युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार
२० कार्तिक २०७९
•
१ मिनेट पाठ
युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको इरानद्वारा स्वीकार
इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलव्ध गराएको स्वीकार गरेको छ। इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको शनिबार बताएका हुन्।  




तेहरानले मस्कोलाई ड्रोन आपूर्ति जारी राखेको पश्चिमा राष्ट्रहरूको आरोपको खण्डन गर्दै तिनको प्रयोग युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारहरूमा लक्ष्यित भएनभएको यकिनका साथ भन्न नसकिने स्पष्ट गरे।

'युक्रेन युद्धमा इरानले रूसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराएका आरोप निराधार हुन्,' विदेशन्त्री अमीराबडोल्लाहियानलाई उद्धृत गर्दै सरकारी समाचार समिति इर्नाले जनाएको छ। यद्यपि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेहरानलाई झूट बोलेको आरोप लगाउदै किएभमा सेनाले दिनहुँ कम्तीमा १०वटा ड्रोन खसालेका बताएका छन्।  

रूसले आफ्नो देशमा आक्रमण सुरु गरेदेखि नै नागरिक र पूर्वाधारमा आक्रमण इरान निर्मित ड्रोन प्रयोग गरेको दाबी गर्दै युक्रेनी राष्ट्रपतिले घातक ती ड्रोनमध्ये ६०–७० प्रतिशत खसालेको बताएको छ। इरानी ड्रोन आपूर्तिलाई लिएर बेलाइत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले गत शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिवलाई पत्र लेखेर छानबिन गर्न आग्रह गरेका थिए।  
अर्को समाचार
महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ जनाको मृत्युः प्रतिवेदन
०६ चैत्र २०८०
•
२ मिनेट पाठ
महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ जनाको मृत्युः प्रतिवेदन
इरानमा सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा २८१ व्यक्तिको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख गरिएको छ।




यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको सुरूमा दिएको भन्दा निकै कम हो।

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ।

राष्ट्रपति कार्यालयबाट आइतबार प्रकाशित करिब ३०० पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको मृत्युपछि भएको अशान्तिका कारण २८१ जनाको मृत्यु भएको अनुमान गरिएको हो।

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो।

इरानको ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको तीन दिनपछि मृत्यु भएकी २२ वर्षीया अमिनी इरानी कुर्दिश महिला थिइन्।

राष्ट्रपति इब्राहिम रइसीले अमिनीको मृत्युपछि देशभर भड्किएको हिंसा र अशान्तिको कारणबारे अनुसन्धान गरेको विशेष समितिले अमिनीको ‘सेरेब्रल हाइपोक्सिया’ का कारण मृत्यु भएको बताएको थियो।

सन् २०२२ को अक्टोबरमा अमिनीको परिवारले उनको मृत्यु कुटपिटका कारण नभएको पुष्टि गर्ने उक्त सरकारी मेडिकल रिपोर्ट अस्वीकार गरेको थियो।

सन् २०२२ को नोभेम्बरमा गठन गरिएको संयुक्त राष्ट्रसङ्घको तथ्य खोजी मिसनद्वारा जारी पहिलो प्रतिवेदनमा “मिसनलाई प्रप्ता विश्वसनीय तथ्याङ्कले सुरक्षा बलद्वारा ५५१ जना प्रदर्शनकारी मारिएको देखाएको छ, जसमध्ये कम्तीमा ४९ जना महिला र ६८ जना बालबालिका रहेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘अधिकांश मानिसको मृत्यु राइफललगायत हतियारका कारण भएको छ।’

इरानी सरकार निकट विज्ञहरूले आफ्नो प्रतिवेदनमा ‘सुरक्षा सेवा र न्यायपालिकालगायत सरकारी संस्थाहरूले अशान्तिको सामना गर्न जिम्मेवारीपूर्वक काम गरेको’ निष्कर्ष निकालेका छन्।

संयुक्त राष्ट्रसंघीय मिसनले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा ‘अनावश्यक र असमान बल प्रयोग, स्वेच्छाचारीता, स्वतन्त्रताबाट बञ्चित, यातना, बलात्कार, बलपूर्वक बेपत्ता पारिएका र लैङ्गिक उत्पीडन’ जस्ता घटना भएको उल्लेख गरेको छ।

मिसनले धेरै उल्लङ्घनहरू ‘मानवता विरुद्धको अपराध’ भएको जनाएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस