भियतनाममा आगलागीका कारण ६ जनाको मृत्यु
०१ असार २०७८
•
१ मिनेट पाठ
भियतनाममा आगलागीका कारण ६ जनाको मृत्यु
मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन्। स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो। 




आगो तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ।आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ।  

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव सय अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ। उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
अर्को समाचार
लुम्बिनीमा १० लाख पर्यटक
२५ पौष २०८०
•
२ मिनेट पाठ
लुम्बिनीमा १० लाख पर्यटक
कोभिड महामारीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्र बिस्तारै बौरिँदै छ। सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। त्यसमा ६ लाख ५६ हजार आन्तरिक पर्यटक छन्।




एक वर्षमा दुई लाख ६६ हजार भारतीय लुम्बिनी घुम्न आएका छन्। तेश्रो मुलुकबाट आउने पर्यटकको संख्या ७६ हजार छ। एक वर्षमा विभिन्न ८५ देशका पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। विगतमा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्यान्ड जस्ता मुलुकबाट धेरै पर्यटक आउँथे। अर्थात् बौद्ध धर्मावलम्बीहरूको आगमन धेरै थियो। कोभिडपछिका वर्षमा ती देशका पर्यटकको संख्या खासै बढेको छैन। पछिल्ला वर्षहरूमा युरोपियन, अफ्रिकन राष्ट्रहरूबाट समेत पर्यटक लुम्बिनी घुम्न आउने क्रम केही बढेको देखिन्छ।

कोभिड महामारीले शून्यमा झरेको लुम्बिनीको पर्यटक आगमन बिस्तारै बढ्ने संकेत देखिए पनि तेश्रो मुलुकका पर्यटक आगमनको अवस्था अझै उत्साहजनक हुन सकेको छैन। आएका पर्यटकहरू पनि लुम्बिनीमा धेरै समय अडिदैनन्। तिलौराकोट, रामग्राम जस्ता बुद्धस्थलसम्म पुग्नेको संख्या त निकै कम छ। पर्यटकको बसाइ छोटो हुँदा पर्यटन क्षेत्र उत्साही हुन सकेको छैन।

सन २०२३ मा ८५ वटा देशका पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। त्यसमा पनि श्रीलंका, म्यानमार, थाइल्यान्ड, जर्मनी, भियतनाम जस्ता मुलुकका नागरिकको आगमन दर बढी छ। बाह्य मुलुकबाट आएका पर्यटकमा सबैभन्दा धेरै श्रीलंकाबाट १६ हजार १७२, थाइल्यान्डबाट १५ हजार ७२१, भियतनामबाट १० हजार ४१४, म्यानमारबाट १० हजार ३७०, चीनबाट ६ हजार ११३, दक्षिण कोरियाबाट पाँच हजार ३०२ जर्मनीबाट दुई हजार २२० जना पर्यटक लुम्बिनी आएका छन्। 

त्यस्तै इन्डोनेसियाबाट एक हजार १३४, फ्रान्सबाट एक हजार २२०, नेदरल्यान्ड्सबाट नौ सय ४२, इटालीबाट आठ सय २६, अष्ट्रेलियाबाट ८६५, जपानबाट ५६५, क्यानडाबाट ३०६ पर्यटक लुम्बिनी आएका छन्। कोस्टारिका, साइप्रस, इजिप्ट, घाना, केन्या र लिबियाबाट १÷१ जना पर्यटक लुम्बिनी आएका छन्।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस