४० लाख बढीले सिरिया छाेडे
२२ मंसिर २०७२
•
११ मिनेट पाठ
४० लाख बढीले सिरिया छाेडे
मध्यपूर्वी मुलुक सिरियाको नाम अहिले संसारभर चर्चित छ। करिब तीन साताअघि फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणका कारण होस् वा युरोप छिरेका सिरियाली शरणार्थीका कथा हुन् सिरिया अहिले विदेशी सञ्चारमाध्यममा बारम्बार आइरहने नाम बनेको छ। पछिल्लो समयमा आइएआइएस (इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया) का गतिविधि तीब्र हुनासाथ विभिन्न पश्चिमा मुलुकहरुले टर्की, लेबनान, इराक र जोर्डनसँग जोडिएको यो एसियाली मुलुकमा आक्रमण शुरु गरेका छन्।सम्भवतः संसारकै सबैभन्दा धेरै युद्धग्रस्त र जोखिमपूर्ण मुलुकको रुपमा अहिले कहलिएको सिरिया पाँच वर्ष अघिसम्म शान्त थियो। आन्तरिक समस्याको समाधान र स्वतन्त्रताको माग गर्दै शुरु भएको आन्तरिक आन्दोलनको फाइदा उठाउँदै आइएस सिरिया छिरेपछि अवस्था नाजुक बन्दै गएको हो। पछिल्लो साढे चार वर्षको अवधीमा सिरियामा मानवीय संकट चुलिएको छ र करोडको संख्यामा मानिसहरु आन्तरिक र बाह्य शरणार्थीको रुपमा जीवन बिताइरहेका छन्।




सिरियामा सन् २०११ को मार्चबाट हिंसा शुरु भएको हो। त्यसयताका हिंसामा अहिलेसम्म दुई लाखभन्दा धेरै मानिसहरुको मृत्यु भएको संयुक्त राष्ट संघको अनुमान छ। राष्टपति बसर अल असदको सरकार र उनलाई हटाउन चाहने विद्रोहीबीचको हिंसाका कारण यति मानिसको मृत्यु भएको हो। जुलाई २०१२ मा अन्तर्राष्टिय रेडक्रसले सिरियामा गृहयुद्धको अवस्थामा जसरी हिंसा फैलिएको बताएको थियो।

नेपालभन्दा अलिकति ठूलो यो देशका ४० लाखभन्दा धेरै मानिस शरणार्थीको रुपमा छिमेकी मुलुकतर्फ लागेको राष्ट्रसंघको तथ्याङ्क छ। यसरी देश छोडेर जानेमध्ये आधाभन्दा धेरै १८ वर्ष मुनिका बालबालिका छन्। ती शरणार्थीहरुमध्ये धेरै केही महिनाअघि युरोप आइपुगेका छन्। उनीहरु बेलायत र जर्मनीजस्ता युरोपेली मुलुकहरुमा पुग्ने प्रयासमा छन्।

डेराबाट युद्धको सुरुवात


यसको शुरुवात सन् २०११ म सिरियाको डेरा भन्ने शहरबाट भयो। भित्तामा सरकारविरोधी चित्र बनाएको आरोपमा १५ जना स्कूले बालबालिकालाई सरकारले पक्राउ ग¥यो। त्यसपछि, स्थानीयहरुले सडकमा विरोध प्रदर्शन गरे। त्यो प्रदर्शन पक्राउ परेका बालबालिका रिहा गर्न र सिरियाका नागरिकलाई प्रजातन्त्र र स्वतन्त्रता दिनुपर्ने माग राख्दै शान्तिपूर्ण रुपमा भएको थियो।

सरकारी पक्ष यो विरोध प्रदर्शनमा आक्रामक रुपमा प्रस्तुत भयो। सन् २०११ को मार्च १८ का दिन सेनाले प्रदर्शनकारीमाथि गोली हान्यो। चार जनाको मृत्यु भयो। त्यसको भोलिपल्ट मृतकको दाहसंस्कारमा उपस्थित शोकाकुल मानिसहरुमाथि गोली हानियो। थप एक जना मानिसको मृत्यु भयो। यो घटनापछि सर्वसाधारणहरु थप आक्रोशित भए। तत्काल त्यो खबर देशका अन्य भागमा पनि फैलियो।

शुरुमा प्रदर्शनकारीहरुले प्रजातन्त्र र तत्कालीन अवस्थामा स्वतन्त्रताको अनुभुति गर्न चाहेका थिए। सरकारी पक्षले शान्तिपूर्ण आन्दोलनमा गोली बर्साएपछि सर्वसाधारणले राष्टपति असदको राजीनामा माग गरे। राष्टपतिले राजीनामा दिन मानेनन्।

हिंसा बढ्दै जाँदा उनले देशमा केही परिवर्तन गर्ने प्रस्ताव गरे। त्यो प्रदर्शनकारीले पत्याएनन्। सिरियामा राष्टपति असदलाई र उनको सरकारलाई समर्थन गर्ने ठूलै जनसंख्या पनि थियो। राष्टपति असदविरुद्धमा एकता भएका विद्रोहीहरुको एउटै समूह भने छैन। राष्टपतिलाई झुकाउन चाहने समूहमा विद्रोही लडाकु, प्रतिपक्षी राजनीतिक दल र सिरिया फर्कन नसक्ने देशनिकालामा परेका मानिसहरु सामेल थिए। द्वन्द्व शुरु भएपछि सरकारविरुद्धमा करिब एक हजार वटा समूहहरु लागेको अनुमान गरिएको छ। जसमा करिब एक लाख लडाकु छन्।

अबको युद्ध राष्टपति असदको पक्ष र विपक्षका मानिसहरुको मात्र रहेन। सन् २०१४ को शुरुमा सिरियाको छिमेकी मुलुक इराकको अतिबादी समूह आइएसले सिरियाको धेरै भूभागमा कब्जा जनाउन थाल्यो। आइएसले उनीहरुको अतिबादी विचारसँग सहमत नहुने जोसुकैमाथि हिंसा गर्ने गर्छ।

आइएसले कसरी कब्जा जमायो?


आईएसले पूर्वी सिरियामा प्रवेश गरे र आन्तरिक झगडाको समयमा त्यहाँको जमिन र शक्तिमा कब्जा जमाए। आईएसलाई रोक्ने प्रयास स्वरुप सेप्टेम्बर २०१४ मा अमेरिका, बेलायत र अन्य देशहरुले एउटा संयुक्त बल बनाए र जमिनमा रहेका आइएसका लडाकुहरुलाई आक्रमण गर्न विमानको प्रयोग गर्न थाले।

अगस्त २०१३ मा सिरियाको राजधानी दमास्कस नजिकै भएको रासयानिक हमलापछि अमेरिका, बेलायत र फ्रान्ससहित धेरै देशले कडा प्रतिक्रिया दिए। रासयानिक हतियारहरुको प्रयोगपछि बाँकी संसारले के गर्नुपर्छ भन्ने विषयमा लामो छलफल भयो। सेप्टेम्बर २०१३ मा, संयुक्त राष्टसंघले सिरियामा रासयानिक हतियारहरु प्रयोग भएको पुष्टि गरेपनि कसले प्रयोग गरेको भनेर खुलाएन। सिरियाले भने रासयानिक हतियारहरुको प्रयोग गरेको अस्विकार ग¥यो। रासयानिक हतियारहरु निकै हानिकारक हुने भएकाले अन्तर्राष्टिय कानूनअनुसार प्रतिबन्धित छन्।

सिरिया सरकारले संसारका कुनै पनि मुलुकले आफ्ना जनतालाई मार्नका लागि हतियार प्रयोग नगर्ने दाबी गर्दै रासयानिक हमलाको दोष विद्रोही पक्षलाई दियो।

सिरियाका धेरै सर्वसाधारण मानिसहरु युद्धको समयमा हिंसामा परे। त्यसले गर्दा आफ्नो र परिवारको सुरक्षाका लागि उनीहरु आफ्नो घर छोडी अन्य देशमा शरण लिन बाध्य भए। हरेक दिन शरणार्थीहरु सिरियाबाट छिमेकी जोर्डन, लेबनान, टर्की र इराकको सिमाना हुँदै बाहिरिन्छन्।

४० लाख भन्दा बढीले सिरिया छोडे


sirya1

द्वन्द्व शुरु भएपछि ४० लाखभन्दा धेरै मानिसहरुले सिरिया छोडेका छन्। यीमध्ये आधाभन्दा धेरै महिला र बालबालिका छन्। पछिल्लो इतिहासमा यो सबैभन्दा ठूलो शरणार्थी संख्या हो। यसबाहेक थप ८० लाख मानिसहरु आफ्नो घर छोडेर सुरक्षित बासस्थानका लागि सिरियाभित्रै बसाइँसराइँ गरेका छन्। तीमध्ये आधा जनसंख्या बालबालिकाको छ। उनीहरुलाई तत्काल सघन सहायताको खाँचो छ। दातृ निकाय र मानवीय नियोगहरुले त्यसका लागि सिरियामा मानवस्रोत परिचालन गर्नु निकै कठिन र खतरनाक भएको बताउँदै आएका छन्।

लाखौंको संख्यामा सिरियाली नागरिकहरुले अहिले युरोप जानका लागि देश र छिमेकी मुलुकमा रहेका शरणार्थी शिविर छोडेका छन्। युरोपसम्म पुग्न उनीहरुले प्रयोग गर्ने बाटो र सामुद्रिक यात्रा निकै खतरनाक रहेको छ। समुद्रको यात्रामा प्रयोग गर्ने डुंगा डुबेर सयौं शरणार्थीहरुले ज्यान गुमाइसकेका छन्।

युरोपका केही देशहरुले आफ्नो मुलुकमा नयाँ जीवन शुरु गर्न चाहने शरणार्थीहरुलाई स्विकार्ने बताएका छन्। जर्मनीले हरेक वर्ष पाँच लाखसम्म शरणार्थीहरु स्वीकार्न सक्ने प्रतिवद्धता जनाएको छ। बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायत सरकारले सन् २०२० सम्ममा सिरियाली शरणार्थी शिविरबाट २० हजारसम्म मानिसहरुलाई स्वीकार्न सक्ने बताएका छन्। त्यस्तै फ्रान्सले २४ हजार मानिसलाई आफ्नो देशमा शरण दिन सक्ने जनाएको छ।

संयुक्त राष्टसंघले सबैभन्दा संकटग्रस्त ठानेको सिरियामा मानवीय संकट बढ्दै गइरहेको छ। (एजेन्सीहरुको सहयोगमा )
अर्को समाचार
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
५ घण्टा अघि
•
१ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
सीमांकन (परिसीमन) विधेयकलाई लिएर भारतका विपक्षी दलहरूबिच मतभेद चुलिएको छ।




विधेयकको विरोधमा समर्थन जुटाउन कांग्रेसका शीर्ष नेताहरू चेन्नई पुगे पनि द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख एमके स्टालिन आफ्नो अडानबाट पछि हटेनन्।

आइतबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको नेतृत्वमा विपक्षी दलका नेताहरूले चेन्नईस्थित स्टालिनको निवासमा उनीसँग भेटवार्ता गरेका थिए। बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलका विपक्षी दलका नेता भीडी सतीसन र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी सहभागी थिए।

करिब एक घण्टाभन्दा बढी चलेको बैठकमा कांग्रेस नेताहरूले डीएमकेलाई केन्द्र सरकारको प्रस्तावित सीमांकन विधेयकको विपक्षमा उभिन आग्रह गरेका थिए। तर, बैठकपछि स्टालिनले आफ्नो पार्टीले विधेयकलाई समर्थन गर्ने निर्णय परिवर्तन नगर्ने स्पष्ट पारे।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता गान्धीले सीमांकन विधेयक तमिल संस्कृति, भाषा र जनताका साथै भारतीय संघ र भारतकै लागि खतरा भएको बताए।

उनले भने, ‘डीएमकेले के भन्यो वा के गर्‍यो भन्ने मलाई थाहा छैन। हामीले स्टालिनसँग के छलफल गर्‍यौँ र के भन्यौँ भन्ने कुरा म तपाईंलाई बताउँदैछु। हामीले उनलाई यो तमिल संस्कृति, तमिल भाषा, तमिल जनता, भारतीय संघ र भारतका लागि खतरा हो भनेका छौँ। त्यसैले सबै देशभक्तले जस्तै उनी पनि यो खतराविरुद्ध उभिनुपर्छ भनेका छौँ।’

तर, स्टालिनले कांग्रेस नेताहरूको आग्रहपछि पनि आफ्नो अडान परिवर्तन गरेनन्। उनले विधेयक संसदबाट असफल भए तमिलनाडुले अहिले प्राप्त गरेको सुरक्षा पनि गुमाउन सक्ने बताए।

स्टालिनका अनुसार कांग्रेस र उसका सहयोगी दलहरूले विधेयकको विकल्पमा कुनै ठोस प्रस्ताव अघि सारेका छैनन्। यस्तो अवस्थामा तमिलनाडुको राजनीतिक प्रतिनिधित्व जोगाउन विधेयकलाई समर्थन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

उनले भने, ‘यदि सन् १९७१ को जनगणनाका आधारमा सीमांकन गरियो भने त्यसको तमिलनाडु र सम्पूर्ण दक्षिणी राज्यहरूमा विनाशकारी प्रभाव पर्नेछ। विशेषगरी दक्षिणी राज्यका राजनीतिक दलहरूका लागि यो अस्तित्वकै लडाइँ हो। यस्तो अवस्थामा यो विधेयकलाई समर्थन गर्नुबाहेक अर्को विकल्प छैन।’

उनले संसदमा आफ्नो पार्टीको शक्तिको प्रयोग गरेर आगामी २५ वर्षसम्म तमिलनाडुको राजनीतिक भविष्य सुरक्षित गरेको पनि बताए। यस विषयमा भावनात्मक वा विचारहीन निर्णय गर्न नहुने भन्दै उनले तमिलनाडुको हित आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

डीएमकेले यसअघि नै संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीले तमिलनाडुको लोकसभा सिटमा रहेको ७.१८ प्रतिशत हिस्सा घट्न नहुने र राज्यहरूबिचको संसदीय प्रतिनिधित्वको अनुपात सन् १९७१ को जनगणनाका आधारमा कायम राख्नुपर्ने माग गरेको थियो।

नोभेम्बर २८ मा बसेको डीएमके सांसदहरूको बैठकले संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीका अनुसार केन्द्र सरकारले आफ्ना प्रमुख मागहरू नयाँ प्रस्तावमा समेटेकाले समर्थन गर्ने निर्णय गरिएको हो।

केन्द्र सरकारले प्रस्तावित विधेयकमार्फत लोकसभा र राज्यका विधानसभामा सिट संख्या बढाउने तयारी गरेको छ। संशोधित प्रस्तावअनुसार सबै राज्य र केन्द्रशासित प्रदेशमा लोकसभा सिट संख्या ५० प्रतिशतले बढाउने योजना छ। विधेयकमा लोकसभाको अधिकतम संख्या ८५० पुर्‍याउने व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थालाई महिला आरक्षण कार्यान्वयनसँग पनि जोडिएको छ।

तर, कांग्रेस नेता राहुलले सिट संख्या बढाउने र निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने प्रक्रियाबाट भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुग्न सक्ने भन्दै विरोध गर्दै आएका छन्। उनले लोकसभाको नक्सा आफ्नो अनुकूल परिवर्तन गर्ने अवसर भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई दिन नहुने तर्क गरेका छन्।

सीमांकन विधेयकमा डीएमकेले समर्थन जनाएपछि विपक्षी गठबन्धनभित्रै मतभेद देखिएको हो। कांग्रेस र डीएमकेबिचको सम्बन्ध यसअघि नै चिसिएको थियो। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावपछि कांग्रेसले डीएमकेसँगको गठबन्धन तोडेर अभिनेता जोसेफ विजयको पार्टी तमिलगा भेट्री कझगम (टीभीके) लाई समर्थन गरेको थियो। त्यसपछि कांग्रेस विजय नेतृत्वको सरकारमा सहभागी भएको थियो। यही घटनाले कांग्रेस र डीएमकेबिचको सम्बन्ध थप बिगारेको थियो। अहिले सीमांकन विधेयकमा पनि दुवै दल फरक कित्तामा उभिएका छन्।

सोमबारदेखि संसद्को विशेष अधिवेशन सुरु हुँदैछ। त्यसअघि कांग्रेसले स्टालिनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। डीएमकेसँग लोकसभामा २२ र राज्यसभामा आठ सांसद छन्।

लोकसभाका ५४० कायम सदस्य सबै उपस्थित भएर मतदान गरेमा विधेयक पारित गर्न दुई तिहाइ अर्थात् कम्तीमा ३६० मत आवश्यक पर्छ। त्यसैले डीएमकेका २२ सांसदको समर्थन विधेयक पारित गराउन महत्त्वपूर्ण हुन सक्छ। संविधान संशोधन विधेयक पारित गर्न उपस्थित भएर मतदान गर्ने सदस्यको दुई तिहाइ समर्थनसँगै सदनको कुल सदस्य संख्याको बहुमत पनि आवश्यक हुन्छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस