नयाँ दिल्ली–भारतका वरिष्ठ पत्रकार एवं आउटकुलकका संस्थापक संपादक विनोद मेहेताको आइतबार नयाँ दिल्लीमा निधन भएको छ। ७३ वर्षीय मेहेता नयाँ दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थान (एम्स)मा उपचाररत थिए।
समाचार संस्था पीटीआइका अनुसार मेहेताका कतिपय अंगले काम गर्न छोडेका थिए। आउटलुक ग्रपले टि्वट र र फेसबुकमार्फत मेहेताको निधनको पुष्टि गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मेहेताको निधनमा शोक व्यक्त गर्दै टि्वटरमा भनेका छन,'' खुला र स्पष्ट रुपमा आफ्नो विचार राख्ने मेहेतालाई पत्रकार र लेखकको रुपमा सम्भि्कइने छ।'
सन् १९४२ मा रावलपिण्डीमा जन्मिएका मेहेताको बाल्यकाल लखनउमा बितेको थियो। उनले भिन्न भिन्न काममा सफलता पाएका छन्। उनले डेबोनेयर पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए। पछि उनले पायनियर, सण्डे अब्जर्वर र आउटलुकको सम्पादक भइ काम गरेका थिए। पत्रकारिता क्षेत्रमा उत्कृष्ट कामको लागि उनलाई प्रतिष्ठित जीके रेड्डी मेमोरियल पुरस्कार तथा यश भारती पुसस्कारले सम्मानित गरिएको थियो।