मोगादिसु-सोमालियामा पत्रकारको हत्या गर्ने हत्यारालाई मृत्युदण्ड दिइएको खबर छ। हत्यारालाई सोमबार मृत्युदण्ड दिइएको हो। सोमालियाको आतङ्ककारी समूह सेबाबको निर्देशनमा ती व्यक्तिले सोमालियामा कैयौँ पत्रकारको हत्या गरेका थिए। उनले सो हत्या स्वीकार गरेका थिए।
हसन हानाफी नाम गरेका ती व्यक्तिले सोमालियमा कम्तीमा पनि पाँचजना पत्रकारको हत्या गरेको स्वीकार गरेका छन्। सैनिक अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
सोमबार बिहान उनलाई राजधानी मोगादिसुमा रहेको प्रहरी प्रतिष्ठानमा मृत्युदण्ड दिइएको बताइएको छ । सोमबार बिहान ती व्यक्तिलाई प्रहरी प्रतिष्ठानमा मृत्युदण्ड दिइएको जानकारी प्रहरीले दिएको छ ।
उनलाई मृत्युदण्ड दिएको घटनाको मोगादिसुका कैयौँ पत्रकारले हेरेका थिए। प्रहरीले गोली हानेर उनलाई मृत्युदण्ड दिएका थिए।
सोमालियाली सैनिक अदालतका एकजना वरिष्ठ अधिकारी अब्दुल्लाही हुसेनले भने–"हसानी विगत लामो समयदेखि नै सोमालियामा कैयौँ पत्रकारको हत्यामा संलग्न भएको र उसले स्वीकार पनि गरेकोले मृत्युदण्ड दिइएको छ।
हसनलाई सन् २०१४ को अगस्त महिनामा केन्यामा पक्राउ गरिएको थियो । त्यसपछि उनलाई सोमालियामा सुपुर्दगी गरिएको थियो ।
उनको मुद्दा सोमालियाको सैनिक अदालतले हेरेको थियो । गत महिना मात्र उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर बाँकी कानुनी प्रक्रियाका लागि राखिएको र सबै प्रक्रिया पूरा गरेपछि उनलाई सोमबार बिहान प्रहरीले नै पत्रकारको रोहबरमा मृत्युदण्डको सजाय दिइएको थियो ।
पत्रकारहरुका लागि सोमालिया एक अत्यन्तै खतरा देश हो । त्यहाँ बर्सेनि ठूलो सङ्ख्यामा पत्रकार मारिने गर्छन् । कतिपय पत्रकारको हत्या त्यहाँका राजनीतिक समूहले सत्तास्वार्थका कारण गर्ने गर्छन् भने कतिलाई त्यहाँ आतङ्क मच्चाइरहेको अल सेबाब समूहले पनि गर्ने गरेको छ । रासस/एएफपी