चीन-भारत प्रतिस्पर्धामा को अगाडि?
१७ पौष २०७१
•
१० मिनेट पाठ
चीन-भारत प्रतिस्पर्धामा को अगाडि?
लन्डन- गरिरहेका एसियाका दुई शक्ति राष्ट्र चीन र भारत लामो समयदेखि आपसमा अप्रत्यक्ष होडबाजी गरिरहेका छन्। सन् १९९० पछि तीव्र गतिमा आर्थिक विकास गरेको चीन अहिले विश्वको शक्तिशाली अर्थतन्त्र बनेपछि उसको सामरिक महत्वाकांक्षा पनि बढेको भारतले अनुभव गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले उल्लेख गरेको छ। त्यसैले चाहे दक्षिण एसिया होस् वा मध्य एसिया अथवा पूर्वी एसियामा चीनको बढ्दो आर्थिक र कूटनीतिक प्रभावमाथि भारतले गहिरो नजर राखिरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा चीनका बेग्लै महत्वाकांक्षा छन्। साथै चीनले एसियामा उसले बहुकोणीय कूटनीति त्यही महत्वाकांक्षाको रणनीति रहेको पनि भारतको बुझाइ छ। एसियामा चीनको बहुकोणीय कूटनीतिमाथि भारतले निकै सुक्ष्मताका साथ अवलोकन गरिरहेको छ।

दक्षिण एसिया
दक्षिण एसियाली क्षेत्रमा प्रभावशाली रहँदै आएको भारतका लागि अहिले चीन चुनौती बन्न लागेको छ। भारतसामु तत्कालको चुनौती दक्षिण एसियाली राष्ट्रको संगठन सार्कको सदस्य बन्न चीनको भरमग्दूर प्रयास हो। चीन दक्षिण एसियामा पनि राजनीतिक प्रभाव बढाउन सार्कको सदस्यताका लागि प्रयासरत छ। यसअघि चीनले दक्षिण एसियामा खासै चासो राख्ने गरेको थिएन।

अहिलेसम्म सार्कमा सर्वाधिक प्रभावशाली भूमिका भारतले खेल्दै आएको थियो। चीन भने सन् २००६ देखि पर्यवेक्षकका रुपमा सार्कमा उपस्थिति जनाउँदै आएको छ। गत नोभेम्बरमा काठमाडौंमा भएको१८ औं शिखर सम्मेलनमा चीनलाई पनि सार्कको सदस्य बनाउनु पर्ने आवाज उठेपछि भने भारत असहज परिस्थितिमा परेको छ।

चीनको पुरानो मित्र पाकिस्तानसहित बंगलादेश, श्रीलंका र माल्दिभ्सले पनि चीनलाई सार्कको सदस्यता दिन समर्थन जनाए। ती राष्ट्रको चीनप्रतिको समर्थनले उनीहरू भारतको छिमेकी चीनसँग निकट सम्बन्ध राखी उसको समृद्धिबाट आर्थिक लाभ उठाउन उत्सुक रहेको देखाएको छ। तर भारत भने चीनलाई सार्कको सदस्यता दिए सार्कमा आफ्नो रणनीतिक फाइदाका निर्णयमाथि चीनले सवाल उठाउने र सार्कमा आफ्नो प्रभाव घट्नसक्ने सम्भावनाका कारण आशंकित छ।

तत्कालका लागि भारतको विरोधका कारण चीनलाई सार्क सदस्य बनाउने प्रस्ताव स्थगित भए पनि फेरि पनि यसबारे आवाज नउठ्ने सम्भावना थोरै मात्र छ। कूटनीतिक विश्लेषक सार्कको सदस्य भए सबै सम्मेलनमा चीन हात्तिसरह हुने भारतले स्वीकार्नुपर्ने र सार्कमा आफ्ना प्रासंगिकता कायम राख्न भारतले आफ्नो रणनीतिमाथि एकपल्ट गम्भीर सोचविचार गर्न आवश्यक भएको बताउँछन्।

ऊर्जा समूह
सार्कमा चीनको प्रवेशबारे भारत आशंकित भए पनि चीनको विदेश नीतिअन्तर्गत दक्षिण एसिया सानो हिस्सा मात्र हो। आफ्ना बढ्दा महत्वाकांक्षाका कारण चीन भारतप्रति भारत आफूप्रति आशंकित भएजस्तै चिन्तित नभएको बिबिसी उल्लेख गर्छ।

यसको प्रमाण चीनले भारतलाई संघाई कर्पोरेसन अर्गनाइजेसन एससिओको सदस्यता दिन मन्जुर हुनु हो। यो संगठन खासगरी ऊर्जा संसाधन विकासका क्षेत्रमा केन्द्रित छ। ऊर्जाका लागि समृद्ध मानिने राष्ट्रका समूहमा रुस र चीन महत्वपूर्ण राष्ट्र हुन्।

एससिओका सदस्यमा मध्य एसियाली राष्ट्र कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान पनि सामेल छन्। सन् २००५ देखि भारत एससिओमा पर्यवेक्षक राष्ट्रका रुपमा सहभागी हुँदै आएको छ। एससिओको सदस्यताका लागि भारतलाई रुसले समर्थन गरेको थियो। चीनले भारतलाई सदस्यता दिन सहमति जनाएपछि एक वर्षभित्रै भारत सदस्य बनिसक्ने अनुमान छ।

एससिओमा भारतको सदस्यताप्रति चीनको सहमतिले चीन भारतसँगको सम्बन्धलाई आफ्नो अन्तर्राष्ट्रिय राजनीतिको एउटा अंशका रुपमा मात्र हेर्ने तथ्य थाहा पाइन्छ।

आर्थिक सहयोगको रणनीति
यसबीच चीनले ब्रिक्स राष्ट्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) मिलेर ब्रिक्स ब्यांकको स्थापना गरेको छ। साथै उसले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्यांक एआइआइबीको स्थापनासँगै आफ्नो महत्वाकांक्षी अन्तर्राष्ट्रिय कूटनीतिक अभियानको सुरुवात गरेको मानिएको छ।

एआइआइबीले एसियाली राष्ट्रलाई सडक निर्माणलगायत आधारभूत संरचना निर्माण परियोजनाका लागि सस्तो ब्याजमा ऋण दिनेछ। चीनले भारत, पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकासहित २१ एसियाली राष्ट्रको सहयोगमा एआइआइबी स्थापना गरेको हो। यो ब्यांकलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्व ब्यांक र एसियाली विकास ब्यांकको प्रतिस्पर्धीका रुपमा लिएका छन्। विश्व ब्यांक र एसियाली विकास ब्यांकमा अमेरिका र उसका सहयोगी राष्ट्रको वर्चस्व छ। उनीहरूले आफ्नो प्रभाव बढाउन आर्थिक कूटनीतिका रुपमा दुवै ब्यांकलाई उपयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ।

अमेरिकी चासो
अमेरिकाले अप्रत्यक्ष रुपमा आफ्ना सहयोगी राष्ट्रसँग एआइआइबीमा संलग्न नहुन मनाउने प्रयास गरेको सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो समय भारतसँग बढ्दो हिमचिमका कारण अमेरिकाले उसलाई पनि ब्यांकसँग संलग्न नहुन मनाउने प्रयास गरेका अनुमान गरिएको छ। तर भारतले यसबारे निर्णय गर्नुअघि आफ्ना लागि उचित विकल्पको उपयुक्त विश्लेषण गरेको अनुमान छ।

एकातिर एआइआइबीलाई भारतले आफ्ना विकास परियोजना निर्माणका लागि रकम जुटाउने स्रोतका रुपमा लिएको छ भने अर्कातिर ऊ चीनको रेसम मार्ग परियोजनाबारे सशंकित छ। एआइआइबीले नै रेसम मार्ग परियोजनाका लागि पनि लगानी गर्ने भएकाले भारत सशंकित बनेको हो।

विश्व राजनीति
सार्कमा चीनको महत्वाकांक्षा, एससिओमा प्रभावशाली भूमिका, ब्रिक्स ब्यांक स्थापना र एआइआइबीमा नेतृत्व सबै विश्व राजनीतिमा चीनको बढ्दो आकांक्षाका बेग्लाबेग्लै अंशमात्र भएको बिबिसीले उल्लेख गरेको छ।

बिबिसीका अनुसार चीन युरेसियाली (युरोप र एसिया) भूभागमा सर्वाधिक प्रभावशाली राष्ट्रका रुपमा आफूलाई उभ्याउन खोजिरहेको छ। चीनको आकांक्षा आफूलाई विश्व राजनीतिको केन्द्र बनाउने रहेको छ भन्दै बिबिसीले दक्षिण एसिया, मध्य एसिया र पूर्वी एसियामा चीनका बढ्दा गतिविधि त्यही उद्देश्यप्रेरित रहेको पनि बिबिसीले उल्लेख गरेको छ।

रेसम मार्ग
बिबिसीका अनुसार रेसम मार्ग र सामुद्रिक रेसम मार्गजस्ता परियोजनाले चीनको अभिष्ट पुष्टि गर्छ। स्थल र समुद्र हुँदै जाने रेसम मार्ग व्यापारिक मार्ग हुन् जसले एसिया र युरोप जोड्छन्। रेसम मार्ग परियोजना पूरा भए युरेसियाली क्षेत्रमा चीनको प्रभाव बढ्ने आकलन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।

सञ्चारमाध्यमले जनाएअनुसार एसियाको अर्को उदाउँदो शक्ति राष्ट्र भारतले यी सबै गतिविधि नजिकबाट सतर्कतापूर्वक नियालीरहेको छ।
अर्को समाचार
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
६ घण्टा अघि
•
१ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
सीमांकन (परिसीमन) विधेयकलाई लिएर भारतका विपक्षी दलहरूबिच मतभेद चुलिएको छ।

विधेयकको विरोधमा समर्थन जुटाउन कांग्रेसका शीर्ष नेताहरू चेन्नई पुगे पनि द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख एमके स्टालिन आफ्नो अडानबाट पछि हटेनन्।

आइतबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको नेतृत्वमा विपक्षी दलका नेताहरूले चेन्नईस्थित स्टालिनको निवासमा उनीसँग भेटवार्ता गरेका थिए। बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलका विपक्षी दलका नेता भीडी सतीसन र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी सहभागी थिए।

करिब एक घण्टाभन्दा बढी चलेको बैठकमा कांग्रेस नेताहरूले डीएमकेलाई केन्द्र सरकारको प्रस्तावित सीमांकन विधेयकको विपक्षमा उभिन आग्रह गरेका थिए। तर, बैठकपछि स्टालिनले आफ्नो पार्टीले विधेयकलाई समर्थन गर्ने निर्णय परिवर्तन नगर्ने स्पष्ट पारे।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता गान्धीले सीमांकन विधेयक तमिल संस्कृति, भाषा र जनताका साथै भारतीय संघ र भारतकै लागि खतरा भएको बताए।

उनले भने, ‘डीएमकेले के भन्यो वा के गर्‍यो भन्ने मलाई थाहा छैन। हामीले स्टालिनसँग के छलफल गर्‍यौँ र के भन्यौँ भन्ने कुरा म तपाईंलाई बताउँदैछु। हामीले उनलाई यो तमिल संस्कृति, तमिल भाषा, तमिल जनता, भारतीय संघ र भारतका लागि खतरा हो भनेका छौँ। त्यसैले सबै देशभक्तले जस्तै उनी पनि यो खतराविरुद्ध उभिनुपर्छ भनेका छौँ।’

तर, स्टालिनले कांग्रेस नेताहरूको आग्रहपछि पनि आफ्नो अडान परिवर्तन गरेनन्। उनले विधेयक संसदबाट असफल भए तमिलनाडुले अहिले प्राप्त गरेको सुरक्षा पनि गुमाउन सक्ने बताए।

स्टालिनका अनुसार कांग्रेस र उसका सहयोगी दलहरूले विधेयकको विकल्पमा कुनै ठोस प्रस्ताव अघि सारेका छैनन्। यस्तो अवस्थामा तमिलनाडुको राजनीतिक प्रतिनिधित्व जोगाउन विधेयकलाई समर्थन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

उनले भने, ‘यदि सन् १९७१ को जनगणनाका आधारमा सीमांकन गरियो भने त्यसको तमिलनाडु र सम्पूर्ण दक्षिणी राज्यहरूमा विनाशकारी प्रभाव पर्नेछ। विशेषगरी दक्षिणी राज्यका राजनीतिक दलहरूका लागि यो अस्तित्वकै लडाइँ हो। यस्तो अवस्थामा यो विधेयकलाई समर्थन गर्नुबाहेक अर्को विकल्प छैन।’

उनले संसदमा आफ्नो पार्टीको शक्तिको प्रयोग गरेर आगामी २५ वर्षसम्म तमिलनाडुको राजनीतिक भविष्य सुरक्षित गरेको पनि बताए। यस विषयमा भावनात्मक वा विचारहीन निर्णय गर्न नहुने भन्दै उनले तमिलनाडुको हित आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

डीएमकेले यसअघि नै संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीले तमिलनाडुको लोकसभा सिटमा रहेको ७.१८ प्रतिशत हिस्सा घट्न नहुने र राज्यहरूबिचको संसदीय प्रतिनिधित्वको अनुपात सन् १९७१ को जनगणनाका आधारमा कायम राख्नुपर्ने माग गरेको थियो।

नोभेम्बर २८ मा बसेको डीएमके सांसदहरूको बैठकले संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीका अनुसार केन्द्र सरकारले आफ्ना प्रमुख मागहरू नयाँ प्रस्तावमा समेटेकाले समर्थन गर्ने निर्णय गरिएको हो।

केन्द्र सरकारले प्रस्तावित विधेयकमार्फत लोकसभा र राज्यका विधानसभामा सिट संख्या बढाउने तयारी गरेको छ। संशोधित प्रस्तावअनुसार सबै राज्य र केन्द्रशासित प्रदेशमा लोकसभा सिट संख्या ५० प्रतिशतले बढाउने योजना छ। विधेयकमा लोकसभाको अधिकतम संख्या ८५० पुर्‍याउने व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थालाई महिला आरक्षण कार्यान्वयनसँग पनि जोडिएको छ।

तर, कांग्रेस नेता राहुलले सिट संख्या बढाउने र निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने प्रक्रियाबाट भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुग्न सक्ने भन्दै विरोध गर्दै आएका छन्। उनले लोकसभाको नक्सा आफ्नो अनुकूल परिवर्तन गर्ने अवसर भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई दिन नहुने तर्क गरेका छन्।

सीमांकन विधेयकमा डीएमकेले समर्थन जनाएपछि विपक्षी गठबन्धनभित्रै मतभेद देखिएको हो। कांग्रेस र डीएमकेबिचको सम्बन्ध यसअघि नै चिसिएको थियो। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावपछि कांग्रेसले डीएमकेसँगको गठबन्धन तोडेर अभिनेता जोसेफ विजयको पार्टी तमिलगा भेट्री कझगम (टीभीके) लाई समर्थन गरेको थियो। त्यसपछि कांग्रेस विजय नेतृत्वको सरकारमा सहभागी भएको थियो। यही घटनाले कांग्रेस र डीएमकेबिचको सम्बन्ध थप बिगारेको थियो। अहिले सीमांकन विधेयकमा पनि दुवै दल फरक कित्तामा उभिएका छन्।

सोमबारदेखि संसद्को विशेष अधिवेशन सुरु हुँदैछ। त्यसअघि कांग्रेसले स्टालिनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। डीएमकेसँग लोकसभामा २२ र राज्यसभामा आठ सांसद छन्।

लोकसभाका ५४० कायम सदस्य सबै उपस्थित भएर मतदान गरेमा विधेयक पारित गर्न दुई तिहाइ अर्थात् कम्तीमा ३६० मत आवश्यक पर्छ। त्यसैले डीएमकेका २२ सांसदको समर्थन विधेयक पारित गराउन महत्त्वपूर्ण हुन सक्छ। संविधान संशोधन विधेयक पारित गर्न उपस्थित भएर मतदान गर्ने सदस्यको दुई तिहाइ समर्थनसँगै सदनको कुल सदस्य संख्याको बहुमत पनि आवश्यक हुन्छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस