भारतमा बहस–जयशंकरको विदेश नीति फेल भएको हो?
१७ भदौ २०८२
•
५ मिनेट पाठ
भारतमा बहस–जयशंकरको विदेश नीति फेल भएको हो?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो पटक चीन र जापानको भ्रमणमा जाँदा विदेश मन्त्री एस जयशंकर साथमा देखिएनन्। यसअघिका प्रायः मोदीका विदेश भ्रमणमा जयशंकर सँगै देखिन्थे। तर, यस पटक जापान र चीन भ्रमणमा मोदीसँग उनी नदेखिएपछि अहिले भारतमा त्यसबारे व्यापक चर्चा परिचर्चा भइरहेको छ। 




ब्युरोक्रेट र कूटनीतिक पृष्ठभूमिका जयशंकर सन् २०१९मा भारतीय विदेश मन्त्री नियुक्त हुँदा धेरैको अनुमान मोदीको विदेश नीति अब जयशंकरबाटै निर्देशित हुन्छ भन्ने अपेक्षा थियो। सोही अपेक्षाअनुरूप पछिल्ला सात वर्षदेखि भारतको विदेश नीतिमा जयशंकर नै अगाडि देखिए पनि। जसले भारतको ‘मोदी ब्रान्ड’लाई विश्वभर फैलाउने जिम्मा सम्हाले। 

तीनै जयशंकर अमेरिकाको ५० प्रतिशत ट्यारिफ भोगेपछिको मोदीको चीन र जापान भ्रमणमा नदेखिँदा भारतमा भइरहेको चर्चालाई मलजल दिइरहेको छ। उसो त जयशंकर जापान र चीनस्थित भारतीय राजदूतावासमा बसिसकेका पूर्व भारतीय कूटनीतिक अधिकारी पनि हुन्। उनी सन् १९९६ मा जापानको उपराजदूत थिए भने सन् २००९ देखि २०१३ सम्म चीनमा भारतीय राजदूत भएर बसेका थिए। त्यसपछि केही समय नेपालको राजदूत पनि भएर बसे। 

यसैले चीन र जापान बसिसकेका र त्यहाँको विषय बुझेका विदेश मन्त्री जयशंकर चीनमा चलिरहेको साँघाई सहयोग संगठन(एससिओ)को सम्मेलनमा किन गएनन्? भनेर सामाजिक सञ्जालभरि प्रश्न ओइरिरहेका छन्। 

उसो त मोदी जापान र चीन भ्रमणमा निस्किँदा जयशंकर बिरामी भएको भनिएको छ। तर, त्यसलाई सबै भारतीयले पत्याइरहेका छैनन्। यद्यपि त्यसबारे भारतीय विदेश मन्त्रालयले हालसम्म कुनै पनि जानकारी सार्वजनिक गरेको छैन। 

बरु मोदी जापान र चीन भ्रमणमा रहेकै बेला जयशंकरले विभिन्न मानिससँग भेटघाट गरेका र फिनल्यान्डकी परराष्ट्र मन्त्रीसँग भेटवार्ता गरेको तस्बिरहरू सार्वजनिक भइरहेका थिए। 

‘जयशंकर नीति’मा चीनको प्रश्न

जयशंकरको विदेश नीति र भूमिकामाथि स्वयं चीनको सत्तानिकट सञ्चारमाध्यम ग्लोबल टाइम्सले नै प्रश्न उठाइरहेको थियो। यसै महिला (१८ अगस्ट)मा चिनियाँ विदेश मन्त्री वाङ यी नयाँ दिल्ली भ्रमणमा आएको बला जयशंकरले–‘भारत केवल बहुपक्षीय विश्वको पक्षमा छैन, बहुपक्षीय एसियाको पक्षमा पनि छ।’ भनेर भनेका थिए। त्यसको अर्थ–‘भारत विश्वमा कुनै एक देशको दबदबा हुन नहुने मात्रै नभएर एसियामा पनि कुनै एक देशको दबदबा चाहन्न’ भन्ने हो। त्यो कुरा सिधै चीनलक्षित थियो। एसियामा चीनको एकछत्र वर्चस्व भारतले नचाहने कुरा उनले भनेका थिए। 

गत वर्ष एक सार्वजनिक बहुपक्षीय कार्यक्रममा जयशंकरले ‘चीन एक समस्या हो’ भनेर टिप्पणी गरेका थिए। ‘हामी विश्वमा एक्लो देश होइनौँ, जो चीनबारे बहस गरिरहेका छौँ,’ जयशंकरले भनेका थिए,‘तपाईँ युरोप जानुहोस् र सोध्नुहोस्–त्यहाँ आर्थिक र राष्ट्रिय सुरक्षासँग सम्बन्धित ठुला बहसहरूमा के मुद्दा छ?  मुद्दा चीन नै हो। अमेरिका हेर्नुहोस्, त्यहाँ पनि चीन बहसको केन्द्रमा छ। सत्य के हो भने भारतका लागि चीन समस्या हो र यो विश्वका सामान्य समस्याभन्दा माथि छ।’

जयशंकरले यसरी बोलेपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले ‘इन्डिया डिप्लोमेसी ह्याज अ एस जयशंकर प्रब्लम’ शीर्षकमा लेख नै प्रकाशित गरेको थियो। जसमा ‘चीन र भारतबिच सम्बन्ध सुधार हुँदा जयशंकर भयभीत हुने’ पनि लेखेको थियो। ग्लोबल टाइम्सले जयशंकरलाई अमेरिका नजिक हुने खालको भारतीय विदेश नीतिमा काम गरेको आरोप लगाएको थियो।ग्लोबल टाइम्सको सामग्रीले जयशंकरप्रति चीनको असहजतालाई चित्रित गरेको छ। 

भारतीयको टिप्पणी के छ? 

अमेरिकाले भारतमाथि महँगो ट्यारिफ लगाएपछि चीनजस्तै भारतमा पनि धेरैले अहिले जयशंकरले डो¥याउन खोजेको विदेश नीतिमै प्रश्न गरेका छन्।

बिबिसी हिन्दीले दिल्लीस्थित एक विश्वविद्यालयका विदेश मामिलाका एक प्राध्यापकसँगको कुरालाई महत्वका साथ छापेको छ। तर, ती प्राध्यापकको नाम भने गोप्य राखेको छ। 

‘जयशंकर चीन नजानुको कारण उनले भारतको विदेश नीतिलाई पूरै अमेरिकामुखी बनाइदिएको मुख्य हो। तर त्यसका बाबजुद पनि ट्रम्पले भारतलाई झट्का दिए,’ ती प्राध्यापकले भनेका छन्, ‘यो त्यस्तै हो, जस्तो सबै अण्डा एउटै टोकरीमा राखिएको होस्। टोकरी खस्दा सबै अण्डा फुटे।’ उनले जयशंकरको विदेश नीतिमा असंलग्नता त्यागेको पनि आरोप लगाएका छन्। ‘अहिले भारतले विदेश नीतिलाई फेरि सन्तुलनमा ल्याउन प्रयास गरिरहेको छ। त्यही कारण जयशंकरलाई यस प्रक्रियाबाट अलग राखिएको हो,’ ती प्राध्यापकले भनेका छन्।

भारतका पूर्व विदेश मन्त्री सलमान खुर्सिद पनि मोदी सरकारले पछिल्लो समय असंलग्न विदेश नीतिलाई उपेक्षा गरेको टिप्पणी गरेका छन्। ‘भारतको विदेश नीतिको आधारशिला नै असंलग्नता हो। तर हामी पूरै अमेरिकाको भित्तामा पुगेका थियौँ,’ उनले भनेका छन्, ‘तर ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाइदिए। अहिले भारतको विदेश नीति पूरै लेनदेनमा सीमित भएको छ।’ 

अहिले चीन र जापान भ्रमणमा मोदीसँग जयशंकर नगएको देख्दा आफूलाई आश्चर्य लागेको पनि पूर्व विदेश मन्त्री खुर्सिदले बताएका छन्। ‘मलाई यो कुरा अलि आश्चर्यजनक लागिरहेको छ। ग्लोबल टाइम्सको लेखबाट केही संकेत त मिलेको थियो’, उनले भनेका छन्।  मोदीसँग भ्रमणमा किन जयशंकर गएका थिएनन्? त्यो भने लोकतान्त्रिक मुलुकको विदेश मन्त्रालयले जनतालाई भन्नुपर्ने उनको तर्क छ।  

अमेरिकासँग नजिक हुन खोज्दाखोज्दै परिस्थिति सम्हाल्न नसकेकामा प्राध्यापक हर्ष पन्त पनि जयशंकरको आलोचना गर्छन्। ‘यस्तो अवस्थामा संसारका सबै विदेश मन्त्रीलाई नकारा भन्नुपर्छ,’ उनी भन्छन्। तर भारत ट्रम्पका अगाडि घुँडा नटेकेको उनको दाबी छ। ‘घुँडा टेकेको भए ५० प्रतिशत शुल्क लगाइँदैनथ्यो। भारतले रोज्यो कि ऊ अमेरिकासामु झुक्दैन। भारतले रोज्यो कि ऊ अरूको आदेशमा रुससँगको व्यापार बन्द गर्दैन,’ प्राध्यापक पन्तको कथन छ। 

तर, जयशंकरले अगाडि बढाएको विदेश नीति अमेरिकामुखी रहेको भन्ने आरोपको खण्डन पनि भइरहेको छ। पूर्व विदेश सचिव तथा रुसमै भारतका राजदूत रहिसकेका कम्बल सिब्बलले त्यो आरोप ठाडै अस्वीकार गरे । 

‘जयशंकरले भारतको विदेश नीति अमेरिकामुखी बनाइदिएका कारण उनी प्रधानमन्त्री मोदीसँग चीन गएनन् भन्ने आरोप पूर्ण रूपमा गलत छ,’ उनले भनेका छन्, ‘मेरो बुझाइमा जयशंकर निजी कारणले चीन र जापान भ्रमणमा गएका थिएनन्। मलाई लाग्दैन यसमा कुनै ठुलो अर्थ छ।’ जयशंकरले प्रधानमन्त्री मोदीकै अनुसार विदेश नीति अगाडि बढाइरहेको पनि उनले दाबी गरे। 

थिंक ट्यांक इन्द्राणी बागची पनि जयशंकर चीन र जापान भ्रमणमा नजानुमा धेरै ठुलो अर्थ नभएको दाबी गर्छिन्।  ‘चीनलाई लिएर जयशंकरको दृष्टिकोण भारतको आधिकारिक नीतिभन्दा बाहिर छ भन्ने मलाई लाग्दैन,’ उनले भनेकी छन्, ‘तर उनी किन गएनन् भन्ने कुरा लोकतन्त्रमा सबैले थाहा पाउने अधिकार छ। विदेश मन्त्रालयले जानकारी दिनुपर्छ।’ 

–बिबिसी हिन्दीको सहयोगमा 
अर्को समाचार
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
१० घण्टा अघि
•
१ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।




अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन्।

बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ। अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन्।

विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ।

मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन्।

उनका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्‍याउनु हो।

मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन्। यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताए।

यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो। तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ।

यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ। साथै, बालबालिकाको र्‍यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ। उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ।

अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस