इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का
२२ कार्तिक २०८३
•
२ मिनेट पाठ
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का
इजरायलमा विपक्षी नेता गादी आइसेनकोटले नयाँ सरकार गठन गर्ने जिम्मेवारी पाएका छन्।

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का हो।

राष्ट्रपतिसँग भएको छलफलका क्रममा आइसेनकोटलाई संसद्का ६७ सदस्यले प्रधानमन्त्री बनाउन सिफारिस गरेका थिए। नेतान्याहूका पक्षमा भने ४६ जनाले समर्थन जनाएका थिए। इजरायलको संसदमा १२० सदस्य छन्। सरकार गठन गर्न आइसेनकोटले कम्तीमा ६१ सांसदको समर्थन जुटाउनुपर्नेछ।

उनले आइतबार (स्थानीय समय) साँझ राष्ट्रपति निवासमा औपचारिक रूपमा सरकार गठनको जिम्मेवारी पाउनेछन्। त्यसपछि उनलाई सरकार बनाउन २८ दिनको समय दिइनेछ। आवश्यक परे राष्ट्रपतिले थप १४ दिन समय दिन सक्नेछन्। उनी असफल भए नेतान्याहूले सरकार बनाउने अर्को अवसर पाउन सक्छन्।

राष्ट्रपतिको निर्णयपछि आइसेनकोटले सामाजिक सञ्जाल एक्समा ‘अब राष्ट्रिय आपतकालीन सरकार बनाउने समय आएको छ। यसका लागि आफूले सक्दो प्रयास गर्नेछु’ लेखेका छन्।

तर, सरकार बनाउन आइसेनकोटका लागि सहज छैन। उनको गठबन्धनका केही दल अरब नेतृत्वका पार्टीको समर्थन लिएर सरकार बनाउन तयार छैनन्। अर्कोतर्फ, सरकार गठनका लागि अति धार्मिक यहुदी दलहरूको समर्थन पनि आवश्यक पर्न सक्छ। युनाइटेड टोरा जुडाइजम र शास पार्टीको समर्थन नयाँ सरकार गठनमा महत्त्वपूर्ण हुन सक्छ।

अर्कोतर्फ, अरब नेतृत्वको रा'म पार्टीले आइसेनकोट नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने संकेत दिएको छ। तर, विपक्षी गठबन्धनका केही दल यसको पक्षमा छैनन्। त्यसैले सरकार गठनका लागि थप राजनीतिक सहमति आवश्यक देखिएको छ।

यसैबिच, नेतान्याहूले राष्ट्रिय एकताको सरकार बनाउन प्रस्ताव गरेका छन्। शनिबार सार्वजनिक भिडियो सन्देशमा उनले अरब नेतृत्वका दलको समर्थनमा सरकार बनाउन नहुने बताएका थिए। उनले आफ्ना दक्षिणपन्थी र धार्मिक दलहरूलाई पनि नयाँ सरकारमा सहभागी गराउनुपर्ने अडान राखेका छन्।

आइसेनकोटको पार्टी याशरले भने नेतान्याहूलाई अतिवादी दलसँगको गठबन्धन तोड्न चुनौती दिएको छ। आइसेनकोटले नेतान्याहूसँग एउटै सरकारमा सहभागी नहुने अडान पनि राख्दै आएका छन्।

गत महिना भएको चुनावमा नेतान्याहू र उनका सहयोगीले संसदमा बहुमत गुमाएका थिए। तर, आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले पनि स्पष्ट बहुमत पाउन सकेन। त्यसैले नयाँ सरकार बनाउन विभिन्न दलबिच सहमति जुटाउनुपर्ने देखिएको छ।

आइसेनकोटले आवश्यक समर्थन जुटाएर सरकार बनाउन सके नेतान्याहूको लामो राजनीतिक शासन अन्त्य हुनेछ। तर, त्यसका लागि उनले विभिन्न दलबिचको मतभेद मिलाएर संसदीय बहुमत जुटाउनुपर्नेछ। एजेन्सी
अर्को समाचार
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
१ घण्टा अघि
•
१ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
सीमांकन (परिसीमन) विधेयकलाई लिएर भारतका विपक्षी दलहरूबिच मतभेद चुलिएको छ।

विधेयकको विरोधमा समर्थन जुटाउन कांग्रेसका शीर्ष नेताहरू चेन्नई पुगे पनि द्रविड मुन्नेत्र कझगम (डीएमके) का प्रमुख एमके स्टालिन आफ्नो अडानबाट पछि हटेनन्।

आइतबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको नेतृत्वमा विपक्षी दलका नेताहरूले चेन्नईस्थित स्टालिनको निवासमा उनीसँग भेटवार्ता गरेका थिए। बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबी, कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमार, केरलका विपक्षी दलका नेता भीडी सतीसन र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी सहभागी थिए।

करिब एक घण्टाभन्दा बढी चलेको बैठकमा कांग्रेस नेताहरूले डीएमकेलाई केन्द्र सरकारको प्रस्तावित सीमांकन विधेयकको विपक्षमा उभिन आग्रह गरेका थिए। तर, बैठकपछि स्टालिनले आफ्नो पार्टीले विधेयकलाई समर्थन गर्ने निर्णय परिवर्तन नगर्ने स्पष्ट पारे।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेता गान्धीले सीमांकन विधेयक तमिल संस्कृति, भाषा र जनताका साथै भारतीय संघ र भारतकै लागि खतरा भएको बताए।

उनले भने, ‘डीएमकेले के भन्यो वा के गर्‍यो भन्ने मलाई थाहा छैन। हामीले स्टालिनसँग के छलफल गर्‍यौँ र के भन्यौँ भन्ने कुरा म तपाईंलाई बताउँदैछु। हामीले उनलाई यो तमिल संस्कृति, तमिल भाषा, तमिल जनता, भारतीय संघ र भारतका लागि खतरा हो भनेका छौँ। त्यसैले सबै देशभक्तले जस्तै उनी पनि यो खतराविरुद्ध उभिनुपर्छ भनेका छौँ।’

तर, स्टालिनले कांग्रेस नेताहरूको आग्रहपछि पनि आफ्नो अडान परिवर्तन गरेनन्। उनले विधेयक संसदबाट असफल भए तमिलनाडुले अहिले प्राप्त गरेको सुरक्षा पनि गुमाउन सक्ने बताए।

स्टालिनका अनुसार कांग्रेस र उसका सहयोगी दलहरूले विधेयकको विकल्पमा कुनै ठोस प्रस्ताव अघि सारेका छैनन्। यस्तो अवस्थामा तमिलनाडुको राजनीतिक प्रतिनिधित्व जोगाउन विधेयकलाई समर्थन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

उनले भने, ‘यदि सन् १९७१ को जनगणनाका आधारमा सीमांकन गरियो भने त्यसको तमिलनाडु र सम्पूर्ण दक्षिणी राज्यहरूमा विनाशकारी प्रभाव पर्नेछ। विशेषगरी दक्षिणी राज्यका राजनीतिक दलहरूका लागि यो अस्तित्वकै लडाइँ हो। यस्तो अवस्थामा यो विधेयकलाई समर्थन गर्नुबाहेक अर्को विकल्प छैन।’

उनले संसदमा आफ्नो पार्टीको शक्तिको प्रयोग गरेर आगामी २५ वर्षसम्म तमिलनाडुको राजनीतिक भविष्य सुरक्षित गरेको पनि बताए। यस विषयमा भावनात्मक वा विचारहीन निर्णय गर्न नहुने भन्दै उनले तमिलनाडुको हित आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

डीएमकेले यसअघि नै संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीले तमिलनाडुको लोकसभा सिटमा रहेको ७.१८ प्रतिशत हिस्सा घट्न नहुने र राज्यहरूबिचको संसदीय प्रतिनिधित्वको अनुपात सन् १९७१ को जनगणनाका आधारमा कायम राख्नुपर्ने माग गरेको थियो।

नोभेम्बर २८ मा बसेको डीएमके सांसदहरूको बैठकले संशोधित विधेयकलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टीका अनुसार केन्द्र सरकारले आफ्ना प्रमुख मागहरू नयाँ प्रस्तावमा समेटेकाले समर्थन गर्ने निर्णय गरिएको हो।

केन्द्र सरकारले प्रस्तावित विधेयकमार्फत लोकसभा र राज्यका विधानसभामा सिट संख्या बढाउने तयारी गरेको छ। संशोधित प्रस्तावअनुसार सबै राज्य र केन्द्रशासित प्रदेशमा लोकसभा सिट संख्या ५० प्रतिशतले बढाउने योजना छ। विधेयकमा लोकसभाको अधिकतम संख्या ८५० पुर्‍याउने व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थालाई महिला आरक्षण कार्यान्वयनसँग पनि जोडिएको छ।

तर, कांग्रेस नेता राहुलले सिट संख्या बढाउने र निर्वाचन क्षेत्र पुनः निर्धारण गर्ने प्रक्रियाबाट भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक लाभ पुग्न सक्ने भन्दै विरोध गर्दै आएका छन्। उनले लोकसभाको नक्सा आफ्नो अनुकूल परिवर्तन गर्ने अवसर भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई दिन नहुने तर्क गरेका छन्।

सीमांकन विधेयकमा डीएमकेले समर्थन जनाएपछि विपक्षी गठबन्धनभित्रै मतभेद देखिएको हो। कांग्रेस र डीएमकेबिचको सम्बन्ध यसअघि नै चिसिएको थियो। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावपछि कांग्रेसले डीएमकेसँगको गठबन्धन तोडेर अभिनेता जोसेफ विजयको पार्टी तमिलगा भेट्री कझगम (टीभीके) लाई समर्थन गरेको थियो। त्यसपछि कांग्रेस विजय नेतृत्वको सरकारमा सहभागी भएको थियो। यही घटनाले कांग्रेस र डीएमकेबिचको सम्बन्ध थप बिगारेको थियो। अहिले सीमांकन विधेयकमा पनि दुवै दल फरक कित्तामा उभिएका छन्।

सोमबारदेखि संसद्को विशेष अधिवेशन सुरु हुँदैछ। त्यसअघि कांग्रेसले स्टालिनलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन। डीएमकेसँग लोकसभामा २२ र राज्यसभामा आठ सांसद छन्।

लोकसभाका ५४० कायम सदस्य सबै उपस्थित भएर मतदान गरेमा विधेयक पारित गर्न दुई तिहाइ अर्थात् कम्तीमा ३६० मत आवश्यक पर्छ। त्यसैले डीएमकेका २२ सांसदको समर्थन विधेयक पारित गराउन महत्त्वपूर्ण हुन सक्छ। संविधान संशोधन विधेयक पारित गर्न उपस्थित भएर मतदान गर्ने सदस्यको दुई तिहाइ समर्थनसँगै सदनको कुल सदस्य संख्याको बहुमत पनि आवश्यक हुन्छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस