ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला?
२२ मंसिर २०७८
•
४ मिनेट पाठ
ओमिक्रोन भर्सेस डेल्टाः अब कुन भेरियन्टको वर्चश्व होला?
दक्षिण अफ्रिका हुँदै पछिल्ला दिनमा विश्वभर ओमिक्रोन भेरियन्ट फैलिएको बेला वैज्ञानिकले आगामी दिनमा कोरोना महामारीका लागि ओमिक्रोन र डेल्टाको प्रतिस्पर्धा रहने आँकलन गरेका छन्।




उनीहरूले यो लडाइँमा ओमिक्रोन भेरियन्ट विजयी हुनसक्ने आधार देखेका छन्। दक्षिण अफ्रिका र बेलायतमा उपलब्ध तथ्यांकका आधारमा उनीहरूले यस्तो सम्भावना देखेका हुन्।

‘हामी अहिले सुरुवाती दिनमा छाैँ तर तथ्यांकले सबै स्थानमा ओमिक्रोनले डेल्टालाई नउछिने पनि अधिकांंश स्थानमा वर्चश्व राख्नसक्ने देखिएको छ,’कोरोना भेरियन्टको निरन्तर अनुगमनमा जुटेका हार्भड मेडिकल स्कुलका डा.ज्याकोव लेमिक्स भन्छन्। तर अन्य वैज्ञानिकले डेल्टाको तुलनामा ओमिक्रोनको प्रसारण अत्यधिक हुने विषयमा निक्र्यौलमा पुग्न हतार गर्न नहुने तर्क गर्छन्।

‘विशेषगरी डेल्टा भेरियन्टको उपस्थिति अत्यधिक रहेको अमेरिकामा ओमिक्रोनले यसलाई प्रतिस्थापन गर्छ वा गर्देन भन्नेमा आगामी २ सातामा थप प्रष्ट हुनेछ,’ मिनिसोटाको रोचेस्टरमा रहेको मायो क्लिनिकका निर्देशक म्याथु विनिकर तर्क गर्छन्। तर ओमिक्रोनको विषयमा कतिपय महत्वपूर्ण प्रश्न अझ अनुत्तरित रहेका छन्।

यो भेरियन्टका कारण मध्यम तथा गम्भीर कुन हिसाबमा मानिस बिरामी पर्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। यसैगरी यो भेरियन्टले खोप लगाएर तथा एकपटक संक्रमित भएर प्राकृतिक रूपमा विकास भएको प्रतिरक्षात्मक क्षमतालाई कसरी असर गर्छ भन्ने विषय पनि अनुत्तरित छ।

दक्षिण अफ्रिकामा छोटो अवधिमा तीव्र हिसाबले फैलिएको र त्यहाँ झण्डै आधिपत्य देखाएका कारण वैज्ञानिकले यसको फैलन सक्ने क्षमता अधिक रहेको मान्छन्। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारी यो भेरियन्टको कारण महामारीको नयाँ लहर आउनसक्ने र बिरामीको चाप थेग्न अस्पताललाई हम्मे पर्न सक्ने बताएका छन्।

मध्य नोभेम्बरसम्म प्रतिदिन २०० जना संक्रमित देखिएकोमा पछिल्ला दिनमा प्रतिदिन १६ हजार संक्रमित थपिन थालेका छन्। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा देखिएका भाइरसका नयाँ केसमा ९० प्रतिशत हिस्सा ओमिक्रोनको रहेको छ। दक्षिण अफ्रिका ८ प्रान्तमा यो भेरियन्टले आफ्नो आधिपत्य जमाइसकेको छ।

‘यो भाइरस अत्यन्त तीव्र हिसाबले फैलिएको छ,’ अफ्रिका रिसर्च सेन्टरका निर्देशक विलेम हानेकोम भन्छन्। ‘महामारीका यसअघिको लहरको तुलनामा यो झन् धेरै खतरनाक हुन सक्ने देखिएको छ,’ कोभिड–१९ भेरियन्ट रिसर्च कन्सोटियममा सहअध्यक्ष समेत रहेका हानेकोम थप्छन्। उनी दक्षिण अफ्रिकामा डेल्टा भेरियन्टको संख्या न्यून भएको बेला ओमिक्रोन देखिएकाले ओमिक्रोनले डेल्टालाई उछिनेको भन्न नमिल्ने तर्क गर्छन्।

दक्षिण अफ्रिकामा देखिएका ओमिक्रोनको व्यवहार अन्य देशमा पनि हुने–नहुनेमा अझै प्रष्ट नभएको वैज्ञानिक तर्क छ। तर हार्भड मेडिकल स्कुलका डा. लेमिक्स नयाँ भेरियन्टले कस्तो प्रवृत्ति देखाउनेछ भन्ने विषयमा केही संकेत देखिइसकेको ठान्छन्। ‘अधिक जेनिटिक सिकेन्स गरेको बेलायतका अनुभवले के देखाउछ भने डेल्टाका तुलनामा ओमिक्रोनको प्रसारण अत्यधिक छ,’ उनी भन्छन्।

अमेरिकालगायत अन्य राष्ट्रमा केही अनिश्चितता देखिएको बताउँदै उनी थप्छन्,‘आगामी केही साता तथा महिनामा यो स्ट्रेनको वर्चश्व हुने देखिन्छ र संक्रमितको संख्यामा पनि बढोत्तरी आउनसक्छ।’

जनस्वास्थ्यका लागि यो भेरियन्टले के अर्थ राख्छ भन्नेमा अझै एकिन हुन सकेको छैन। अफ्रिका रिसर्च सेन्टरका हानेकोमका अनुसार यसअघि भेरियन्टको तुलनामा यो भेरियन्टले पुनः संक्रमण गर्न र प्रतिरोध क्षमतालाई छक्याउन सक्ने अधिक क्षमता राख्दछ। यसैगरी यो भेरियन्टले खोप नलगाएका युवालाई बढी संक्रमित गरेको र अस्पतालमा भर्ना भएकामध्ये मध्यम खाले लक्षण भएका अधिक देखिएको छ।

तर मायो क्लिनिकका निर्देशक विनिकर दक्षिण अफ्रिकामा भन्दा अन्य राष्ट्रमा भाइरसको व्यवहार फरक हुन सक्ने ठान्छन्। ‘प्रौढ जनसंख्या र अन्य रोगले ग्रसित युवामा संक्रमण बढेमा महामरीले कस्तो रूप लिन्छ भन्ने विषय महत्वपूर्ण छ। यसैगरी यस्ता बिरामीलाई यो भेरियन्टले कसरी प्रभाव पार्ला भन्ने पनि उत्तिकै महत्वपूर्ण छ,’ उनी भन्छन्।

आगामी दिनमा यी दुई भेरियन्टको प्रतिस्पर्धा झन् चर्कने पृष्ठभूमिमा वैज्ञानिकले आम जनसाधारणलाई सुरक्षित रहन सुझाव दिन्छन्। ‘खोपले दिने प्रतिरक्षामार्फत सबै सुरक्षित रहन आवश्यक छ र खोप नलगाएकाले यथासम्भव छिटो खोप लगाउनुपर्छ,’ हार्भड मेडिकल स्कुलका डा. लेमिक्स भन्छन्।

‘यदि सर्वसाधारणलाई बुस्टर डोज आवश्यक छ भने त्यो उपलब्ध गराउनुपर्छ। यसैगरी सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने तथा घरभित्र ठूलो जमघट नगर्नेतर्फ हाम्रो जोड हुनुपर्छ,’ उनी भन्छन्।
अर्को समाचार
ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु
१६ चैत्र २०८०
•
१ मिनेट पाठ
ब्यारियरमा बस ठोक्किएर दुर्घटना हुँदा ४५ जनाको मृत्यु
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।




दक्षिण अफ्रिकाको यात्रायात व्यवस्था विभागका अनुसार ४६ जना सवार उक्त बसका ४५ जनाको मृत्यु भएको र एकजना ८ वर्षीया बालिका घाइते भएकी छिन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

अधिकारीहरूका अनुसार बिहीवार सडकमा लगाइएको ब्यारियरमा बस अनियन्त्रित भएर ठोक्किएर दुर्घटना हुँदा १६४ फिट तल खसेको थियो।

३१ मार्चमा मनाइने इस्टर पर्व मनाउनका लागि बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको बताइएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस