काठमाडाै— तीन महिनाअघि बेलायतको विपक्षी दल लेबर पार्टीमा अध्यक्षको प्रतिस्पर्धा शुरु हुँदा जेरेमी कोब्रिन नेतृत्वमा पुग्ने सम्भावना २०० मा १ मात्रै थियो। आम निर्वाचनमा नराम्रोसँग पराजित भएपछि एड (एडबार्ड) मिलिब्यान्डले अध्यक्ष पद त्यागे। त्यसपछि नयाँ नेता छान्न प्रतिस्पर्धा शुरु हुँदा कोब्रिनको सम्भावना कम आँकिनुका पछि प्रशस्त कारण थिए। लेबर पार्टीबाट ३२ वर्षसम्म लगातार सांसद भए पनि उनी कहिलै मन्त्री भएनन्। न त उनलाई कुनै पनि अध्यक्षले छायाँ मन्त्री नै बनाए। संसदभित्र सधैँ एउटा विद्रोही 'ब्याक बेन्चर' सासदको रुपमा उनको भूमिका रह्यो।
यस अवधिमा कोब्रिनले ५ भन्दा बढी पटक पार्टी लाइन क्रस गर्दै विपक्षमा मतदान गरे। क्रान्तिकारी स्वभाव भएका उनको नीति पार्टीको संस्थापनसँग कहिले काँही मात्र मेल खान्थ्यो।
कोब्रिनले पार्टी अध्यक्षको प्रतिस्पर्धाका लागि आवश्यक पर्ने सांसदहरुको समर्थन पनि अन्तिम समयमा पुर्याआएका थिए। ३६ जना सांसदको हस्ताक्षर पुर्यायएर नेतृत्वका लागि दावी गरेका थिए। नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने ३५ सांसदको समर्थन आवश्यक थियो। कोब्रिनको पक्षमा हस्ताक्षर गर्ने आधाले उनलाई मत नदिने बताए। त्यसो त कोब्रिनको प्रतिस्पर्धाको उद्देश्य पनि पार्टीभित्र नीतिमा व्यापक बहस होस भन्ने थियो। तर शनिबार आएको परिणामले धेरैलाइ छक्क पार्योय। त्यो निकै फरक थियो। करिव ६० प्रतिशत मतका साथ कोब्रिन बेलायतको विपक्षी दल लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए।

लेबर पार्टीका नवनिर्वाचित अध्यक्ष जेरेमी कोब्रिन।
उनको विजयलाई बेलायती समाचार पत्र गार्डियनले 'दोस्रो विश्वयुद्धपछि बेलायती राजनीतिमा भएको सबैभन्दा ठूलो उलटफेर' भनेर विश्लेषण गरेको छ। बिबिसीले भनेको छ: 'अपसोच किनभने उनीसँग प्रतिस्पर्धा गर्ने अन्य नेताहरु पार्टीको महत्व पदमा रहेका नेताहरु थिए।'
यसअघि सन् १९९४ मा लेबर पार्टीभित्र ठूलो वैचारिक परिवर्तन भएको थियो। त्यस समयमा टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टी बामपन्थीबाट मध्यपन्थी धारमा पुगेको थियो। त्यसपछि भएको आमनिर्वाचनमा बहुमतका साथ लेबर पार्टी सत्तामा पुग्यो। ब्लेयर र गोर्डन ब्राउनले १० डाउनिङ स्ट्रिटमा १३ वर्षसम्म शासन गरे। ब्लेयरले लिएको व्यवयासीमैत्री नीतिले प्रतिस्पर्धी दल कन्जरभेटिभ समकक्षमा पुर्यारएको कोब्रिनको आरोप थियो। ब्लेयरपछि प्रधानमन्त्री बनेका गोर्डन ब्राउनले पनि त्यही नीतिलाई निरन्तरता दिए। पछिल्ला दुई निर्वाचनमा पराजयपछि लेबर पार्टीमा फेरि नीति परिवर्तन देखिएको हो।

बेलायतको राजतन्त्र समाप्त पार्नु पर्ने धारणा राख्ने कोब्रिनले सरकारी खर्च कटौती गर्ने कार्यक्रम समाप्त पार्न घोषणा गरेका छन्। उनका यी मुद्दा युवामाझ निकै लोकप्रिय भए। धनीलाई बढी कर लगाउने, बेलायतलाई आणविक हतियार मुक्त देश बनाउने, अमेरिकाको नेतृत्वमा रहेको पश्चिनमा देशरुको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि संगठन(नेटो)को भूमिका परिवर्तन गराउने, बेलायतको बाह्य सैनिक कारवाही रोक्ने उनको मुख्य मार्गदर्शन रहेका छन्।
इराक युद्ध हुँदा कोब्रिनले सैनिक हस्तक्षेपले समस्यालाई झनै बिगार्ने तर्क दिएका थिए। सिरियामाथि हवाइ कारवाही गर्ने विषयलाई लिएर विपक्षी दलको नेताको रुपमा कोब्रिनले प्रधानमन्त्री डेभिड क्यामरुनलाई अफ्ठ्यारोमा पार्ने अनुमान गरिन थालिएको छ।
अध्यक्षमा निर्वाचित भएपछि कोब्रिनले बेलायतलाई बढी सहनशील र बढी समतामुलक समाजको बनाउने घोषणा गरेका छन्। शनिबार अध्यक्षमा जित्ने वित्तिकै कोब्रिनलाई शरणार्थी सम्बन्धी युरोपेली देशहरुले नीतिको विरोधमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थिए।
कोब्रिनको जीतले लेबर पार्टीले अपनाउँदै आएको नीतिमा ठूलो परिवर्तनको हुनेछ। कोब्रिनले आन्तिरक प्रतिस्पर्धामा ब्लेयरको भन्दा बढी जनमत प्राप्त गरेका छन्। उनको युवा मैत्री नीतिलाई धेरैलाई मन पराए।
गालामा झाप्प सेतो दाह्री भएका खापटे जीउ डालका ६६ वर्षे कोब्रिनको युवाहरुसँग सम्पर्कका लागि बारहरु चाहार्थे। रक्सी नपिउने शाकाहारी उनलाई अध्यक्ष बनाउन पनि युवाहरुको भूमिका महत्वपूर्ण छ। सरकारी खर्च कटौती गर्ने नीतिको कारण युवा बेरोजगारीको प्रतिशत निकै बढेको छ। प्रधानमन्त्री डेभिड क्यामरुनको सरकारले खर्च कटौतीको कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसो त ब्लेयरको उदयपछि पार्टीले लिएको नीतिप्रति असन्तुष्ट रहँदै बाहिरिएकाहरु पनि कोब्रिनको अभियानमा सक्रिय भएका थिए।
युवाहरुको साथ थियो। युवाहरु राजनीतिमा विमुख नभै नेतृत्वले उनीहरुलाई समेट्ने सही नीति बनाएको कारण समस्या देखिएको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सको ग्रिसमा सिरिजा पार्टीको सत्ता आरोहण, स्पेनमा पोडेमोस पार्टीको बढ्दो लोकप्रियता र लेबर पार्टीमा कोब्रिनको ऐतिहासिक जीतले युरोपमा बामपन्थी शक्ति लोकप्रित हुँदै गएको देखाएको विश्लेषण गरेको छ।
२००८ को आर्थिक मन्दीपछि युरोपको परम्परागत राजनीतिक संरचनाको जग नराम्रोसँग हल्लिन पुगेको छ। मूलधार भनिदै आएका दलहरु पाखा लाग्न थालेका छन्। नयाँ विचार र शक्तिहरु उदाइरहेका छन्।
(एजेन्सीको सहयोगमा)

राजतन्त्र विरोधी कोब्रिन