सोमबार अफगानिस्तानमा उडिरहेको विमानबाट खसेर तीन जनाको मृत्यु भएको छ। अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि मुलुक छोड्न त्यहाँका मानिसले ज्यान जोखिममा राखेर तछाडमछाड गरिरहेका छन्। यसैक्रममा सेनाको एक एयरक्र्याफ्ट उडान भर्नुभन्दा अगाडी केही मान्छेले त्यसको बाहिर झुन्डिएर यात्रा गरिरहेका थिए।
राजधानी काबुल नजिकैको आकाशमा उडिरहेको हवाईजहाजबाट खसिरहेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा एक पछि अर्को गर्दै तीन जना क्रमश जमिनमा खसेको देख्न सकिन्छ। स्थानीका अनुसार उड्ने तयारीमा रहेको हवाईजहाजको टायरको बीचमा केही मानिस उभिएका थिए। काबुल विमानस्थलबाट हवाई जहाजले उडान भर्न आकाशतिर अगाडी बढ्दै गर्दा मानिसहरु एक पछि अर्को गर्दै जमिनमा खसे।
यस्तै विमानस्थलमा बढेको भिड नियन्त्रणमा लिन अमेरिकी सेनाले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भएको छ। भिडियोमा विमानस्थतमा छरिएका शव प्रष्टै देखिएका थिए।
यसैबीच, काबुलका कतिपय स्थानमा लुटपाटका घटना बाहिर आएका छन्। सरकारी नंबर प्लेटका गाडी लुटिका छन् भने कतिपयले आफ्ना निजी सवारीसाधान पनि लुटेको बताएका छन्। तालिबानले भने केही अराजक तत्वले आफ्नो नाम गतल प्रयोग गरेको बताएको छ।