ताइपेई–ताइवानको दिक्षिणी इलाकामा शक्तिशाली भूकम्पको झड्का महशुस गरिएको छ। भूकम्पका कारण बहुतले भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने १ सय २१ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।अमेरिकी भूगर्भ विभागका अनुसार ताइवनाको दक्षिणी शहर तैनान शहरदेखि ४३ किलोमिटर टाढा पूर्वी इलाकामा केन्द्रविन्दु भएको भूकम्पको तीव्रता ६ दशमलव ४ रेक्टरस्केलको थियो। भूकम्पका कारण सो सहरको १७ तले भवन ढलेको छ। सो भवनबाट १२३ जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । सो भवनमा अन्य मानिसपनि पुरिएको हुनसक्ने आशंका गरिएको छ। सो भवनमा करिब २४० मासिन बस्ने गरेको संचारमाध्यमले जनाएका छन्।
ताइवानको इटी टेलिभिजनका अनुसार भूकम्पबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक बालिका रहेको बताइएको छ। ताइवानबाहेक भूकम्पको झड्का भारतको विहारमासमेत महशुस गरिएको थियो। विहारको दरभंगा, सीतामढी, बेतिया, रक्सौल तथा मुज्जफरनगरमा भूकम्पको झड्का महशुस गरिएको थियो।
हेराैं भूकम्पको कहर पछिका तस्विरहरूः

तस्विरः एपि/सिन्ह्वा