो बोल्नुभयो होला। तर यसो किन गरिन्छ त ?  

आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् मूर्ख बनाउँछन्। पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले। यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ। सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन्। यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन्।अप्रिल फूल दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ। तर अप्रिल १ मा किन अप्रिल फूल दिवस मनाइन्छ, यसको पनि फरक कथा छ।आजको दिन बालबालिका होस् वा युवा–वृद्ध सबैले आफ्ना साथीभाइ र आफन्तलाई कुनै न कुनै बहानामा मुर्ख बनाउँछन्।  

को बन्यो पहिलो अप्रिल फूल ?

अप्रिल १ मा मानिसलाई झुक्याउने वा मूर्ख बनाउने प्रचलन धेरै वर्षदेखि चलिआएको छ। आजको समयमा,यो दिवस संसारभर मनाइन्छ। तर यसको सुरुवातको कुरा गर्दा सबैभन्दा पहिलो यसको प्रयोग चौसरको ‘नन्स प्रिस्ट टेल’भन्ने किताबमा पाइन्छ। त्यसमा ‘क्यान्टरबरी टेल्स’ को कथामा उक्त कुरा उल्लेख छ। कथामा इङ्गल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानीको इन्गेजमेन्ट हुने कुरा जनतालाई सुनाइन्छ। इन्गेजमेन्ट ३२ मार्चमा हुने भनिन्छ। उक्त कुरा जनताले पनि विश्वास गर्छन्। मार्च ३२ क्यालेन्डरमा मिति नै नहुने भएकोले त्यहाँका मानिसहरू सामूहिक रूपमा अप्रिल फूल बने भनिएको छ।

अप्रिल फूलसँग सम्बन्धित दोस्रो कथा  

अप्रिल फूलुको दोस्रो कथा युरोपको हो। वास्तवमा पहिला युरोपमा अप्रिल १ तारिखमा नै नयाँ वर्ष मनाइन्थ्यो र यस दिन भव्य कार्यक्रम पनि आयोजना गरिन्थ्यो। तर त्यहाँ पोप ग्रेगरी १३ ले सन् १५८२ मा नयाँ क्यालेन्डर निकाले,जसमा नयाँ वर्ष जनवरी १ मा मनाउने निर्देशन दिइएको थियो।  

पोप ग्रेगरी १३ द्वारा यो क्यालेन्डर जारी गरेपछि अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मूर्ख भनेर खिल्ली उडाइएको थियो। यहीँबाट अप्रिल फूलु डे सुरु भएको किम्बदन्ती रहेको छ।  

विश्वभर अप्रिल फूल दिवस मनाउने विभिन्न तरिका छन्। अप्रिल फूल डे न्युजिल्यान्ड,इंग्ल्याण्ड,अष्ट्रेलिया र अफ्रिकी देशहरूमा १२ बजेसम्म मात्र मनाइन्छ। इटाली,फ्रान्स र बेल्जियम जस्ता देशहरूमा मानिसहरूलाई बिना जानकारी नदिइ ढाडमा कागजको माछा टाँसेर खिल्ली उडाइन्छ।  

युक्रेनमा अप्रिल फूलु मनाउन राष्ट्रिय छुट्टीको घोषणा गरिएको छ। साथै, स्पेनमा अप्रिल फूल डिसेम्बर २८ मा पवित्र निर्दोष दिवसको रूपमा मनाइन्छ। यसबाहेक डेनमार्कमा मे १ मा अप्रिल फूल दिवस मनाइन्छ भने पश्चिम एसियाली देशहरूले पर्शियन नयाँ वर्षको १३ औं दिन अर्थात् अप्रिल १ र २ मा एकअर्कालाई गिल्ला गरेर अप्रिल फूल मनाउँछन्। -एजेन्सी
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस