एक हप्तामा हजारौं अफगानीलाई सहयोग
०५ कार्तिक २०७८
•
२ मिनेट पाठ
एक हप्तामा हजारौं अफगानीलाई सहयोग
अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौँ अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ। उत्तरपूर्वमा हालै आफ्नो गाउँमा फर्किएका दुई हजार ६२५ आन्तरिक रुपमा विस्थापित अफगानहरूले बदाखशान प्रान्तमा घरायसी सामान प्राप्त गरेका अफगानिस्तानको मानवीय सहायतामामिला हेर्ने संस्था (ओसिएचए) ले जनाएको छ।  




उत्तरपूर्वमा थप छ हजार १३ जनाले मानवीय सहयोग दिइएको  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मौसमी सहायता कार्यक्रमअन्तर्गत बडाखर्क, कुन्दुज र तखार गाउँपालिकामा गरी जम्मा १६ हजार ५५६ जनाले खाद्यान्न सहयोग प्राप्त गरेका ओसिएचएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। उत्तरमा जावजन र सारी पुल प्रान्तमा डब्लुएफपी मौसमी जीविकोपार्जन सहयोग कार्यक्रम अन्तर्गत एक महिनाका लागि ४३ हजार असुरक्षित जनताले खाद्यान्न प्राप्त गरेका छन् भने विस्थापित तथा फिर्ता भएका व्यक्तिसहित तीन हजार ९७६ जनाले बाल्ख र फरियाब प्रान्तको राजधानीमा मानवीय सहायता प्राप्त गरेका छन्।    

स्रोतका अनुसार दक्षिणमा १९ हजार १७८ जनालाई घरायसी सामान, सरसफाइ किट र कान्दहार, हेलमण्ड, जबुल र उरुज्गानमा टेन्ट सहयोग गरिएको छ। साथै, हेलमन्ड, जाबुल र उरुज्गान प्रान्तमा एक हजार ९४२ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ।  

पूर्वमा झन्डै ५६,००० मानिसहरूले मानवीय सहयोग पाए भने उक्त अवधिमा पश्चिमी क्षेत्रमा अन्य दुई हजार जनालाई सहयोग गरियो। केन्द्रीय क्षेत्रमा अगस्टमा द्वन्द्वका कारण विस्थापित भएका ३०८  जनाले काबुल, खोस्ट र परवान प्रान्तमा मानवीय सहायता प्राप्त गरेका थिए।

काबुलमा उपस्थित ११ हजार ९३५ आन्तरिक विस्थापितले आफ्नो उद्गमस्थलमा फर्कन नगद तथा यातायात सहयोग प्राप्त गरेको विज्ञप्तिमा जनाइएको छ। अगस्तको मध्यतिर अफगानिस्तान तालिबानको कब्जामा आएपछि सुरक्षा स्थिति सामान्यतया देशभरि शान्त रहेको तालिवान सरकारका प्रवत्ताले दावी गरेका छन्।  

दशकौंको द्वन्द्व र विस्थापन, दीर्घकालीन गरिबी, कोभिड–१९ महामारी, गम्भीर खडेरी, असफल स्वास्थ्य प्रणाली र पतनको सँघारमै रहेको अर्थतन्त्रले लाखौं अफगानीहरूलाई गम्भीर असर पारेको ओसिएचएले जनाएको छ।
अर्को समाचार
झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर
१२ चैत्र २०८०
•
१ मिनेट पाठ
झन्डै ८० प्रतिशत अफगानी खानेपानीको पहुँचभन्दा बाहिर
अफगानिस्तानका करिब ८० प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा टाँढा रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।




संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले शुक्रवार सार्वजनिक गरेको उक्त प्रतिवेदनले अफगानिस्तानका करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको देखाएको छ।

प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ।

यस सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

भूपरिवेष्ठित अफगानिस्तान खडेरीको चपेटामा परेको छ। अफगानिस्तानको कामचलाउ सरकारले भूमिगत पानीको सुधार र भण्डारणका लागि देशभर साना बाँध, पानी आपूर्ति सञ्जाल र पानीका नहरहरू निर्माण गरिरहेको छ। रासस
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस