नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहीबार घटस्थापनाका दिन चारदिने भ्रमणका लागि अमेरिका जाँदैछन्।
भारतको विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीको अमेरिका भ्रमणबारे मंगलबार जानकारी दिँदै मोदीले आगामी शनिबार संयुक्त राष्ट्र संघको महासभा सम्बोधन गर्ने बताए। महासभा सम्बोधनअघि मोदीले राष्ट्र संघका महासचिव बान कि मुनसँग भेटघाट गर्नेछन्।मोदीले न्युयोर्कबाट अमेरिका भ्रमण थाल्नेछन्। त्यहाँ उनले शनिबार राष्ट्र संघीय महासभालाई सम्बोधन गर्नेछन्। भारतीय मूलका अमेरिकी नागरिकद्वारा शनिबारै आयोजित न्युयोर्कको विख्यात म्याडिसन स्क्वायर गार्डेनमा उनले गर्ने सम्बोधनमा १८ हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। सम्भवतः यो म्याडिसन स्क्वायर गार्डेनमा हुने कुनै पनि विदेशी नेताको सम्बोधन सुन्न भेला हुने सबैभन्दा ठूलो जनसमूह हुने अनुमान छ। त्यसैगरी न्युयोर्कको न्युयोर्क टाइम्स स्क्वायरस्थित ठूला टेलिभिजन स्त्रि्कनमा मोदीको हिन्दी भाषण सुन्न हजारौं दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ।
न्युयोर्कमा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणमा मारिएकाप्रति मोदीले शनिबार नै श्रद्धान्जली अर्पण गर्नेछन्। भ्रमणका दौरान मोदीले अमेरिकाका कैयौं ठूला कर्पोरेट अधिकारीसँग समेत भेटघाट गर्नेछन्। आइतबार मोदीले भारतीय मूलका अमेरिकालीसँग भेटघाट गर्नेछन्।
भारतीय प्रधानमन्त्रीले आइटी कम्पनी गुगल, बैंकिङ समूह सिटीग्रुप, ब्ल्याकरकसहित जहाज उत्पादक अमेरिकी कम्पनी बोइङलगायत विभिन्न कम्पनीका कर्पोरेट अधिकारीसँग भेट्ने छन्। चारदिने भ्रमणमा मोदीसँग भारतीय विदेशमन्त्री सुषमा स्वराज पनि हुनेछिन्। भारतीय व्यापारीको ठूलो समूहसहित जाने मोदीले भ्रमण क्रममा वैदेशिक लगानी, विज्ञान तथा प्रविधिसँगै रक्षा मामिलाबारे पनि अमेरिकामा छलफल गर्ने छन्।
राजधानी वासिङटनमा मोदीले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्नेछन्।
मोदीले अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग राजधानी वासिङटनमा सोमबार र मंगलबार भेटवार्ता गर्ने भएका छन्। मोदीले सोमबार नै अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनसँग पनि भेटघाट गर्नेछन्।
मोदीले अमेरिका भ्रमण र राष्ट्र संघको महासभा सम्बोधनका बेला आफ्नो व्रत कायमै राख्ने भएका छन्। मोदी शाकाहारी हिन्दु भएको र उनले बर्सेनी नवरात्रिका बेला व्रत बस्ने गरेको सञ्चारमाध्यमले जनाएका छन्।
सञ्चारमाध्यमले नवरात्रिभर उनले कागतीको रस र चिया खाने तर कुनै पनि भोजन भने नगर्ने उल्लेख गरेका छन्। यसबाट सरकारप्रमुखको भ्रमणमा दिइने परम्परागत ठूला भोजमा उनी सरिक नहुने अनुमान गरिएको छ।
सन् २०१२ मा मोदीले ब्लगमा आफूले ३५ वर्षदेखि नवरात्रिको व्रत लिइरहेको उल्लेख गरेका थिए। उनले आफ्नो व्रत आत्मशुद्धिको प्रक्रिया भएको बताएका थिए। उनले यस्ता व्रत आफ्ना लागि धेरै वर्षदेखि शक्ति र प्रेरणाको स्रोत भएको पनि उल्लेख गरेका थिए।