ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरी बढ्न सक्ने राष्ट्रसंघको चेतावनी
२३ असार २०७९
•
१ मिनेट पाठ
ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरी बढ्न सक्ने राष्ट्रसंघको चेतावनी
संयुक्त राष्ट्रसंघले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ। राष्ट्रसंघीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको हो। 




पछिल्ला दिनहरुमा ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरुमा बढ्दै गएको खाद्य असुरक्षाका कारण यहाँ भोकमरी बढ्दै जाने अवस्था देखिएको सो कार्यक्रमले जनाएको हो। यहाँ हरेक वर्ष खाद्य असुरक्षा बढ्दै गएको र भोकमरीमा परेका नागरिकहरुको संख्या पनि बर्षेनी बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्।  

सो विश्व खाद्य कार्यक्रमका अधिकारीहरुले सन् २०२१ को तुलनामा यस वर्षमात्र कम्तीमा पनि ४० लाख नागरिक भोकमरीको चपेटामा परेका पाइएको पनि बताएको छ।  

यस क्षेत्रमा सन् २०२० र २०२१ मा सम्ममा करिब ५ करोड ६५ लाख  नागरिक भोकमरीको चपेटामा परेका थिए। साथै यसै अवधिमा यहाँका २६ करोड ८० लाख नागरिकहरु खाद्यान्नको असुरक्षाको अवस्थामा परेका पनि पाइएको समाचारमा जनाइएको छ।  

यसरी वर्षेनी खाद्य असुरक्षामा पर्ने र खाद्यान्न अभावमा रहेका नागरिकहरुको संख्या बढ्दै गएको भन्दै आगामी केही समयमै यहाँ भोकमरीमा पर्ने नागरिकको संख्या निकै धेरै हुने भएकाले त्यसको आवश्यक तयारी गर्न पनि संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले आग्रह गरेको छ।

खडेरी तथा अन्य विविध कारणहरुले यहाँ हरेक वर्ष खाद्यान्न उत्पादनमा पनि कमी आएको र यसका कारण यहाँ खाद्यान्न संकट बढ्दै जाने बताइएको छ।
अर्को समाचार
मदरल्याण्ड माविमा सिकाईः संयुक्त राष्ट्रसंघको सभा कसरी चल्छ ?
१६ साउन २०८३
•
५ मिनेट पाठ
मदरल्याण्ड माविमा सिकाईः संयुक्त राष्ट्रसंघको सभा कसरी चल्छ ?
पोखराको मदरल्याण्ड माविमा शनिबार सुरु भएको नमूना संयुक्त राष्ट्र संघ सभामा बहस र छलफल गरिँदै। तस्बिरः नागरिक
युएन (संयुक्त राष्ट्र संघ)को सभा कसरी चल्छ? उक्त सभामा के कस्ता विषयमा छलफल हुन्छ? कस्ता मुद्दाले प्राथमिकता पाउँछन? विभिन्न मुलुकले उक्त सभामा किन सहभागिता जनाउँछन्? सभामा हुने बहसले कत्तिको सार्थकता पाउँछ? यस्ता प्रश्नको जवाफ सबैसँग हुँदैन। अझ विद्यालय तहका विद्यार्थीले त यो विषयमा खासै रुची पनि राख्दैनन्।  




हो, यस्तै विषय र बहसको शैलीबारे थाहा दिलाउन पोखराको मदरल्याण्ड माविले शनिवारदेखि मदरल्याण्ड नमूना युएन सभा आयोजना गरेको छ। विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना सभामा भाग लिन कास्की सहित विभिन्न आठवटा जिल्लाका विद्यार्थी पोखरा आएका छन्। विद्यालयले आयोजना गरेको यो आठौं नमूना सभा हो। विद्यालय तहका विद्यार्थी सहभागि भएको यो नमूना सभामा विभिन्न विषयमा दुईदिनसम्म बहस हुनेछ।

मदरल्याण्ड माविको आयोजना र नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान)को संयोजनमा भएको यो कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागि छन्। उनीहरुले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै यूएनको यो नमूना सभामा सहभागिता जनाउने कार्यक्रम संयोजक बामन घिमिरेले जानकारी दिए।  

‘यूएन बैठकको शैलीबारे जानकारी दिलाउन खोजिएको हो। यूएनको बैठकमा कस्ता विषयले प्राथमिकता पाउँछन र त्यो बैठकका के कस्ता कुराकानी हुन्छ ? कुन विषयमा बहस हुन्छ भन्ने धेरैलाई थाहा छैन। हामीले विद्यार्थीलाई उक्त विषयको महत्वबारे जानाकारी दिन खोजेका हौ,’ उनले भने, ‘यूएनको नमूना बैठक मार्फत बहसको शैली, ज्ञानको दायरा फराकिलो बनाउन खोजिएको हो।’  

करिब तीनसय जना विद्यार्थीलाई विभिन्न आठवटा समूहमा विभाजन गरेर यो अभ्यास गराइने उनले बताए। नेतृत्वको जिम्मेवारी, एकअर्कामा समझदारी, विषयबस्तुप्रतिको गाम्भिर्यताबारे पनि यो बैठकका अभ्यास हुने उनले बताए। ‘विद्यार्थीले विभिन्न मुलुकमा रहेका जल्दाबल्दा समस्यालाई बुझेर यो कार्यक्रममा सहभागि भएका छन। उनीहरुलाई सम्बन्धित मुलुकको प्रतिनिधि पात्रको रुपम सहभागिता गराइएको छ,’ घिमिरेले भने, ‘कम्तिमा विषयबस्तको महत्व र त्यहाँ हुने बहसबाट केही न केही सिक्न सकुन भन्ने उद्देश्य हो।’ विद्यार्थीले आफुसँग भएको ज्ञान र बोल्ने कलालाई पनि यही बैठकमा प्रस्फुटन गराउन पाउने अवसर यो नमूना बैठकले दिएको उनले बताए।  

नुसान गण्डकी संयोजक विभूती न्यौपानोले यो अभ्यासले विद्यार्थीमा रहेको ज्ञान साटासाट गर्ने अवसर मिल्ने बताईन। ‘विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै विद्यार्थीले सहभागिता जनाउँदा ज्ञानको दायरा फराकिलो हुनेछ। एउटा देशको अवस्था अर्काे देशले थाहा पाउनेछ। त्यसैले यस्ता कार्यक्रममार्फत ज्ञान साटासाट हुन्छ,’ उनले भनिन।  

नुसानका सदस्य समेत दीपेन्द्र श्रेष्ठले कलिलो उमेरमा यूएनको अनुभव लिन पाउने यो मौका विद्यार्थीका लागि निकै नै महत्वपूर्ण रहेको बताए। ‘यूएनको बैठक कसरी संचालन हुन्छ र त्यहाँ कस्ता विषयका बहस हुन्छ भन्ने थाहा पाउनु निकै नै महत्वपूर्ण हो। यसले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमताको समेत विकास हुन्छ,’ उनले भने।  

अर्का सदस्य सन्तोष पौडेलले युवापुस्तालाई चाँसो नै नभएको यस्तो विषयबारे नमूना सभामार्फत ज्ञान दिलाउन प्रयास गरिएको बताए। ‘अब त सूचना पाउने मात्र होईन। बुझ्ने प्रयास पनि गर्नुपर्छ। यूएन सभामा हुने बैठकको सूचना पाएर मात्र हुँदैन, त्यहाँ के कस्ता विषयमा बहस र छलफल हुन्छ भनेर बुझ्नुपर्छ,’ उनले भने।  

गत माघमा मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिएका थिए। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भएको उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि भएका थिए। संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना भएको त्यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको थियो। सहभागि विद्यार्थीले उक्त सभामा विभिन्न विषयमा छलफल र बहस समेत गरेका थिए। मदरल्याण्डकै विद्यार्थी कृपा बरालले उक्त सभामा समेत मन्तव्य दिएकी थिईन।

पोखरामा भएको यो नमूना सभाले विद्यार्थीमा विश्वव्यापी विषयबारे थाहा पाउने विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले बताए। विश्वव्यापी समस्यालाई कसरी सम्बोधन हुन्छ र समाधानको तरिका के रहेछ भनेर थाहा पाउन सकिने उनले बताए। ‘विश्वव्यापी समस्या कसरी समाधान हुन्छ, सम्मेलनमा कुनै विषयबस्तुमाथि कसरी छलफल गरिन्छ, कसरी सहमति हुन्छ जस्ता विषयलाई विद्यार्थीले यो सभामार्फत बुझन पाउनेछन,’ शर्माले भने, ‘कुटनीति सिकाउने माध्यम यस्तै हो। देशको नेतृत्वले कसरी कुटनीतिक सम्बन्ध स्थापित गर्छन भन्ने तरिका पनि यहाँ सिक्न पाउनेछन।’  

विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीलाई कक्षाकोठाले परीक्षाको लागि तयार पार्ने भएपनि मदरल्याण्ड माविले विद्यार्थीमा जीवनका लागि सीप सिकाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गरेको बताए।

‘विद्यार्थीमा नेतृत्व विकासको सीप जरुरी छ। उनीहरुलाई कसरी अघि बढाउने भनेर ज्ञान दिलाउनुपर्छ,’ बरालले भने, ‘कक्षाकोठाको पाठ्यभार मात्र पर्याप्त नहुन सक्छ। त्यसलाई व्यवहारमा सिकाउन पनि यस्ता अभ्यास जरुरी छ। विद्यालयले त्यही सीप सिकाउनका लागि अभ्यास गरेको हो।’
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीका लागि यो अभ्यास नौलो रहेको बताए। ‘विद्यालयले धेरैवटा मोडालिटीमा कार्यक्रम गर्छ। तर, यो बहस सबैतिर हुँदैन। हामीले विद्यार्थीलाई जिम्मेवार र गम्भिर बनाउका लागि यो अभ्यास गरेका हौ,’ उनले भने।

पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमता बिस्तारका लागि यो अभ्यास जरुरी रहेको बताए। ‘यूएनको मात्र नभई सबैतिरका बहसको तरिका विद्यार्थीले थाहा पाउनुपर्छ। संसद र प्रदेशभा र नगरसभा कसरी संचालन गरिन्छ भन्नेबारे पनि अहिलेको पुस्तालाई थाहा छैन। अब त्यो अभ्यास पनि गर्न हो भने त्यसले विद्यार्थीमा नयाँ ज्ञानको दायरा बढ्छ,’ उनले भने।  
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस