इलाम-दार्जिलिङका ‘गोर्खे' नेता सुवास घिसिङको मिरिकस्थित जन्मथलो मन्जु चिया कमानमा शनिबार अन्त्येष्टि गरिएको छ। नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा बिहीबार ८० वर्षको उमेरमा निधन भएका घिसिङको जातीय परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।घिसिङको शव शुक्रबार नयाँ दिल्लीबाट दार्जिलिङ ल्याइएको थियो। शव दिउँसो साढे १२ बजे बागडुग्रा विमानस्थल ल्याउँदा सयौं शुभचिन्तक श्रद्धाञ्जली दिन भेला भएका थिए। बागडुग्रादेखि ठाउँ–ठाउँमा राख्दै शव दार्जिलिङको जाकिर हुसैन रोडस्थित घिसिङको पुरानो निवास पुर्याोइएको थियो।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सुप्रिमो घिसिङको निधनपछि विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले शोक प्रकट गर्दै गोर्खाल्यान्ड टेरिटोरिअल एडमिनिस्ट्रेसन (दार्जिलिङ) क्षेत्रमा शनिबार एक दिन बजार, पसल, यातायात, शैक्षिक प्रतिष्ठान, चिया कमान बन्द गराएको थियो।
थाइराइड समस्याबाट ग्रसित घिसिङको निधनपछि मोर्चाका विभिन्न शाखा, दार्जिलिङ क्षेत्रका क्षेत्रीय पार्टी, संघ संस्थाले शोक प्रकट गरेका छ। घिसिङ पत्नी धनमायाको सात वर्षअघि नै निधन भइसकेको थियो। सिलिगुडीमा निधन भएकी धनमायाको मन्जु चिया कमानमै अन्त्येष्टि गर्ने योजना भने विपक्षीले गर्दा पूरा भएको थिएन।
सेनाको जागिर छोडेर सन् १९८० देखि मोर्चा गठन गरी ‘गोर्खाल्यान्ड' आन्दोलन चर्काएका घिसिङ दार्जिलिङ क्षेत्रका चर्चित नेता हुन्। छुट्टै राज्यको माग पूरा गराउन उनले चलाएको आन्दोलनक्रममा एक हजार दुई सय मानिसको ज्यान गएको थियो। पश्चिम बंगालबाट दार्जिलिङलाई अलग्याउन नसके पनि उनी चर्चामै थिए। सम्झौता गरेर आन्दोलन बीचमै रोकेका घिसिङ दार्जिलिङ गोर्खा पार्वत्य परिषद नामको स्वायत्त निकायमा २० वर्षसम्म प्रमुख थिए।
सन् २००७ अक्टोबरमा गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी स्थापना गरेपछि घिसिङले परिषदबाट राजीनामा दिए र सिलिगुडी विस्थापित हुन बाध्य भए। गुरुङ शक्तिमा आउनुअघिबाटै ‘गोर्खाल्यान्ड' राज्यको मागप्रति तटस्थ रहँदै आएका घिसिङले पछिल्लो लोकसभा चुनावमा बंगालको सत्तारूढ तृणमूल कंग्रेसलाई सघाएका थिए।
गत अक्टोबरमा थाइराइड समस्याले ग्रसित भई नर्सिङ होम भर्ना भएका उनी त्यसयता खासै स्वस्थ थिएनन्। जीवनको आखिरी दिनसम्म व्यक्ति विशेषको सहयोग नलिएका उनलाई निडर, स्वाभिमानी र नेतृत्व गर्न सक्ने नेताका रूपमा सम्भि्कने धेरै छन्। दार्जिलिङमा क्षेत्रीय पार्टी धेरै भए पनि सबैले उनकै बाटो र विचार मात्र पछ्याइरहेको मानिन्छ। निधनपछि घिसिङको राजनीतिक जीवन सम्भि्कँदै बंगालकी मुख्यमन्त्री ममता बनर्जीले समेत शोक प्रकट गरेका छन्।