काठमाडौं- थाइल्यान्डको राजधानी बैंककमा भएको विस्फोटमा १६ जना मारिएका छन्। बैंककस्थित हिन्दु देव ब्रह्मा मन्दिरनजिक भएको घटनामा ८० जना घाइते भएका छन्। बिबिसीले १६ जनाको मृत्यु भएको पुष्टि भएको उल्लेख गरेको छ भने केही एजेन्सीले २७ जनाको मृत्यु भएको समाचार दिएका छन्। विस्फोटबाट चार दर्जन सवारी साधनमा क्षति पुगेको जनाइएको छ।एरावन स्राइन भनिने मन्दिर पर्यटन केन्द्रका रूपमा चर्चित छ। थाई सरकारले विस्फोट पर्यटक लक्षित भएको बताएको छ। मारिनेमा पर्यटकमध्येकै हुन सक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन्। थाई रक्षामन्त्री प्रवित वाङसुवाङले शक्तिशाली विस्फोटको तारो पर्यटक भएका र आक्रमणकारीको ध्येय थाइल्यान्डको पर्यटन र अर्थतन्त्र ध्वस्त पार्नु भएको टिप्पणी गरे।
विस्फोट स्थानीय समय अनुसार साँझ ७ बजे भएको थियो। केहीले बम मोटरसाइकलमा राखेर विस्फोट गराइएको बताएका छन् भने केहीले बिजुलीको खम्बामा राखिएको अनुमान गरेका छन्।
घटनास्थलनिर हिन्दु मन्दिर भए पनि त्यहाँ हजारौं बौद्धमार्गी सधैं पुग्छन्। मन्दिरसँगै पाँचतारे होटल र तीन वटा ठूला सपिङ सेन्टर छन्। प्रहरी अधिकारीले विस्फोट गराइएको वस्तु बम नै भए पनि त्यसको प्रकारबारे अनुसन्धान भइरहेको जनाए। बैंककमा विस्फोट हुनुलाई नौलो घटनाका रूपमा लिइएको छ।
घटनास्थलमा फेला परेको एउटा बम निष्त्रि्कय पारिएको छ। विस्फोटको कसैले जिम्मा लिएको छैन।