जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार
१६ फागुन २०७८
•
१ मिनेट पाठ
जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार
रुसी सेनाकाे वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ। किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन्।




‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं। हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं। युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने।

यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए। जर्मनीले युक्रेनलाई मद्दत गर्न १ हजार एन्टि–ट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ।

त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ। सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्वीडेनले पहिलो पटक युद्ध क्षेत्रमा हतियार पठाएको हाे।

राष्ट्रसंघअन्तर्गतको शरणार्थी सम्बन्धी निकायले रुसी हमलामा दशौं हजार विस्थापित भएको जनाएको छ। अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन्। त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन्। यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन्।
अर्को समाचार
उनी तेस्रो प्रयासमा रुसी सेनाबाट भाग्न सफल भए
०८ चैत्र २०८०
•
२ मिनेट पाठ
उनी तेस्रो प्रयासमा रुसी सेनाबाट भाग्न सफल भए
साढे चार महिना रुसी सेनामा गएर युक्रेन विरुद्ध लडेका ३५ वर्षीय गणेश तेस्रो प्रयासमा मात्र त्यहाँबाट भाग्न सफल भएका छन्। उनी घर फर्कने सफल भाग्यमानीमा परेका छन्। गणेशले साढे ४ महिना डोनेत्सकमा युक्रेनविरुद्ध लडाइँ लडेका थिए।




रुसी सेनामा नेपालीलाई  कुकुरलाई जस्तो अमानवीय व्यवहार गरिने उनको भनाइ छ। ‘त्यो अत्यन्त डरलाग्दो स्थिति थियो। मानिस–मानिस र गोलीबाट मात्र गरिने युद्ध थिएन, ड्रोनबाट आक्रमण हुन्थ्यो। डरलाग्दो थियो’, उनले भने। उनी युद्धको अग्रमोर्चामा बसेर लडेका थिए। गणेश आफ्नै अगाडी तीन जना नेपाली मारिएको हेर्न विवश भए।

उनका अनुसार रुसी सेनामा भर्ना भएर युद्ध मैदानमा उत्रिएकाहरू त्यहाँबाट उम्कने सम्भावना अत्यन्त कम छ। अरू ६ नेपालीसँगै पहिलो पटक भाग्न खोज्दा गणेश समातिएका थिए र रुसी सैनिकले उनलाई निर्घात पिटेका थिए।

गणेश दोस्रो पटक एक एजेन्टमार्फत भाग्ने प्रयास गरेका थिए। त्यसका लागि एक नेपाली एजेन्टले १७ सय अमेरिकी डलर पठाउन भनेको थियो। ‘मैले त्यो पैसा पठाएँ,’ उनी सम्झन्छन्।

अन्य कैयन नेपालीलेसमेत भाग्न यस्तो प्रयास गरेको उनी बताउँछन्। ‘मैले एजेन्टले झुक्याएका १० देखि १५ नेपालीलाई देखेको छु’, उनी भन्छन्। तेस्रो पटकको प्रयासमा पैदल हिँडेर भागेका गणेश बाटोमा पर्ने पुराना घरहरूमा सुत्दै अगाडि बढेका थिए। डोनेत्सकमा तैनाथ रुसी प्रहरीका सामु आत्मसमर्पण गर्नुअघि एक सातासम्म उनले जंगलमै बिताएका थिए।

‘सीमा पार गर्न नसक्ने मैले ठानें। जंगलमा बस्दा पनि बाँच्न नसकिने ठानें। अनि मैले प्रहरीका सामु आत्मसमर्पण गरें। मलाई डेढ महिनासम्म थुनामा राखियो। र, अन्तत नेपाल फर्काइयो,’ उनले सम्झिए।

युक्रेनसँग लड्न रुसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ। गरिबीका कारण रुसी सेनामा भर्ना भएकामध्ये अधिकजसो नेपाली अहिले घर फर्कन व्याकुल छन्।

नेपाल फर्केपछि मन्दिरमा प्रार्थना गर्न लागेका बेला मन्दिर परिसरमै हामीले उनीसँग कुराकानी गरेका थियौं। घर फर्कंदा उनलाई राहत त मिलेको छ तर त्यो पीडाबाट उनी अझै पनि प्रभावित छन्। तेस्रो प्रयासमा गणेश रुसी सेनाको कब्जाबाट भाग्न सफल भएका थिए।

उनका अनुसार यसरी भर्ना भएका सैनिकलाई मस्कोभन्दा बाहिर रहेको एभानगार्ड सैनिक तालिम केन्द्रमा दुई साता तालिम दिइन्छ। गणेशले भारतीय सेनामा १० वर्ष काम गरेका थिए। रुसी सेनामा भर्ना भएका उनका अरू साथी भने अनुभवबिनाका थिए। कतिपयले यसअघि कहिल्यै बन्दुक पनि बोकेका थिएनन्। –स्काई न्युज
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस