युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी
०१ भदौ २०७९
•
३ मिनेट पाठ
युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी
युक्रेन-रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन्। शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ।




विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो असर परेको बताएका छन्। फिनल्याण्डमै जन्मिएर विभिन्न स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका २९ वर्षीय अरुण शर्माले फिनल्याण्डका नागरिकसहित नेपाली पनि मूल्यवृद्धिको मारमा परेको बताए।

सामाजिक सुरक्षा राम्रो भए पनि झण्डै दोब्बर भएको मूल्यवृद्धिले हरेकलाई दुःख दिएको छ। शर्माको परिवार विगत ४० वर्षदेखि फिनल्याण्डमै छ। युएनडिपीको ‘वल्र्ड ह्याप्पीनेस इन्डेक्स’का अनुसार फिनिस नागरिक विश्वका अन्य देशका नागरिकभन्दा खुसी छन्। तर युद्धकै कारण अवस्था फेरिँदै गएको छ। जग्गा र घर खरिद गर्नेभन्दा आर्जन गरेको रकम रेस्टुरेन्ट तथा होटलमा गएर खर्च गर्ने, विभिन्न खेलमा रमाउने संस्कार भएका फिनिस नागरिकको दैनिकीमा परिवर्तन आएको छ।

उनीहरुले खर्च कम गर्न थालेका छन्। घुम्ने र रमाउने बानी परेका फिनिस नागरिक बचतमा लागेका छन्। युद्धका नकारात्मक समाचार आउन थालेपछि झन् उनीहरु पहिलेजस्तो रमाउन पनि छाडेका छन्। युद्धका कारण सामाजिक एवं आर्थिक समस्या निम्तिएकाले उनीहरुको संस्कारमा समेत परिवर्तन आउन थालेको देखिएको हो।

हेल्सिन्कीको ‘डाउन टाउन’स्थित माउन्ट एभरेष्टमा काम गर्दै आएका शर्माले भने, 'यहाँका नागरिकले पनि पैसा खर्च गर्न छोडे, बचतमा लागेका छन्।' उनका अनुसार दैनिक उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि भएका कारण उनीहरु खर्च कटौती गर्दैछन्। सोही कारण फिनिस अर्थतन्त्रमा नै समस्या देखिन थालेको पाइएको छ। यहाँको आन्तरिक र बाह्य व्यापारका धेरै असर देखिएको छ।

पेट्रोलियम पदार्थको मूल्य दोब्बर भएको छ। ग्यास बिक्री गर्ने कम्पनीले पहिले रुसबाट ग्यास ल्याएर बिक्री गर्दै आएकामा अहिले त्यहाँबाट ग्यास नआएपछि अन्य क्षेत्रबाट आएको ग्यास महङ्गो मूल्यमा बिक्री गरिहेका छन्। हेल्सिन्कीको वर्तमान वास्ताविक तथ्य प्रस्तुत गर्दै अरुण शर्माले भने, 'यही २०२२  फेब्रेवरी २४ देखि मूल्यवृद्धि उच्च भएको छ। यस अवधिमा यहाँ नौ दशमलव पाँच प्रतिशतको मूल्यवृद्धि छ।'

त्यसैगरी पर्यटक आउने संख्या ह्वात्तै घटेको छ। विगत सात वर्षदेखि हेल्सिन्की बस्दै आएका सागर खरेलले धेरै खर्च गर्ने रुसी पर्यटक फिनल्याण्ड आउन छोडेको बताए। महँगीले फिनल्याण्डका सबै क्षेत्रलाई असर गरेको उल्लेख गर्दै उनले भने, 'दैनिक उपभोग्य वस्तु महँगो भएको छ। तलब बढेको छैन। पहिले थोरै पैसाले धेरै पाइन्थ्यो भने अहिले त्यस्तो छैन।' खरेलका अनुसार यहाँको पैसा सस्तो हुँदै गएको छ। युरो र डलर लगभग एउटै छ। पहिला त्यस्तो थिएन।

विगत १० वर्षदेखि हेल्सिन्की बस्दै आएका मुरारी भण्डारीका अनुसार फिनल्याण्ड र रसियाबीचमा जनस्तरको सम्बन्ध छ। त्यसैले युरोपका अन्य मुलुकभन्दा फिनल्याण्डमा धेरै असर परेको छ। उनले भने, 'फिनल्याण्ड र रसियाको सम्बन्ध भनेको नेपाल र भारतको जस्तै हो। सबै क्षेत्रमा असर परेको छ। रसियाबाट पर्यटक आउने गर्थे तर अहिले त्यस्तो छैन।'

त्यसैगरी फिनल्याण्ड विगत ४० वर्षदेखि बस्दै आउनुभएका भक्तिराम भण्डारीले पनि मूल्यवृद्धिका कारण देशमा असर परेको बताए। उनले भने, 'दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ। पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ। एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो। यहाँका लागि यो अत्यधिक हो।'

यहाँका नागरिकले मात्र होइन सरकारले पनि मूल्यवृद्धिको सकस भोग्नु परेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तरराष्ट्रिय व्यापार मन्त्री झिल्ले स्किन्नरी बीच मंगलबार यहाँ भएको भेटवार्ताका क्रममा पनि मूल्यवृद्धिको विषय प्रवेश पाएको थियो। स्किन्नरीले युक्रेन र रुस युद्धका कारण फिनल्याण्डले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य उच्च भएर र त्यसले यहाँको सामाजिक एवं आर्थिक समस्या निम्त्याएको बताए।

फिनिस नेपाली समाजका सचिव नवीन भट्टराईका अनुसार फिनल्याण्डमा पाँच हजारभन्दा बढी नेपाली बस्दै आएका छन्। सबैभन्दा बढी हेल्सिन्कीमा छन्। यहाँका नेपालीलाई बेरोजगार बस्न त परेको छैन तर पछिल्लो समय मूल्यवृद्धिको समस्याले भने सताएको छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
१० घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस