इलाम–नेपालीभाषी नेता मदन तामाङको हत्याकाण्डमा अदालतले गम्भीर फैसला गरेपछि दार्जिलिङमा राजनीतिक हलचल मच्चिएको छ। पाँच वर्षअघि तामाङको हत्या गरिएको घटनामा गोर्खा जनमुक्ति मोर्चाका नौ शीर्ष नेतासहित २३ जना संलग्न देखाउ"दै अदालतले उनीहरुलाई पक्राउ गर्न निर्देशन दिएपछि दार्जिलिङमा हलचल मच्चिएको हो।त्यहाँ हुनसक्ने राजनीतिक उथलपुथलको प्रभाव सीमावर्ती नेपाली जिल्लामा पर्नेछ।कोलकातास्थित नगर सत्र न्यायालयद्वारा शनिबार गरिएको फैसलामा मोर्चा अध्यक्ष तथा 'गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन' (जिटिए) प्रमुख विमल गुरुङसहित २३ जनालाई पक्राउ गर्न आदेश दिइएको हो। न्यायाधीश गोपालचन्द्र कर्मकारको इजलाशले २० दिनभित्र उनीहरुलाई पक्रन शक्तिशाली मानिने केन्द्रीय जाँच व्युरो (सिआइवी) लाई निर्देशन दिएपछि दार्जिलिङको स्थिति भय र अन्योलग्रस्त बनेको छ।
हत्याकाण्ड जाँचबुझको जिम्मा लिएको चार वर्षपछि सिविआईले २९ मेमा बुझाएको 'फाइनल सप्लिमेण्ट्री चार्जसिट'का आधारमा अदालतले यस्तो फैसला सुनाएको सञ्चारमाध्यममा उल्लेख छ। कोलकाता उच्च न्यायालयको निर्देशनमा तामाङ हत्याकाण्डको जाँचबुझ गर्ने जिम्मा सिआईवीलाई दिइएको थियो। आउँदो २३ जुनमा हुने मुद्दाको अर्को सुनुवाईमा अभियुक्त २३ जनालाई नै हाजिर गराउन निर्देशन दिइएको छ।
अदालतले पक्राउ गर्न निर्देशन दिएका नेतामा मोर्चा अध्यक्ष गुरुङ, नारी मोर्चा प्रमुखसमेत रहेकी गुरुङ पत्नी आशा, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, विधायक हर्कबहादुर क्षेत्री, जिटिए उपप्रमुख रमेश आले, जिटिए चेयरम्यान प्रदीप प्रधान तथा दिनेश थिङ र देवेन्द्र शर्मा छन्। मोर्चाका वकिलले शीर्ष नेतामाथिको पक्राउ आदेश रोक्न सक्दो कोशिस गरे पनि असफल भएको र दार्जिलिङको स्थिति खल्बलिने जनाइएको छ।
'फैसलापछि मोर्चा नेतृत्व गोप्य बैठकमा व्यस्त छ, नेता र कार्यकर्ता 'अब के हुन्छ?' भन्ने खुल्दुलीसहित भेटघाटमा भ्याइनभ्याई छन्' टाइम्स अफ दार्जिलिङको अनलाइन संस्करणले आइतबार लेखेको छ, 'मोर्चाका तर्फबाट सोमबार कोलकाता उच्च न्यायालयलाई गुहार माग्ने तयारी भइरहेको छ।' अदालत जानुअघि मोर्चाका शीर्ष नेता तथा भातृ संगठन पदाधिकारी सम्भावित खतरा सामना गर्न बैठकमा केन्द्रित छन्।तामाङको हत्याकाण्डको मुद्दामा 'गोर्खाल्याण्ड' पक्षधर शीर्ष नेता पक्राउ परे दार्जिलिङ पहाडमा राजनीतिक आगो सल्किने उल्लेख गर्दै मोर्चाका एक जिम्मेवार कार्यकर्ताले शनिबारदेखि सबैतिर चकमन्न छाएको बताए। 'अदालतको आदेश गम्भीर छ, त्यसैले दार्जिलिङको राजनीतिमा हलचल मच्चिएको छ,' उनले भने, 'पसलहरु बन्द छन्, सडकमा सवारी साधन कम्ती छन्, बन्द हड्ताल भने गरिएको छैन।'
इलामसँग जोडिएको मेघ्मा भन्ने लेकाली गाउँमा जन्मिएका तामाङको २१ मे २०१० का दिन दार्जिलिङकै क्लव साइडमा हत्या भएको थियो। अखिल भारतीय गोर्खा लीग (अभागोली) पार्टीका प्रमुख रहेका तामाङ दार्जिलिङका समकालीन राजनीतिज्ञमध्ये 'बौद्धिक, तार्किक र दूरदर्शी' मानिन्थे। उनको हत्यापछि उनकै पत्नी भारती तामाङ अभागोली प्रमुख छन्, जुन पार्टी शान्तिपूर्ण राजनीतिमार्फत 'गोर्खाल्याण्ड' चाहान्छ।'एउटा सक्रिय राजनीतिज्ञलाई बीच बजारमा हत्या गरिएको घटना जति मर्मस्पर्शी र संवेदनशील थियो, त्यसमा संलग्नलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ,' फैसलापछि भारतीले भनेकी छन्, 'पक्राउ आदेश दिइएका कसैलाई उन्मुक्ति दिइनु हुँदैन।' शीर्ष नेतामाथि पक्राउ आदेशले मोर्चालाई संकट परेका बेला अभागोलीसहित विपक्षी पार्टीले 'डेमाक्रेटिक फ्रण्ट' गठन गरेर दार्जिलिङको राजनीति आफ्नो पक्षमा ल्याउन खोज्दैछन्।